अब भक्तपुरबाट पनि आश्रमको सेवा
नेपालबहस संवाददाता
भदौ १४, २०७६ शनिबार १२:३०:४
१३ भदौ, काठमाडौं । सडक, प्रतिक्षालय तथा मठमन्दिरमा बस्दै आएका बेवारिसे, असक्त, असहाय तथा मनोरोगीहरूको उद्धार, पालनपोषण, औषधोपचार गरी परिवारमा पुनःमिलन गराउँदै आएको मानवसेवा आश्रमले झक्तपुर जिल्लाबाट पनि सेवा शुरु गर्न लागेको छ ।
आगामी असोज १ गतेबाट भक्तपुरमा आश्रम स्थापना गरी सेवा शुरु गर्न आवश्यक प्रक्रिया शुरु गरिएको आश्रममका ३ नं प्रदेश संयोजक सुमन वर्ताैलाले जानकारी दिए । यसअघि काठमाडौँलगायत विभिन्न १३ जिल्लाको १५ स्थानमा आश्रम स्थापना गरेर सेवा दिँदै आएको आश्रमले भक्तपुरमा समेत शाखा विस्तार गर्न लागेको हो ।
“आज भएको छलफलमा भक्तपुरका स्थानीय सरोज बस्नेतले न्यून मूल्यमा घर भाडा दिने प्रतिबद्धता जनाएको छ, त्यही घरबाट सेवा थाल्ने गरी तयारी शुरु भएको छ, असोज १ बाट औपचारिक रूपमा सेवा शुरु हुन्छ”, वर्ताैलाले भने । बस्नेत काठमाडौँ महानगरपालिका शहरी योजना आयोगका उपाध्यक्षसमेत छन् । उनले आश्रमको सेवालाई सहज बनाउन व्यक्तिगत रूपमा मासिक रु १५ हजार रकम सहयोग गर्दै आएका छन् ।
आफूले पनि वृद्धवृद्धा राखेर सेवा दिने योजना अघि सारेको बताउँदै बस्नेतले त्यस्तै प्रकृतिको काम आश्रमले गरिरहेकाले थोरै मूल्यमा आश्रमलाई घर उपलब्ध गराउन पाएको भन्दै खुशी व्यक्त गरे ।
यसअघि उपत्यकाको काठमाडौँस्थित सामाखुसी र बुढानीलकण्ठ तथा ललितपुरमा आश्रमले सेवा दिँदै आए पनि झक्तपुरमा आश्रम थिएन । अब आश्रम स्थापनासँगै भक्तपुरका सडकपेटीमा बेवारिसे भएर बसेका मनोरोगी, असक्त, असहायहरूको उद्धार गरी संरक्षण गर्न सहज हुनेछ ।
विसं २०८२ सम्ममा नेपालका सडकमा यस्ता असहाय मानिसहरू रहने अवस्थाको अन्त्य गर्ने अभियानमा आश्रम रहेको छ । अहिलेसम्म आश्रममले झण्डै दुई हजार व्यक्तिलाई उद्धार गरिसकेको छ भने छ सय बढीलाई परिवारमा पुनःमिलन गराइसकेको अध्यक्ष रामजी अधिकारीले बताए । आश्रम २०६९ सालमा हेटौँडामा स्थापना भएको थियो ।
शुरुमा मुठीदानबाट शुरु भएको अभियान अहिले विभिन्न स्वदेश र विदेशमा भएका नेपालीहरूको सहयोगमा सञ्चालित छ । पछिल्लो समयमा सङ्घ, प्रदेश र स्थानीय सरकारले समेत सहयोग गर्न थालेकाले सञ्चालनमा राहत मिल्दै आएको आश्रमले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
काठमाडौँ महानगरमा निःशुल्क उपचार, कसरी लिने सेवा ?
बैशाख ७, २०८१ शुक्रबार
वन डढेलो नियन्त्रणका लागि सिसी क्यामरा जडान
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार