साञ्चेज लोनमा ईन्टर मिलानमा
नेपालबहस संवाददाता
भदौ ११, २०७६ बुधबार १२:४९:३३
११ भदौ, एजेन्सी । म्यानचेष्टर युनाईटेडका फरवार्ड एलेक्सेस साञ्चेजलाई लोनमा भित्राउन इन्टर मिलान सहमत भएको छ ।
ईन्टर मिलानका प्रशिक्षक एन्टोनियो कोन्टे युरोपियन ट्रान्सफर विन्डोको समय सकिनु अघिनै सान्चेजलाई क्लबमा ल्याउन ईच्छुक छन् । खेलाडी सरुवाको समय आगामी सोमबार सकिदैछ ।
सम्झौताले पुरा रुप लिए सान्चेजले म्यान युका पुर्व फरवार्ड रोमेलु लुकाकुको जोडी बनेर मिलान क्लबाट खेल्नेछन् । लुकाकु ७४ मिलियन पाउण्डमा यसै सिजन सिरि ए क्लब गएका थिए । तर लोनको सम्झौता सकिएपछि सान्चेजलाई किन्ने सम्बन्धि सम्झौतामा ईन्टरले सहमती जनाएको छैन ।
युनाईटेडमा रहदाँ सान्चेज सबै भन्दा धेरै रकम कमाई गर्ने खेलाडी थिए । उनले हप्तामा ४ लाख पाउण्ड कमाउने गरेका थिए । यो ईन्टरको हालको तलबको संरचना भन्दा बाहिरको रुप हो ।
सुझाव अनुसार सम्झौताको एक भागको रुपमा युनाईटेडले तलबमा अनुदान दिन सक्छ । ईन्टरले सान्चेजको साप्ताहिक तलबको रुपमा १ लाख ५० हजार पाउण्डको प्रस्ताव गरेको थियो । तर युनाईटेडले अझ बढी चाहन्थ्यो ।
सान्चेज १९ महिना अगाडी ईमिरेट्स स्टेडियम अर्थात आर्सनल छाडेर म्यान युनाईटेड आएका थिए । उनले ४५ खेलमा मात्र ५ गोल गर्न सके । उनले गत सिजन प्रिमियर लिगमा मात्र एक गोल गर्न सकेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमै पहिलो रुपमा भक्तपुरमा महिला कबड्डी प्रतियोगिता हुने
फागुन २८, २०८० सोमबार
पर्यटन प्रवर्द्धन गर्न रोटरीको ‘मिनी म्याराथन’
माघ २२, २०८० सोमबार
राष्ट्रपति रनिङ शिल्ड प्रतिगिताले ग्रामीण क्षेत्रमा बढायो ‘खेलकुद क्रेज’
माघ ३, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार