ठूला मान्छे पछि चोर !!!
नेपालबहस संवाददाता
भदौ ८, २०७६ आइतबार १८:३४:१७
पवित्रा दाहाल
८ भदौ : लोकन्थली , भक्तपुर । मंसिर महिना थियो । गाउँघरमा सबैलाई कामको भ्याइनभ्याई थियो । सुधाकी आमा पनि खेतीपातीको काम गर्थिन् । सुधाको बगैँचामा लटरम्म सुन्तला फलेका थिए ।
ती सुन्तला घरमा कोही नभएका बेला चोरले चोरेर आधा पारिसकेका थिए । शनिवारको दिन थियो । सुधालाई उनकी आमाले सुधा ! आज घरबाट कतै नगईकन सुन्तला कसले चोर्न आउँछ हेर् है , भनिन् । कक्षा पाँचमा पढ्ने सुधा त्यो दिन घरमा एक्लै थिई । उसका बुवा र भाइ बजार गएका थिए अनि आमा खेतमा गएकी थिइन् ।
उसलाई आमाले चोर पक्रने काम लगाएकी थिइन् । सुधाले सोची, सुन्तला चोर्ने अरु को होलान र सन्तोष,गुजु ,जुनेली,मेनुका त होलान नि । तिनीहरु सधैँ अरुको बारीमा फलेका फलफूल चोरेर खान्छन् । स्कुलका साथीहरुको पनि टिफिन चोरर खान्छन् । अस्ति पनि छ कक्षाका रमेश दाइको मामाले अमेरिकाबाट पठाइदिनु भएको कलर बक्स नै चोरेका थिए । आज हाम्रो बगैचामा पनि तिनै चोहरू त आउने होला न नि ।
तिनीहरूलाई पक्रने चाहिँ कसरी होला ? देखे पछि तिनीहरूकै बुवा आमालाई भन्दिनु पर्ला । आँगनमा यस्तै कुरा सोच्दै थिई सुधा । यतिकैमा बोरा बोकेर एउटा माग्ने मान्छे आयो । उसले भन्यो , नानी राती फिरी लगाएको थिएँ ,घरमा कोही हुनुहुन्न ?
फिरी लगाएको त सुधाले पनि सुनेकी थिई । उसकी काकीले फिरी लगाउने मान्छेले त मान्छेको हड्डीको बाजा बजाउँछ भनेको सम्झी अनि डराई । डराई, डराई अहँ, हुनुहुन्न भनी । के – के दिनुपर्छ तपाईँलाई अनि कति दिनुपर्छ भनेर सुधाले माग्नेलाई सोधी । माग्नेले चामल एक पाथी, धान एक पाथी माग्यो । सुधाले त्यो फिरी लाउने माग्नेलाई उसले भनेअनुसार नै एक एक पाथी धान र चामल दिई । माग्ने गयो । माग्ने गएपछि उसको डर हट्यो ।
ऊ फेरि सुन्तला चोर पक्रन ढोका लगाएर थोरै झ्याल खोलेर चियाएर बसी । त्यतिकैमा ४५-५० वर्ष जतिकी गाउँकै महिला डोकामा हँसिया , कुटो कोदालो लिएर घरको बाटो भएर खेतीबाट आउँदै थिइन् । घरको आँगनमा आए पछि चारैतिर हेरिन् र उनले सुधाकी आमा , ए ! सुधाकी आमा भनेर चारपाँच पटक बोलाइन् तर सुधा बोलिन ।
ती महिला डोको बिसाएर सुन्तलाका बोटमा चढेर पोल्टोभरी सुन्तला टिपिन्, उनको डोकामा हालिन् । उनले फेरी सुन्तलाको बोटमा चढेर सुन्तला टिपिइन् । यसरी उनले आधा डोकोजति नै सुन्तला बनाएर लगिन । सुधालाई झ्याल खोलेर हेर्ने आँटै आएन , उल्टै लाज लागेर आयो ।
उसले चोर समातेर आमालाई मैले चोर पत्ता लगाएँ भन्नेँ रहर थियो । उसलाई त अब आफ्नी आमाभन्दा पनि ठूली मान्छेले चोरेकोमा अचम्म लागेको थियो । उसलाई कहिल्यै लागेको थिएन ठूला मान्छे पनि चोर हुन्छन् भनेर ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजेबी दर्लामीको उपन्यास ‘मारीखोलाको ढुंगो’ सार्वजनिक
चैत २५, २०८० आइतबार
‘भागु’ राष्ट्रिय बाल नाटक मेलाको सर्वोत्कृष्ट नाटक घोषित
चैत ३, २०८० शनिबार
पोखरामा ‘कखरा’ उपन्यासमाथि चर्चा
माघ २८, २०८० आइतबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
एशियन च्याम्पियन्स लिगबाट बाहिरियो अल हिलाल
बैशाख १२, २०८१ बुधबार
स्वरोजगार प्रवर्द्धन गर्न युवालाई तालिम
बैशाख १२, २०८१ बुधबार
आइपिएलमा आज दिल्ली र गुजरातबीच खेल हुँदै
बैशाख १२, २०८१ बुधबार
चेन्नईमाथि लखनउको शानदार जित
बैशाख १२, २०८१ बुधबार
कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबीच आज द्विपक्षीय भेटवार्ता
बैशाख १२, २०८१ बुधबार
यी तीन प्रदेशमा आज मेघ गर्जनसहित वर्षा हुने
बैशाख १२, २०८१ बुधबार