एक महिनादेखि खेलकूद समिति पदाधिकारीविहीन
नेपालबहस संवाददाता
भदौ १२, २०७६ बिहिबार १८:३८:४७
१२ भदौ,जुम्ला । जिल्ला खेलकूद विकास समिति एक महिनादेखि पदाधिकारीविहीन भएको छ । गत १३ साउनदेखि तत्कालिन हरिप्रसाद श्रेष्ठको नेतृत्वमा रहेको समिति समयावधि पुगेर खारेज भएपछि जिल्ला खेलकूद विकास समिति पदाधिकारीविहीन भएको हो ।
समिति पदाधिकारीविहीन भएपछि कार्यालयको खाता सञ्चालनमा आउन सकेको छैन । नयाँ कार्यसमिति कहिले आउने हो यस विषयमा कुनै टुङ्गो लाग्न नसकेको जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख बरमबहादुर महतले बताए । उनले भने, “नयाँ कार्यसमिति नआएकाले कार्यालय सञ्चालनदेखि खेलाडीको छात्रवृत्ति वितरण कार्यक्रमसमेत प्रभावित भएको छ । कर्मचारीले तलबसमेत खान नपाएको कार्यालयले जनाएको छ ।
नयाँ कार्यसमिति नआउँदा पातारासी गाउँपालिकाको छुमचौरमा बन्दै गएको ‘हाई अल्टिच्युट टे«डिङ सेन्टर’ को काम पनि प्रभावित भएको कार्यालय प्रमुख महतले बताए ।
जिल्ला खेलकूद विकास समिति जुम्लाको नयाँ कार्यसमितिको अध्यक्षका लागि आठ व्यक्तिको नाम चर्चामा छन् । समितिमा पहिलो पटक महिला अध्यक्ष बनाउनुपर्ने भन्दै चन्दननाथ नगरपालिका–१ आर्चायबाडाकी सङ्गीता आचार्य खेल क्षेत्रको विकास गर्न युवा नै आवश्यक रहेको सन्दर्भमा वडा ३ बुढ्थबाडाका लक्ष्मी खत्रीको नाम चर्चामा छ ।
अर्का युवा बक्सिङ खेलाडी बालकृष्ण बुढा, वडा ८ रोकायाबाडाका कालीबहादुर रोकाया तथा पूर्व अध्यक्ष हरिप्रसाद श्रेष्ठ, भीम थापा र विष्णुबहादुर महतको नाम चर्चामा रहेको छ ।
नेकपा जिल्ला सचिव तीर्थ बुढाका अनुसार पदाधिकारीविहीन जिल्ला खेलकूद विकास समितिको अध्यक्षसहित अन्य सदस्यका लागि पार्टीको कुनै आधिकारिक निर्णय भएको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसीसी प्रिमियर कप: हङकङविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै
बैशाख ८, २०८१ शनिबार
एसीसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङ भिड्दै
बैशाख ८, २०८१ शनिबार
पूर्वाधार अभावमा पनि खेलकुदमा सुदूरपश्चिम अब्बल
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार
आगो निभाउन गएको दमकल दुर्घटना, ६ जना घाइते
बैशाख ८, २०८१ शनिबार
वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन
बैशाख ८, २०८१ शनिबार
भन्सार छलेर ल्याएका ५० लाखका कपडा र काजु बरामद
बैशाख ८, २०८१ शनिबार
नयाँ वित्तीय साधनका लागि विश्व बैंकलाई ११ अर्ब अमेरिकी डलर कोष प्राप्त
बैशाख ८, २०८१ शनिबार
रुसी सेनामा भएकालाई फर्काउन माग गर्दै आफन्तको प्रदर्शन
बैशाख ८, २०८१ शनिबार
मौरीपालक कृषक बढ्दै ,उत्पादन घट्दै
बैशाख ८, २०८१ शनिबार