स्वास्थकर्मीसहितको एम्बुलेन्स सञ्चालन
नेपालबहस संवाददाता
भदौ ९, २०७६ सोमबार १७:१०:४५
९ भदौ मुग्लिन । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यस्थापन तालीम शिक्षालय कुरिनटार चितवनले स्वास्थ्यकर्मीसहितको एम्बुलेन्स सञ्चालनमा ल्याएको छ ।
नेपाल एम्बुलेन्स सर्भिस ‘एनएसको’ को सहकार्यमा आकस्मिक सेवा तथा उद्धार प्रयोजनका लागि आइतबारदेखि उक्त एम्बुलेन्स सञ्चालनमा ल्याएको हो ।
उक्त एम्बुलेन्समा एक जना स्वास्थ्यकर्मी साथमा रहने नेपाल एम्बुलेन्स सर्भिसका महासचिव शारदाभक्त रञ्जितले बताए । एम्बुलेन्सभित्रै अत्यावश्यक प्राथमिक उपचार गरिने भएकाले दुर्घटनाका घाइतेको बाटैमा मृत्यु हुने सम्भावना कम हुने उनले बताए।
अत्यधिक दुर्घटना हुने हाइवे क्षेत्र भएकाले यस सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालीम शिक्षालय कुरिनटारमार्फत एम्बुलेन्स सञ्चालन गरिएको महासचिव रञ्जितको भनाइ छ ।
उनका अनुसार अत्याधुनिक उपकरण, अत्याधुनिक उपचार विधि र आकस्मिक स्वास्थ्यकर्मी ‘इएम्टीएस्’ साथमा उपलब्ध भएकाले गर्दा हस्पिटल पुग्नुभन्दा पहिला नै एम्बुलेन्सभित्र अत्यावश्यक चिकित्सा सेवा प्रदान गरिन्छ ।
९एनएस० को लक्ष्य भनेको बिरामीका लागि आकस्मिक स्वास्थ्यकर्मीसहितको द्रुत एम्बुलेन्स, उपचारको सुनिश्चितता गर्नका लागि पूर्ण सुविधा र आवश्यक अस्पतालबीच समन्वय सेवा परिचालन गर्नु हो । उनले एनएसले देशभर १० वटा एम्बुलेन्स सञ्चालनमा ल्याएको जानकारी दिए ।
बढी मात्रामा सडक दुर्घटनाका बिरामीलाई तत्काल स्वास्थ्य उपचार दिँदै अस्पतालसम्म पु¥याउनु पर्ने अधिक आवश्यकता रहेको हुनाले एम्बुलेन्स सञ्चालनसँगै अबदेखि घाइतेको उद्धारपश्चात सुरक्षित उपचार पनि सम्भव हुने सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन शिक्षालय कुरिनटारका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक किशोर प्रधानले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसएसपी अधिकारी सशस्त्रको डीआईजीमा सिफारिस
चैत १६, २०८० शुक्रबार
अब सशस्त्रको एक पल्टुनको एक फौज २४ सै घण्टा सीमा गस्तीमा
चैत १३, २०८० मंगलबार
सुनकोशीमा हराएका बालबालिका खोज्न गोताखोर परिचालन
चैत १२, २०८० सोमबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
सिराहामा बाहिरियो नेपाली विषयको प्रश्न पत्र
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार
क्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय
चैत १६, २०८० शुक्रबार
अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश
चैत १६, २०८० शुक्रबार