देशमा कहाँ-के भयो ? [थाहा पाउनुस]
नेपालबहस संवाददाता
भदौ ९, २०७६ सोमबार २०:३४:५५
९ भदौ, काठमाडौं । महानगरिय प्रहरी कार्यालयले भक्तपुरका विभिन्न स्थानबाट अवैध लागूऔषध सहित मकवानपुर सिस्नेरी घर भई हाल पुरानो ठिमी बस्ने २५ वर्षीय विशाल वाईवा समेत ४ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले बिभिन्न ठाउँमा जाँच गर्ने क्रममा उनीहरुलाई लागूऔषध गाँजाको धुलो अन्दाजी १० ग्राम र नियन्त्रित लागूऔषध ट्रामा १० ट्याब्लेट, डाईजोल्याप ११ एम्पुल, फेगस्टार १० ट्याब्लेट, फेनरागन ८ एम्पुल र डाईजेपाम ७ एम्पुल सहित फेला पारी पक्राउ गरेको हो ।
यस्तै मकवानपुरले, हेटौंडा उपमहानगरपालिका- नारायणी महल पछाडि बस्ने २९ वर्षीय अकवर खानलाई अवैध लागूऔषध खैरो हेरोईन अढाई ग्राम र स्पामो प्रोक्सीभन क्याप्सुल ५ पिस सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटे चेकप्वाईन्टमा खटिएको प्रहरीले वीरगंजबाट हेटौंडातर्फ जाँदै गरेको ना.१ ज.६०७९ नम्बरको माईक्रो बस जाँच गर्ने क्रममा माईक्रोमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस्तै काठमाडौं बुढानिलकण्ठ नगरपालिका-८ हात्तीगौडास्थित कपडा पसलमा लुकाईछिपाई राखेको रेडपाण्डा जस्तो देखिने करिब ३ फिट लम्बाई भएको छाला सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा बुढानिलकण्ठ नगरपालिका-८ हात्तीगौडा कपडा पसल गरी बस्ने म्याग्दी त्रिवेणी नगरपालिका-२ घर भएका ३४ वर्षीय उपेन्द्र मल्ल र बाग्लुङ गलकोट नगरपालिका-९ घर भएका ३१ वर्षीय केशव राज गौतम रहेका छन् । महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले उक्त कपडा पसल जाँच गर्ने क्रममा उक्त छाला फेला पारेको थियो ।
उता जाजरकोटान, रेडपाण्डाको छाला २ थान र भरुवा बन्दुकमा प्रयोग हुने सिसाको छर्रा १५ वटा सहित फेडागार्ड नगरपालिका-५ थल बजार बस्ने ५८ वर्षीय राम बहादुर घर्तीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बडाबनबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त छाला र सिसाको छर्रा फेला परेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यस्तै सुनसरीमा धारिलो हतियार प्रहार गरी छिमेकीको हत्या गरेको अभियोगमा भोक्राहा नरसिंह गाउँपालिका-५ टपरा बस्ने २५ वर्षीय मुर्ताज मियाँलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
मुर्ताज मियाँले मादक पदार्थ सेवन गरी सोही ठाउँ बस्ने ४५ वर्षीय बहाब मियाँलाई धारिलो हतियार प्रहार गरी घाइते बनाई धानमा किरा मार्ने बिषादी सेवन गरी आफै अशक्त भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी भोक्राहाबाट खटिएको प्रहरीले दुवै जनालाई उपचारको लागि नोबेल अस्पताल बिराटनगर पठाएकोमा बहाब मियाँको उपचारको क्रममा मृत्यु भएको थियो । मुर्ताज मियाको प्रहरीकै निग्रानीमा नोबेल अस्पतालमा उपचार भइरहेको छ ।
म्हानगरिय काठमाडौं महानगरपालिका-६ मित्रनगरस्थित राप्ती रुकुम चित्रीपाटन होटलबाट यार्सागुम्बा १.५ केजी सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रुकुम आठविसकोट नगरपालिका-७ घर भई हाल काठमाडौं मित्रनगर बस्ने २७ वर्षीय शेखर विसी र ४३ बर्षीय कमल विसी रहेका छन् ।
महानगरीय प्रहरी प्रभाग गोगंबुबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको यार्सागुम्बा सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
खिया लागेको जस्तामुनि मालढुंगाका प्रहरीको बास
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार