सञ्चारमन्त्री बाँस्कोटा भन्छन, लोकतन्त्रमाथि कुनै किसिमको खतरा छैन !
Advertisement

८ भदौ, बुटवल । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले लोकतन्त्रमाथि कुनै पनि किसिमको खतरा नरहेको बताएका छन् ।

प्रेस सङ्गठन रुपन्देहीले आइतबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले जनताको त्याग, तपस्या र बलिदानीबाट प्राप्त गणतन्त्र त्यति सजिलै नढल्ने बताए ।

लोकतन्त्रमाथि विभिन्न किसिमले हमला गर्ने तत्व सक्रिय भए पनि लोकतन्त्र खतरामा नरहेको मन्त्री बाँस्कोटाले बताए । उनले भने “लोकतन्त्रमाथि हमला गर्ने तत्वसँग सदैव सचेत रहनुपर्छ ।” जनताले स्थापना गरेको गणतन्त्र जनताले नै प्रतिस्थापन गर्न सक्ने उनले बताए ।

Advertisement

“धमिलो पानीमा माछा मार्न पल्केकाहरू कहिले धर्मका नाममा, कहिले वंशजका नाममा सल्बलाई रहेका छन्”, मन्त्री बाँस्कोटाले भने । सरकारले मिडियालाई नियन्त्रण गर्ने नभई नियमन मात्रै गर्ने उनले बताए । त्यसैका लागि सरकारले मिडियासम्बन्धी नयाँ कानून ल्याउन लागेको उनले स्पष्ट पारे ।

मन्त्री बाँस्कोटाले सरकारले ल्याउन लागेको मिडिया काउन्सिलसम्बन्धी विधेकबाट सञ्चारकर्मी नडराउन आग्रह गर्दै कानूनमा रहेर काम गर्ने कुनै पनि मिडियाकर्मीलाई त्यसले असर नगर्ने स्पष्ट पारे । उनले जनताको अभिव्यक्ति र प्रेस स्वतन्त्रतालाई कुन्ठित गर्ने सरकारको कुनै मनसाय नरहेको बताए ।

“मूल प्रभावका सञ्चार संस्था कसैको लोभ, धाक, धम्कीको प्रभावमा नपरी व्यवसायमा इमान्दार हुनुपर्छ”, उनले भने, “सनसनीपूर्ण बनाएर अफ्ठ्यारो पर्ने र उन्मुक्ति खोज्ने प्रवृत्ति राम्रो होइन ।” सञ्चारजगत सरकारप्रति नभएर नेपाल र नेपाली जनताप्रति उत्तरदायी र जिम्मेवार बन्नुपर्ने उहाँको भनाइ थियो ।

मिडियाको दुरुपयोग रोक्न सरकार कानून निर्माणमा लागेको मन्त्री बाँस्कोटाले बताउनुभयो । सामाजिक सञ्जालले मूल प्रवाहको मिडियालाई निर्देशित गर्न नसक्ने र त्यस्तो भएमा समाज अराजकतातर्फ जाने भएकाले सचेत हुनुपर्नेमा उनले जोड दिए । “पछिल्ला समयमा सामाजिक सञ्जालमा विकृति बढ्दै गएको छ, कुनै पनि विषयमा भिडले कानूनलाई नियन्त्रण गर्न सक्दैन”, मन्त्री बाँस्कोटाले भने।

टेलिभिजनमा क्लिनफिड र समानुपातिक विज्ञापन वितरण प्रणाली सरकारले लागू गराएरै छाड्ने मन्त्री बाँस्कोटाले बताए । राज्यका सबै निकायमा कार्यसम्पादन सम्झौताको व्यवस्था पहिले पनि भएको तर कार्यान्वयनमा नआएको भन्दै उनले त्यसलाई वर्तमान सरकारले कार्यान्वयनमा ल्याएको बताए ।

उनले कार्यसम्पादन सम्झौतापश्चात् सचिवको सरुवाले मन्त्रालयको कामकाज कुनै प्रभावित नहुने बताए । मन्त्री बाँस्कोटाले भने “एउटा सचिवसँग गरेको सम्झौता अर्को सचिवसँग कार्यान्वयन नहुने भन्ने हुँदैन ।”

Advertisement
अघिल्लो लेखभेन्यु टेष्ट ड्राइभ गर्ने ग्राहकलाई पुरस्कार !
अर्को लेखअमेजन क्षेत्रमा डढेलोको समस्या चर्चा गरिएजस्तो छैन
नेपालबहस संवाददाता
नेपालबहस डटकम सदावहार मिडिया हाउस प्रालिद्धरा सञ्चालित नेपाली भाषाको अनलाइन न्युजपोर्टल हो । यसको सहप्रकाशन अंग्रेजी अनलाइन संस्करण https://en.nepalbahas.com पनि संचालनमा रहेको छ । साथै हाम्रो अनलाइन युटुव टीभी च्यानल https://www.youtube.com/channel/UC1g7sQeuhWB-EHILhd_ZS7Q/ पनि सञ्चालनमा छ ।नेपालबहसले अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन तथा प्रसारण गर्ने गर्दछ । आर्थिक एजेण्डाबिनाको राजनीति र राजनीतिक एजेण्डा बिनाको आर्थिक उद्देश्यले मात्र समाज रुपान्तरण हुन सक्दैन भन्ने मान्यता हाम्रो हो । राजनीति, बैंकिङ, बीमा, अर्थ, व्यापार, पर्यटन , भ्रष्ट्राचार, रोजगारी, सुरक्षा , अपराध, खेलकुद, कृषि, स्वास्थ्य, शिक्षा, मनोरञ्जन र विज्ञानप्रविधि लगायतका समाजिक–सांस्कृतिक मुद्दाका खोजमुलक समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन ।देश संघीय संरचनामा गएपछिको पछिल्लो अवस्थामा स्थानीय सरकारका विकास निमार्ण एवं अन्य गतिविधि सम्बन्धि समाचार पनि हाम्रो प्राथमिकतामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्