कांग्रेस महामन्त्री कोइराला स्याङ्जा आउदै
नेपालबहस संवाददाता
भदौ १३, २०७६ शुक्रबार २०:२०:४७
१३ भदौ, स्याङ्जा । नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघ स्याङ्जाले शनिबार आयोजना गरेको एक कार्यक्रमका लागि नेपाली कांग्रेसका महामन्त्री शंशाङ्क कोइराला स्याङ्जा आउदैछन् । नेपाल महिला संघको ७२ औं स्थापना दिवस एंव संस्थापक अध्यक्ष स्वर्गिय मंगलादेवी सिंहको २३ औं स्मृति दिवसको अवसरमा महिला संघ स्याङ्जाले प्रकाशित शक्ति नाम स्मारिका विमोचन, प्रशिक्षण एंव तिज विशेष कार्यक्रमको उदघाटन गर्न महामन्त्री कोइराला भदौ १४ गते शनिवार स्याङ्जा आउन लागेका हुन् । कोइरालाले स्याङ्जामा कार्यकर्ता भेटघाट र आगामी दिनमा कांग्रेसको भुमिका बिषयमा समेत छलफल हुने बताइएको छ ।
नेपाल महिला संघ स्याङ्जाले प्रकाशित गरेको शक्ति नामक स्मारिकामा नेपाली राजनीतिमा नेपाली महिलाहरुले खेलेको भुमिका, जिल्लाको कस—कसले नेतृत्व गरेको थियो लगायतका बिषय र नेता तथा कार्यकर्ताहरुको लेखलाई समेटेर पुस्तक तयार पारिएको जिल्ला अध्यक्ष कल्पना तिवारीले जानकारी दिइन् । महामन्त्री कोइरालाले पुर्व अध्यक्ष, शहिद पत्नी र महिला संघमा योगदान गरेका दर्जनौ महिला नेतृहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको अध्यक्ष तविारीले बताईन् । महिलाहरुलाई काँग्रेसका नेताहरुले प्रशिक्षित गर्ने कार्यक्रम पनि तय भएको छ । जसका लागि केन्द्रिय सदस्य महेश आचार्य, धनराज गुरुङ्, गुरु घिमिरे, महिला नेतृ पम्फा भुषाल, डिला संग्रौला, उमा रेग्मी पनि महामन्त्री कोइराला सगै स्याङ्जा आउने अध्यक्ष तिवारीले जानकारी दिइन् ।
११ स्थानीय तहमा प्रशिक्षण, भेला र नेतृत्व गठन गरेको महिला संघ स्याङ्जाले यस कार्यक्रमलाई जिल्ला भेला पनि बताएको छ । सबै स्थानीयतहबाट महिला नेतृहरुको सहभागीता रहने गरि तयारीलाई तिब्र पारेको महिला संघका उपाध्यक्ष देवी अर्यालले जानकारी दिइन् । सबै स्थानीयतहबाट आउने जाने व्यवस्था सहित महिला नेतृहरुलाई जिम्मेवारी दिइएको बताइएको छ । महामन्त्री कोइराला उद्घाटन गर्ने कार्यक्रमलाई सफल बनाउन सबै नेता तथा कार्यकर्ता सहभागी जनाउन नेपाली काँग्रेसका महासमिति सदस्य शिवकुमार गिरीले आग्रह गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबन्द भएका उद्योग सञ्चालन गर्न सरकारले नयाँ नीति ल्याउँछः मन्त्री भण्डारी
बैशाख ७, २०८१ शुक्रबार
सर्वोच्चको फैसला नआएसम्म कांग्रेस गण्डकी प्रदेशसभा बैठकमा सहभागि नहुने
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
पूर्वाधार अभावमा पनि खेलकुदमा सुदूरपश्चिम अब्बल
बैशाख ७, २०८१ शुक्रबार
महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान
बैशाख ७, २०८१ शुक्रबार
बैंकहरुको मुनाफा घट्यो, ९ महीनामा ४०.६८ अर्ब आम्दानी
बैशाख ७, २०८१ शुक्रबार
प्लास्टिक प्रदूषण अन्त्य गर्न क्यानाडाले राष्ट्रसङ्घीय कार्यक्रमको आयोजना गर्ने
बैशाख ७, २०८१ शुक्रबार
कोशी प्रदेशमा संकल्प प्रस्ताव बहुमतले पारित
बैशाख ७, २०८१ शुक्रबार