प्रहरी बुलेटिन : कहाँ-के भयो ? [थाहा पाउनुस]
नेपालबहस संवाददाता
भदौ ११, २०७६ बुधबार १९:१७:४७
११ भदौ, काठमाडौं । महानगरपालिका-३१ मध्येबानेश्वर बस्ने सप्तरी शम्भुनाथ नगरपालिका-५ घर भएका ३५ वर्षीय अजय दासलाई नियन्त्रित लागूऔषध डाईजेल्याप ७१ एम्पुल, फेनेरागन ८९ एम्पुल र नुर्फिन ७० एम्पुल सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं महानगरपालिका-७ कुमारीगाल बस्ने महोत्तरी घर भएका २९ वर्षीय आशुतोस अधिकारीलाई नियन्त्रित लागूऔषध नुर्फिन ४८ एम्पुल,डाइजेपाम ४८ एम्पुल र फेनेरागन ४८ एम्पुल सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस्तै, मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१५ पिपल चौताराबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ३ सय ट्याब्लेट सहित हेटौंडा उपमहानगरपालिका-१० राममन्दिर नजिक बस्ने २२ वर्षीय निकेश थापालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले वीरगंजबाट हेटौंडातर्फ जाँदै गरेको ना.१ ज ८५२६ नम्बरको माइक्रोबस जाँच गर्ने क्रममा माइक्रोमा सवार थापालाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यता धादिङको गजुरी गाउँपालिका-१ चालिसेबाट अवैध घरेलु मदिरा २ सय लिटर र कच्चा पदार्थ करिब ३ हजार लिटर मंगलबार बिहान प्रहरीले नष्ट गरेको छ ।
ईलाका प्रहरी कार्यालय गजुरी धादिङबाट खटिएको प्रहरी, गजुरी गाँउपालिकाका प्रतिनिधि, संचारकर्मी र स्थानीयबासीको उपस्थितिमा उक्त स्थानमा स्थानीयबासीले संचालन गरेको ८ वटा अवैध घरेलु मदिरा भट्टी पसलबाट उक्त परिणामको कच्चा पदार्थ र तयारी मदिरा नष्ट गरिएको हो । साथै मदिरा बनाउन कच्चा पदार्थ राखिएका ३२ वटा ड्रम समेत प्रहरीले बरामद गरेको छ ।
उता, पर्वतको कुश्मा नगरपालिका-२ अर्मादी क्षेत्रमा प्राकृतिक रुपमा उम्रेका करिब ४ सय गाँजाका बोट मंगलबार प्रहरीले काटी उखेली नष्ट गरेको छ । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरी, सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारी, कुश्मा नगरपालिका-२ का वडा सदस्य, जनचेतना आमा समूहकी अध्यक्ष, स्थानीय अग्रसर युवा क्लवका अध्यक्ष र स्थानीयबासीको सहभागितामा उक्त गाँजाका बोट नष्ट गरिएको हो ।
महानगरिय प्रहरी कार्यालय काठमाडौंका अनुसार काठमाडौं महानगरपालिका-२६ रानीबारीबाट १७ ग्राम तौल रहेको भालुको पित्त सहित काठमाडौं गोठाटार बस्ने तेह्रथुम म्याङ्लुङ नगरपालिका-६ घर भएका ३१ वर्षीय बिमल सोबेम्बालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त स्थानमा दुर्लभ बन्यजन्तु भालुको पित्तको अबैध कारोबार भइरहेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले सोबेम्बालाई उक्त तौल बराबरको भालुको पित्त सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यस्तै काठमाडौंको गोकर्णेश्वर नगरपालिका-४ नाम्गेल बस्ने गोपी श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा श्रेष्ठ समेत ७ जनालाई नगद २५ हजार ३ सय ५ रुपैयाँ र १ बुक तास सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । उता,धनुषाको मुखियापट्टी मुसरहमिया गाउँपालिका-३ तल्सियाही पुलबाट करिब २० हजार रुपैयाँ मूल्य बराबरका विभिन्न पटका बुधबार बिहान प्रहरीले फेला पारी बरामद गरेको छ ।
उक्त स्थानमा प्रहरी चौकी तुल्सियाहीबाट खटिएको प्रहरीलाई देख्नासाथ अपरिचति व्यक्तिहरुले महोत्तरीको मठियानिबाट तुल्सियाहीतर्फ टाउकोमा बोकी ल्याउँदै गरेको छुरछुरी सानो ठुलो गरी ९० प्याकेट, सुत्ली बम ‘पटका’ २० प्याकेट, फुलझरी १० प्याकेट, चक्र ५ प्याकेट, नागिना ७५ प्याकेट गरी उक्त मूल्य बराबरको पटका फाली फरार भएपश्चात उक्त पटका प्रहरीले बरामद गरेको हो । फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यस्तै बाँके, बारा र सुर्खेतमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । बाँकेको, नेपालगंज उपमहानगरपालिका-१७ परस्पुर चोकस्थित सडकमा भे.८ प २१९६ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने धनिराम पासीको ६ वर्षीया छोरी दिपाली पासीको मंगलबार दिउँसो मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको नर्सिङ होम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पूर्वि तराइ बारामा, जितपुर सिमरा उपमहानगरपालिका-३ बजनीस्थित सडकमा ना.८ ख ६८८१ नम्बरको टिपरले ना.४ ख ३२८२ नम्बरको ट्रकलाई मंगलबार राति ठक्कर दिँदा गम्भीर घाइते भएका ट्रक चालक जितपुर सिमरा उपमहानगरपालिका-७ बस्ने ४० वर्षीय शशि प्रसाद गुप्ताको उपचारको लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।
साथै सोही टिपरले ना.३ ख ३३८९ नम्बरको ट्रकलाई समेत ठक्कर दिँदा घाइते भएका ट्रक चालक सोही उपमहानगरपालिका बस्ने ४५ वर्षीय नेक महम्मद मियाँको हेल्थ केयर अस्पताल वीरगंजमा उपचार भइरहेको छ । फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यस्तै सुर्खेतको, भेरीगंगा नगरपालिका-५ हर्रे र बबईको बिच एमाले मोडमा जाजरकोटबाट नेपालगंजतर्फ जाँदै गरेको ना।४ ख ९३१७ नम्बरको बस सडकबाट अन्दाजी १ सय मिटर तल खसेर बुधबार बिहान दुर्घटना हुँदा हाल नाम, थर, वतन नखुलेकी महिलाको घट्नास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका बसमा सवार २७ जनालाई उपचारको लागि नेपालगंजतर्फ पठाइएको छ । बसका चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
इता, काठमाडौं महानगरपालिका-२६ कान्तिपथस्थित ग्राण्डीसिटी अस्पतालको दोस्रो तल्लामा रहेको अफिस कोठामा ब्याट्री सर्ट भई मंगलबार साँझ आगलागी हुँदा १२ एम्पियरको ब्याट्री ८ थान, युपिएस २ थान जलेर नष्ट भएको छ । स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
र काठमाडौं महानगरपालिका-६ सरस्वती नगर डेरा गरी बस्ने काभ्रे पनौती नगरपालिका-२ घर भएका राजन केसीको कोठाबाट नगद २ लाख रुपैयाँ र सुनको विभिन्न गरगहना समेत गरी करिब ७ लाख ६० हजार रुपैयाँ बराबरको धनमाल मंगलबार दिउँसो चोरी भएको छ । चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रसाईंका हतियारबारे छानबिन गर्न गृहले बनायो समिति
चैत १६, २०८० शुक्रबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
बागमती प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने
चैत १६, २०८० शुक्रबार
नयाँ शैक्षिकसत्र सुरु नहुँदै म्याग्दीमा पाठ्यपुस्तक भित्रियो
चैत १६, २०८० शुक्रबार
मन्त्रीहरुलाई राष्ट्रिय सभामा उपस्थित हुन निर्देशन
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
आइतबारबाट विशेष अदालतमा अनलाइनबाटै मुद्दाको सुनुवाइ हुने
चैत १६, २०८० शुक्रबार
आयरल्याण्ड वुल्भ्सले नेपाललाई दियो २२३ रनको लक्ष्य
चैत १६, २०८० शुक्रबार