बिहानैदेखि देशका अधिकांश स्थानमा मध्यम वर्षा
नेपालबहस संवाददाता
भदौ १४, २०७६ शनिबार १५:३५:१३
१४ भदौ, काठमाडौं । बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले आज बिहानै काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएको छ ।
शुक्रबारदेखि नेपाल भित्रिएको जलवाष्पयुक्त हावाको प्रभावले वर्षा भइरहेको मौसमविद् शान्ति कँडेलले बताए । “अहिले मनसुनको कुनै प्रभाव छैन”, मौसमविद् कँडेले भने । उनका अनुसार वर्षा अझै केही दिन लम्बिने छ तर लगातार भने हुने छैन् । केही समय रोकिने घाम लाग्ने पुनः वर्षा हुने क्रम आगामी तीन दिनसम्म चलिरहने छ ।
हाल देशका धेरैजसो भू–भागमा सामान्य बदली भई पूर्व र मध्यका धेरै भू–भागमा र पश्चिमका एक–दुई स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज देशभरि सामान्य बदली रही पूर्व र मध्यका धेरै स्थानमा मेघ गर्जन-चट्ट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने र पूर्व र मध्यका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आइतबार देशैभरि बदली रही पश्चिमका धेरैजसो स्थानमा र पूर्व तथा मध्यका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।
सोमबार देशभरि सामान्य बदली रही पूर्व र मध्यका केही स्थानमा र पश्चिमका एक–दुई स्थानहरुमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
राष्ट्रपति पौडेलद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना
बैशाख ११, २०८१ मंगलबार
यस्तो छ कतारका अमिर थानीको नेपाल भ्रमणको तालिका
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौंको क्षति
बैशाख ११, २०८१ मंगलबार
निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द
बैशाख ११, २०८१ मंगलबार
सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा
बैशाख ११, २०८१ मंगलबार
जनकपुरमा होटलको एउटै कोठामा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला
बैशाख ११, २०८१ मंगलबार
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
बैशाख ११, २०८१ मंगलबार