बाढीका कारण पचास परिवार जोखिममा
नेपालबहस संवाददाता
भदौ १३, २०७६ शुक्रबार १३:३९:१५
१३ भदौ, बाजुरा । सदरमुकाम मार्तडी नजिकै रहेको बाउली खोलामा आउने बाढीका कारण बडिमालिका नगरपालिका–८ गडखेतको सिङ्गो बस्ती जोखिममा रहेको छ । नजिकै बाउली खोला बग्न थालेपछि बस्ती बग्ने खतरा बढेको हो ।
हरेक वर्ष जागराम बस्नुपर्ने समस्या हँुदा पनि तटबन्धका लागिसमेत कसैले वास्ता नगरेको स्थानीयको गुनासो छ । बाउली खोलामा मिसिने खारगाड खोलाले बढी क्षति पु¥याएको हो । बाउली र खारगाडले कटान गर्दै गएपछि ५० परिवार जोखिममा रहेका वडा सदस्य नरबहादुर अयडीले बताए।
खोलामा उचित तटबन्ध नहुँदा बस्ती नै सार्नुपर्ने अवस्था देखिएको छ । नगरपालिका र अन्य निकायलाई हारगुहार गर्दा पनि तटबन्धका लागि कसैले वास्ता नगरेको गुनासो स्थानीय धनबहादुर रावलको भनाइ छ ।
बाउलीकै कटानले यसअघि पनि सिङ्गो बस्ती सार्नु पर्ने अवस्था आएको थियो । बीचमा केही समय रोकिएपछि स्थानीय पुनः बस्ती बस्न थालेका हुन् । अर्को स्थानमा विकल्प नभएपछि उनीहरुलाई समस्या थपिएको रावलले जानकारी दिए।
स्थानीय पानी परेको रात नसुतेरै जाग्रराज बस्ने गरेका छन् । जिल्ला सदरमुकाम नै रहेको वडा भएर पनि राज्यका निकायको ध्यान जान सकेको छैन । गडखेतमा ५० परिवार बस्ती भए पनि सयौँ रोपनी जमीन ८ र ९ नम्बर वडाका स्थानीयको रहेको छ ।
खोलाले केही भाग खेत कटान गरेर क्षति पु¥याइसकेको छ । तत्काल विकल्प नसोचिए सिङ्गो बाउली नै खोलाको बगरका रुपमा परिणत हुने देखिएको छ । खारगाडमा झोलुङ्गे पुल नहुँदा वडा नं ३ का बासिन्दालाई आवतजावत गर्न समेत समस्या भएको छ ।
पानी परेको दिन खोलामा वारपार गर्नै समस्या हुने गरेको शिक्षकसमेत रहेका स्थानीय धनबहादुर रालवले बताए । मार्तडी बजारका लागि आउने तरकारी पनि रजालीबाटै आउने गरेको छ । पानी परेको दिन तरकारी रोकिने हुँदा बजारमा समस्या हुने गरेको छ । बस्ती जोखिमसँगै मार्तडीसँगको रजालीको सम्पर्क नै टुट्ने अवस्था आइलागेको वडा नं ३ का वडाध्यक्ष वीरबहादुर रावलले बताए ।
खारगाड खोलाको मुहानको पहिराको बालुवा थुप्रिदै गएको र बाउली खोलाले कटान शुरु गर्दा जोखिम बढेको हो । नदीको उचित व्यवस्थापनका लागि सङ्घ र प्रदेश सरकारसँग नगरपालिकाले पहल थालेको नगर प्रमुख पदम बडुवालले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
काठमाडौँ महानगरमा निःशुल्क उपचार, कसरी लिने सेवा ?
बैशाख ७, २०८१ शुक्रबार
वन डढेलो नियन्त्रणका लागि सिसी क्यामरा जडान
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार