बेचबिखनविरुद्धको दिवस मनाउन शुरु
नेपालबहस संवाददाता
भदौ १४, २०७६ शनिबार १६:१:४९
१४ भदौ, कञ्चनपुर । भीमदत्तनगरमा मानव बेचबिखन तथा ओसारपसारविरुद्धको १३ औँ राष्ट्रिय दिवस साताव्यापीरुपमा मनाउन शुरु गरिएको छ ।
‘सरकारको प्रतिबद्धता, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा हामी सबैको ऐक्यबद्धता’ भन्ने नाराका साथ भीमदत्त नगरपालिकाको अगुवाइमा विभिन्न सरकारी तथा गैरसरकारी सङ्घ संस्थाले संयुक्तरुपमा दिवस मनाउन थालेका हुन् ।
नगरपालिकाका उपप्रमुख सुशीला चन्दले पश्चिमी सीमानाका गड्डाचौकीबाट मानव बेचबिखन तथा ओसारपसारको अत्यधिक जोखिम भएकाले सीमा नाकालाई मध्यनजर गरी सरकारी तथा गैरसरकारी निकायसित सहकार्य गरी दिवस मनाउन शुरु गरिएको बताए ।
“पश्चिमी नाकाबाट बेचबिखन तथा ओसारपासको जोखिम छ, त्यस कारण नगरपालिकाले गड्डाचौकी नाकालाई मध्यनजर गरी संयुक्तरुपमा कार्यक्रम बनाइएको छ, त्यसअनुसार बेचबखिनविरुद्ध सचेतना कार्यक्रम, नाका निगरानीलगायतका कार्यक्रम राखिएका छन”, उनले भने । अशिक्षा, जनचेतना कमी र गरीबीका कारण मानव बेचबिखन हुने गरेको उल्लेख गर्दै नगर उपप्रमुख प्रमुख चन्दले महिलाको आर्थिक अवस्था सुधार गर्नुपर्नेमा जोड दिए।
केही दिनअघि भारतको राजधानी नयाँ दिल्लीमा गरिएको कार्यक्रममा समेत आफूले बेचबखिन र ओसारपसारविरुद्ध भारतका सरकारी तथा गैरसरकारी अधिकारीलाई जानकारी गराएर बेचबिखन अन्त्यका लागि सहयोग गर्न आग्रह गरिएको उनको भनाइ छ ।
मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवस सफल पार्न सरकारी तथा गैरसरकारी क्षेत्र सबैको भूमिका महत्वपूर्ण हुने भएकाले सहकार्य र समन्वय गरी जानुपर्नेमा उनले जोड दिए ।
वडा प्रहरी कार्यालयका इञ्चार्ज प्रहरी निरीक्षक मोहनजङ्ग बुढथापाले सरकारको नीतिअनुसार प्रहरी मानव बेचबिखन तथा ओसारपासर रोकथाममा लागेको बताए । “मानव बेचबिखनविरुद्ध प्रहरीले सचेतनामूलक कार्यक्रम पनि चलाएको छ, नाका सङ्घसंस्था समन्वय र सहकार्य गरी रोकथामका काम पनि गर्दै आएको छ”, प्रहरी निरीक्षक बुढथापाले भने ।
अधिकारकर्मी प्रभुनिधि पन्तले मानब बेचबिखनविरुद्धको दिवससम्बन्धी जानकारी गराए । उनले सीमा निगरानी, सचेतना मुलुक कार्यक्रम सञ्चालन र आर्थिक सशक्तीकरणका कार्यक्रम सञ्चालन गरिनुपर्नेमा जोड दिए । शुक्रबारदेखि दिवस मनाउने कार्यको शुरुआत गरिएको छ । सरकारले विसं २०६३ मा मानव बेचबिखन तथा ओसारपसारविरुद्धको राष्ट्रिय दिवस घोषणा गरेको थियो ।
दिवसको अन्तिम दिन यही भदौ २० गते पश्चिमी सीमा नाका गड्डाचौकीमा कार्यक्रम गरी समापन गरिने भीमदत्त नगरपालिकाका कलावती कुँवरले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसोलुखुम्बुमा डढेलो बस्तीमा फैलिँदा पाँच घर जलेर नष्ट
बैशाख १२, २०८१ बुधबार
विहे घरमा आगलागी, २ जना घाइते
बैशाख १२, २०८१ बुधबार
डढेलोले म्याग्दीमा सात सय हेक्टर वन सखाप
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता, राजनीतिक घटनाक्रमको विषयमा छलफल
बैशाख ११, २०८१ मंगलबार
फिलिपिन्समा चरम गर्मीका कारण ६ को मृत्यु
बैशाख १२, २०८१ बुधबार
चैत २७ मा कर्णालीको मुख्यमन्त्री भएका कँडेलले बल्ल नियुक्त गरे एक जना मन्त्री
बैशाख १२, २०८१ बुधबार
म्नेस्टी इन्टरनेसनलले भन्यो, सन्तोषजनक छैन विश्वमा मानव अधिकारको अवस्था
बैशाख १२, २०८१ बुधबार
लुम्बिनीका ७ जना मन्त्रीले पाए जिम्मेवारी
बैशाख १२, २०८१ बुधबार
बोलेरोको ठक्करबाट तीन युवकको मृत्यु
बैशाख १२, २०८१ बुधबार
दयाहाङ र मिरुनाको फिल्म 'घरज्वाइँ' को पोस्टर सार्वजनिक
बैशाख १२, २०८१ बुधबार