सोह्रश्राद्धमा भागवत वाचनले पितृमुक्ति नहुने भनाइ
नेपालबहस संवाददाता
भदौ १४, २०७६ शनिबार ११:४५:५४
१४ भदौं, काठमाडौं । सोह्रश्राद्धमा भागवत कथा वाचन गरेर पितृमुक्ति हुने विषय शास्त्रसम्मत नभएको धर्मशास्त्रका विद्वान्ले बताएका छन् ।
सोह्रश्राद्धको अवसर पारेर भदौ २८ गतेदेखि गोकर्णेश्वर महादेव मन्दिर परिसरमा भागवत महायज्ञसहित पितृमुक्ति महायज्ञ गर्ने भनी व्यापक प्रचारप्रसार भएपछि नेपाल विद्वत् परिषद्ले विद्वत् सम्मेलन गरी सचेत रहन आम नागरिकलाई आह्वान गरेको हो ।
परिषद्ले आयोजना गरेको सम्मेलनमा धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले पितृपक्षमा भागवत लगाउन हुँदैन भन्ने वाक्य शास्त्रमा रहेको जानकारी दिए ।
“श्राद्धकर्ताले पाञ्चायन पूजा पनि गर्नुहुँदैन, पितृपक्षमा पूर्वाङ्ग गर्नुहुँदैन, पूर्वाङ्ग नगरी गरेको भागवत कथावाचनको कुनै फल हुँदैन, यस्तो प्रचार गरेर धर्म संस्कृतिको क्षेत्रमा विकृति ल्याइएको छ, धर्मका नाममा कमाइ खाने पेशा चलाउन खोजिँदैछ”, उनले भने ।
श्राद्धमा पितृसूक्तबाहेक अरु पाठ गर्नु नहुने शास्त्रीय वचन रहेकाले भागवत पनि पितृ मुक्तिका नाममा वाचन गर्न नहुने गौतमको भनाइ थियो । प्रा डा दीर्घराज घिमिरेले शास्त्र भनेको वेद नै भएकाले वैदिक ग्रन्थमा विधिपूर्वक ११ दिनसम्मको काजक्रिया गरेपछि प्रेतलाई मुक्त गरेर पितृ बनाइने चर्चा गरिएकाले पितृ मुक्तिका नाममा जनतालाई भ्रम पार्न खोजिएको बताए ।
“पितृलाई मुक्त गर्ने त्यही कूलको मानिसले हो अरुले होइन, ब्राह्मणले सबैका पितृलाई मुक्त गर्ने जसरी विभिन्न माध्यमबाट प्रचार गरिएको छ, यो शास्त्रीय मान्यताविपरीत छ”, उनले भने ।
गोकर्णमा भागवत लगाउने कुरा शास्त्रसम्मत नभएको उल्लेख गर्दै प्रा डा घिमिरेले यस्तो कर्मले कर्तालाई शास्त्रमा बताएअनुसारको फल नदिने भएकाले सचेत हुन अनुरोध गरे । नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक रुद्रप्रसाद मिश्रले जसलाई पितृमुक्तिको विषय नै थाहा छैन तिनले पितृमुक्ति यज्ञका नाममा जनता ठग्न लागेको बताए ।
सन्ध्याको सामान्य ज्ञानसमेत नहुने मानिस सनातन धर्मका ठूला ठूला कुरा राखेर हिँड्ने गरेको उल्लेख गर्दै उनले पितृ कार्य गर्दा वाक्य अशुद्ध भए पितृले मोक्ष प्राप्त गर्दैनन् भन्ने शास्त्रीय वचन भएकाले महायज्ञमा सहभागी हुन चाहनेले बुझेर मात्र सहभागिता जनाउनुपर्ने विचार राखे ।
सो अवसरमा परिषद्का अध्यक्ष एवं नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति आचार्य पूर्णचन्द्र ढुङ्गेल, प्रा डा आनन्दप्रसाद घिमिरे लगायतले पैसाको लोभमा जे पनि गर्ने प्रचलन अन्त्य गर्नुपर्नेमा जोड दिएका दिए । गोकर्णेश्वरको निम्ता भनेर पितृपक्षमा गरिने महायज्ञको प्रचारप्रसार गरेर अबुझ जनतालाई ठग्न खोजेको उनहरूको भनाइ थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ कतारका अमिर थानीको नेपाल भ्रमणको तालिका
बैशाख ११, २०८१ मंगलबार
बालाजु बाइसधारा मेला आजदेखि सुरु, भक्तजनको घुईँचो
बैशाख ११, २०८१ मंगलबार
शुक्लाफाँटामा बढ्यो बाघको संख्या
बैशाख ११, २०८१ मंगलबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
बैशाख १०, २०८१ सोमबार
रुद्रकली : कतारी अमिरलाई उपहार दिइने हात्ती
बैशाख १०, २०८१ सोमबार
कतारका अमिरको नेपाल भ्रमणमा भोलि सार्वजनिक बिदा
बैशाख १०, २०८१ सोमबार
राज्य कोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
दाङमा चैते धानप्रति किसानको आकर्षण बढ्दो
बैशाख ११, २०८१ मंगलबार
औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी
बैशाख ११, २०८१ मंगलबार
सुनचाँदीको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
बैशाख ११, २०८१ मंगलबार
रौनियारसहित २९ ठेकेदारका निमार्ण कम्पनी कालोसूचीमा
बैशाख ११, २०८१ मंगलबार
सावधान ! प्लाष्टिकको प्रयोगले हुन्छ यस्तो डरलाग्दो असर !
बैशाख ११, २०८१ मंगलबार