नागरिकता विधेयकका विवाद मिलाउन उपसमिति असफल
नेपालबहस संवाददाता
भदौ ११, २०७६ बुधबार १३:२१:४९
११ भदौ, काठमाडौं । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले गठन गरेको नेपाल नागरिकता ऐन २०६३ लाई संशोधनसम्बन्धी उपसमितिले विधेयकका उल्लेखित विवादका विषयलाई जस्ताकोतस्तै राखेर प्रतिवेदन तयार गरेको छ ।
विदेशी विवाहित महिलाले पाउने अंगीकृत नागरिकता, टोलीबाट ठाउँठाउँमा गरिने नागरिकता वितरणजस्ता विषयमा सहमति जुटन नसकेको हो । विवाद मिलाएर सुझवा पेस गर्न सत्तापक्षीय सांसद विजय सुब्बाको संयोजत्वमा गत चैतमा ९ सदस्यीय उपसमिति गठन गरिएको थियो ।
संयोजक सुब्बाले उक्त अपुरो प्रतिवेदन समिति सभापति शशी श्रेष्ठलाई मंगलबार हस्तान्तरण गरेका छन् । २०७५ साउनमा प्रतिनिधिसभामा दर्ता भएको उक्त विधेयक भदौदेखि राज्य व्यवस्थामा छलफलमा छ ।
उपसमिति अनिर्णयमा पुगेपछि अब उक्त विधेयकका विवादित विषय फेरि राज्य व्यवस्थामा छलफल हुने भएको छ । सरकारी टोलीले नागरिकता वितरण गर्ने र विदेशी नागरिक विवाह गरेमा अंगीकृत नागरिकता तुरुन्तै दिने कि केही वर्षपछि मात्र दिने भन्ने विषयमा सबैभन्दा बढी विवाद भएको छ ।
धेरैजसोले ७ वर्षपछि मात्र त्यस्तो नागरिकता दिनुपर्ने प्रस्ताव सांसदहरुले राखेका थिए । एकाथरि सांसदले टोलीले नागरिकता वितरण गर्न नहुने तर्क गरेका छन् । अर्काथरीले भने सबै प्रक्रिया पुर्याएर टोलीले नागरिकता दिने प्रावधान राख्नुपर्ने बताएका छन् ।
संयोजक सुब्बाका अनुसार झूठो विवरण पेस गरेर नागरिकता लिनेमाथि गरिने सजाय लगायत विषयमा भने सहमति जुटेको छ । उल्लेखित केही प्रावधानमा सहमति जुट्न नसकेको उनले बताए ।
जन्मका आधारमा सन्तानले नागरिकता पाउने संविधानमा व्यवस्था भएको विषय पनि कार्यान्वयन नहुँदा विशेषतः तराई क्षेत्रमा लाखौं जनाले नागरिकता नपाएको गुनासो छ । २०६४ सालको संविधानसभा निर्वाचनअघि खटिएको सरकारी टोलीले १ लाख ७० हजार ४२ हजार जन्मका आधारमा नागरिकता पाएका थिए ।
अहिले उनीहरुका सन्तानले नागरिकता पाएका छैनन् । नागरिकता ऐन २०६३ ले संविधानसभा अघि नागरिकता लिएका सन्तानको विषयमा केही नबोलेपछि थप समस्या उब्जेको छ । कान्तिपुरबाट
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारको बेइमानी : १३ लाख बालबालिकाको भविष्य जोखिममा
कात्तिक ८, २०८० बुधबार
राजधानीको हल्चोक स्थित रातामाटामा चङ्गा उडाउँदै [ फोटोफिचर ]
असोज २३, २०८० मंगलबार
अनधिकृत अनुवाद र पाइरेसीको विकृत धन्दा, एउटाको दुःख, अर्कोलाई मोज
असोज ८, २०८० सोमबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
नेपालमा बस्छन ६० देशका अवैतानिक वाणिज्यदूत
चैत १५, २०८० बिहिबार
दैविक प्रकोप उद्वारका सामग्री हस्तान्तरण
चैत १५, २०८० बिहिबार
हवाई टिकटको भ्याट र होटलमा लगाइएको विलासी कर हटाउः महासंघ
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
चैते धानमा किसानको आकर्षण बढ्दै
चैत १५, २०८० बिहिबार
कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका शाहीको शव भेटियो
चैत १५, २०८० बिहिबार