शेयर बजार नेप्से ४.८७ बिन्दुले बढ्यो
नेपालबहस संवाददाता
भदौ १०, २०७६ बुधबार ४:१९:५०
१० भदौ, काठमाडौं । लगातार ओरालो लाग्दै आएको धितोपत्र बजारका शेयर कारोवार मापक नेप्से परिसूचक आज भने उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक ४.८७ बिन्दुले बढेर एक हजार २०८ मा पुगेको छ ।
यस्तै सेन्सेटिभ परिसूचक १.०३ बिन्दुले बढेर २६३.३९ मा पुगेको छ । नेप्से बढे पनि कारोवार रकम भने अपेक्षित वृद्धि हुन सकेन ।
कूल १६७ कम्पनीको आठ लाख ५० हजार ३८६ कित्ता शेयर रु २४ करोड ४६ लाख ६८ हजार २०९ मूल्यमा कारोवार भयो । कारोवार भएका कूल ११ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर घटेको छ भने नौ उपसमूहको शेयर उकालो लागेको छ । होटल ८.९४ र निर्जीवन बीमा १२.८८ बिन्दुले घटेका छन् ।
यस्तै बैंकिङ ५.२, विकास बैंक ४.५४, जलविद्युत् ८.०५, वित्त ५.१६, उत्पादन ११.३६, अन्य १.३६, लघुवित्त ९.९५, जीवन बीमा १५.३ बिन्दुले बढेका छन् । सामूहिक लगानी कोषको विवरण भने उल्लेख गरिएको छैन ।
कारोवारका आधारमा एनआइसी एशिया बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु दुई करोड ३६ लाख २८ हजार, नेपाल बैंक लिमिटेड रु एक करोड ५५ लाख ५७ हजार ८९५, प्रभु बैंक रु एक करोड आठ लाख ४९ हजार ८९०, महालक्ष्मी विकास बैंक रु ७९ लाख ६३ हजार ४५८, सिटिजन बैंक रु ६६ लाख ६९ हजार ३२६ र नेपाल इन्भेस्टमेन्ट बैंक रु ६६ लाख २१ हजार ९६६ मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहे ।
स्टकका अनुसार आज सबैभन्दा बढी कमाउनेमा सबैको लघुवित्त वित्तीय संस्था शीर्ष स्थानमा रहेको छ । सो संस्थाका शेयरधनीले ९.९४ प्रतिशतले कमाए ।
यस्तै आँधीखोला लघुवित्त वित्तीय संस्था ९.८९, प्रोग्रेसिभ फाइनान्स ८.२५, सिन्धु विकास बैंक ६.२५, समता माइक्रोफाइनान्स वित्तीय संस्था ५.७४ र दिव्यश्वरी हाइड्रोपावरका शेयरधनीले ५.१७ प्रतिशतले कमाए ।
त्यस्तै गुमाउनेमा सिटी एक्सप्रेस फाइनान्स कम्पनी ६.८९, अरुण काबेली पावर ३.७७, एक्सेल डेभलपमेन्ट बैंक ३.५४, युनियन हाइड्रोपावर ३.३३ र सिटिजन म्युचुअल फण्डका लगानीकर्ताले ३.०३ प्रतिशतले गुमाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्से ०.२८ अंकले वृद्धि भएर ३५०.७५ विन्दुमा कायम
बैशाख ९, २०८१ आइतबार
नेप्सेको ओरालो यात्रा जारी, कारोबारका आधारमा गुर्खाज फाइनान्स शीर्ष स्थानमा
बैशाख ६, २०८१ बिहिबार
शेयरबजार दुई दशमलव २६ अङ्कले ओरालो
बैशाख ४, २०८१ मंगलबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
बैशाख १०, २०८१ सोमबार
रुद्रकली : कतारी अमिरलाई उपहार दिइने हात्ती
बैशाख १०, २०८१ सोमबार
कतारका अमिरको नेपाल भ्रमणः सार्वजनिक विदामै अलमलियो मन्त्रिपरिषद
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
टुलुज फेस्टिभलमा उत्कृष्ट फिल्म बन्यो ‘१२ फेल’
बैशाख ११, २०८१ मंगलबार
राज्य कोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
दाङमा चैते धानप्रति किसानको आकर्षण बढ्दो
बैशाख ११, २०८१ मंगलबार
औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी
बैशाख ११, २०८१ मंगलबार