गल्याङ बजारका पसल विना दर्ता संचालन
नेपालबहस संवाददाता
भदौ १२, २०७६ बिहिबार १६:५९:३७
११ भदौ, स्याङ्जा । बजार अनुगमनको जिम्मेवारी यती बेला स्थानीयतहलाई दिइएको छ । स्थानीय सरकार संचालन ऐनले उपप्रमुखको संयोजकत्वमा बजार अनुगमन गर्ने जिम्मेवार तोकिदिएको छ । कालोबजारीका लागि भने प्रशासनले हेर्न पाउने प्रावधान रहेको छ । स्थानीयतहमा जनप्रतिनिधि आएपछि बजार अनुगमनमा खासै चासो दिएको पाईदैन । बजार अनुगमन हुन छाडेपछि व्यापारीहरुले कालोबजारी गर्न सजिलो हुने उपभोक्तहरु बताउछन् । चाडवाड नजिकिदै गर्दा अनुगमन गर्ने प्रशासन स्थानीयतहमा जनप्रतिनिधि आएपछि अनुगमनको पाटो स्थानीयतहको हो भन्दै पन्छिन थालेको छ । जसले गर्दा मुल्य बृद्धिले उपभोक्ताहरु निकै मारमा परेका छन् । उपभोक्ताहरुको गुनासो आउन थालेपछि गल्याङ् नगरपालिकाले बजार अनुगमनलाई चासो देखाएको छ । स्याङ्जाको तेस्रो व्यापारीक केन्द्रको रुपमा चिनिएको गल्याङ बजारमा नगरपालिकाले अनुगमनलाई चासो दिएको हो । अनुगमनका क्रममा कुनै पनि व्यापारीले मुल्यसूचि र पसल दर्ता नगरेको फेला पारेको छ ।
व्यापारीले जुनसुकै प्रकृतिको व्यापार संचालन गर्दा पसल दर्ता गर्ने र मुल्य सूची राख्नु पर्ने व्यवस्था रहेको छ । तर गल्याङ् बजारमा संचालमा आएका पसलहरु अधिकांश दर्ता र मुल्य सूची नभएको अनुगमन टोलीले फेला पारेको अनुगमन समितिका संयोजक ज्ञानप्रसाद पाण्डेले बताए । मुल्य सूची नराखी व्यापार गरेमा कालोबजारी गरेको अनुमान लगाउन सकिने पाण्डेको भनाई छ । नियममा उपभोक्ताले देख्नेगरी मुल्यसूचि राख्नुपर्ने व्यवस्था भएपनि व्यापारीले यसको उल्लंघन गरेको पाइएको छ । मुल्य सूची गल्याङ उद्योग वाणिज्य संघले उपलब्ध गराउने गरेको दावी गरेपनि कुनै पनि व्यावसायीले मुल्य सूची नराखेर मनपरी ढंगले समान विक्रि गर्दै आएका छन् ।
यता गल्याङ उद्योग वाणिज्य संघका उपाध्यक्ष ध्रुव श्रेष्ठले भने व्यापारीहरुलाई मुल्य सूची उपलव्ध गराएपनि नराखेको स्विकार गरे । दैनिकजसो मुल्यमा फेरबदल आइरहने भएकाले उद्योग वाणिज्य संघले उपलब्ध गराउने वार्षिक मुल्यसूचि पनि प्रभावकारी हुन नसकेको उपाध्यक्ष श्रेष्ठले बताए ।
अनुगमनका क्रममा पसलको नाम अङिकत नाम राखिएको बोर्ड नराखिएको, केही पसलहरु फोहोर तथा अव्यवस्थीत, दर्ता नगरी सञ्चालन भएका, म्याद अङिकत नभएका सामानहरु राखिएका फेला परेको पाण्डेले बताए । सामाग्रीको मुल्यमा पनि पसलै पिच्छे फरक फरक देखिएकोले अनिवार्य मुल्य सूची राख्न निर्देशन दिएको पाण्डेले जानकारी दिए । यो अनुगमन पहिलो पटक हो पाण्डेले भने,“अहिले व्यापारीलाई सचेत मात्रै गराएका छौं दोस्रो पटक पुन उस्तै फेला परेमा कारवाहि पक्रिया अगाडी बढ्ने छ ।” अनुगमनलाई निरन्तरता दिएर उपभोक्तालाई कालोबजारी हुन बाट जोगाउने प्रयत्न गर्ने छौं पाण्डेले भने । बजारका मासु पसल, किराना पसल, भाँडा पसल, मिठाइ पसल, होटल तथा खाजा घरमा अनुगमन गरिएको थियो । यो अनुगमनले व्यापारीहरुलाई सचेत गराएको विश्वास नगरपालिकाले लिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यवसायीलाई जरिवाना बढी भयोः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
माघ १५, २०८० सोमबार
तेस्रो मुलुकका लागि निर्यातको शुभारम्भ
माघ १२, २०८० शुक्रबार
महानगरविरूद्ध सडक व्यापारीले आन्दोलन गर्ने
माघ १२, २०८० शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
लोकरिझ्याईं राजनीतिको ‘महाजात्रा’मा हरिवंश आचार्य
कुसुम भट्टराई
बैशाख ५, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
बैशाख ७, २०८१ शुक्रबार
सुनकोसी मरिण डाइभर्सन स् सुरुङ खन्न एक सय १० मिटर बाँकी
बैशाख ८, २०८१ शनिबार
अब हामी देशमा अर्को उथलपुथल ल्याउँछौँः माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
गोदावरीमा एमाले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक, ओलीले पेश गरे राजनीतिक प्रतिवेदन
बैशाख ८, २०८१ शनिबार
दामदार र आर्थिक चलखेल हुने विभागमा एमाले र माओवादीको तानातान, समय नपुग्दै सरुवा
बैशाख ८, २०८१ शनिबार
मुख्यमन्त्री अधिकारीले दिए गण्डकीमा चुमान र मनाङेलाई जिम्मेवारी
बैशाख ८, २०८१ शनिबार