बैंकको शेयरले धमाका पिट्दै, लगानीकर्ताको बाटो कता ?
नेपालबहस संवाददाता
भदौ १४, २०७६ शनिबार २३:५६:५८
१४ भदौ, काठमाडौं । धितोपत्र बजारमा यस साता कूल १७२ कम्पनीको शेयर कारोवार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक उतार चढावपूर्ण अवस्थामा रह्यो । यसै साता बजार ओरालो लागेर एघार सयको बिन्दुमा झरे पनि वाणिज्य बैंकमा भने लगानीकर्ताको आकर्षण घटेन ।
बजारमा लगानीकर्ताको मनोविज्ञान नकारात्मकतातर्फ उन्मुख भएको भन्दै बजार ओरालो लागेको बताइँदै आएको छ । कारोवार रकम र नेप्सेको अवस्थाले पनि सोही कुरालाई इङ्गित गरेको छ । यस साता ६० लाख २४ हजार ९७५ कित्ता शेयर रु एक अर्ब ६१ करोड ४८ लाख ३८ हजार ३७७ मूल्यमा खरीद बिक्री भए ।
गत साताको अन्तिम दिन अर्थात् यही भदौ ५ गते बिहीबार नेप्से ०.९९ विन्दुले घटेर एक हजार २१३.०६ विन्दुमा झरेर बन्द भएको थियो । यस साताको पहिलो दिन आइतबार नेप्से ३.४५ विन्दुले घटेर एक हजार २०९.६२ विन्दुमा पग्यो । नेप्से ओरालो लाग्दा कारोवार रकमसमेत सस्तैमा समेटियो ।
कूल १७१ कम्पनीको १२ लाख ७५ हजार ६२३ कित्ता शेयर रु ३५ करोड दुई लाख ६९ हजार ५०९ मूल्यमा खरीद बिक्री भए । यस्तै सोमबार पनि नेप्से ६.४९ बिन्दुले घटेर एक हजार २०३.१३ बिन्दुमा पुग्यो । नेप्से घटेपनि कारोवार रकम भने औसतमा रह्यो । कूल १७२ कम्पनीको १६ लाख तीन हजार ३२६ कित्ता शेयर रु ३८ करोड पाँच लाख ९६ हजार ५७१ मा कारोवार भए ।
साताको तेस्रो दिन मङ्गलबार नेप्से परिसूचक उकालो लाग्यो । सो दिन नेप्से ४.८७ बिन्दुले बढेर एक हजार २०८ मा पुग्यो । कूल १६७ कम्पनीको आठ लाख ५० हजार ३८६ कित्ता शेयर रु २४ करोड ४६ लाख ६८ हजार २०९ मूल्यमा कारोवार भयो ।
यस्तै बुधबार नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो । नेप्से १०.२६ अङ्कले घटेर एक हजार १९७.७५ मा झ¥यो । परिसूचक घटेपनि कारोवार भने औसत नै रह्यो । कूल १६८ कम्पनीका १३ लाख १९ हजार ८०६ कित्ता शेयर रु ३७ करोड १९ लाख ४४ हजार ४२९ मा खरीद बिक्री भए ।
साताको अन्तिम दिन बिहीबार कारोवार मापक नेप्से परिसूचक पुनः झिनो अङ्कले ओरालो लाग्यो । नेप्से १.३३ अङ्कले घटेर एक हजार १९६.४१ मा सीमित भयो । नेप्से घटेसँगै कारोवार रकमसमेत सस्तैमा समेटियो । कूल १७० कम्पनीको नौ लाख ७५ हजार ८३४ कित्ता शेयर रु २७ करोड ७३ लाख ५९ हजार ६५९ मा खरीदबिक्री भए ।
वाणिज्य बैंकको बोलवाला
शेयर कारोवारका आधारमा यस साता वाणिज्य बैंकहरुकै बोलबाला रह्यो । आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट धमाधम लाभांश घोषणा हुन थालेपछि बजारमा वाणिज्य बैंक उपसमूहको नै बोलवाला रहेको हो । शेयर कारोवारका आधारमा कुमारी बैंक शीर्ष स्थानमा रहेको छ । यस्तै नेपाल बैंक लिमिटेड, एनआइसि एशिया बैंक, प्रभु बैंक, रसुवागढी जलविद्युत् कम्पनी, महालक्षमी विकास बैंक, मेगा बैंक, एनसिसि बैंक, माछापुच्छ्रे बैंक र माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी लिमिटेड क्रमशः शीर्ष स्थानमा रहे ।
छ कम्पनीका शेयर सूचीकृत
स्टकमा यस साता विभिन्न छ कम्पनीका शेयर सूचीकृत भए । त्यसमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको एक करोड नौ लाख ९२ हजार ३२१ कित्ता शेयर लाभांश सूचीकृत भएको छ । यस्तै सेञ्चुरी बैंकको १६ लाख ५० हजार ९२ कित्ता शेयर लाभांश, उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाको दुई लाख २२ हजार ७५० कित्ता शेयर लाभांश, नागबेली लघुवित्त वित्तीय संस्थाको एक लाख ४३ हजार ८०० कित्ता शेयर लाभांश, गरिमा विकास लघुवित्त वित्तीय संस्थाको ३२ लाख ७५ हजार कित्ता हकप्रद शेयर र प्रिमियर इन्स्योरेन्स कम्पनीको ४९ लाख पाँच हजार ६०० कित्ता शेयर लाभांश सूचीकृत भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्से ०.२८ अंकले वृद्धि भएर ३५०.७५ विन्दुमा कायम
बैशाख ९, २०८१ आइतबार
नेप्सेको ओरालो यात्रा जारी, कारोबारका आधारमा गुर्खाज फाइनान्स शीर्ष स्थानमा
बैशाख ६, २०८१ बिहिबार
शेयरबजार दुई दशमलव २६ अङ्कले ओरालो
बैशाख ४, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
संयुक्त राष्ट्र प्रमुखद्वारा सन् २०२५ सम्म जलवायु कार्यका लागि विश्वव्यापी नेता परिचालन
बैशाख १२, २०८१ बुधबार
बैंकिङ्ग कसुरमा फरार करुणा शाही पक्राउ
बैशाख १२, २०८१ बुधबार
ईश्वरको आँखामा देबेन्द्र बब्लु र जुना
बैशाख १२, २०८१ बुधबार
नैकापमा ‘ग्लोरियस ब्युटी पार्लर’ आधुनिक सेवा सहित सञ्चालन
बैशाख १२, २०८१ बुधबार
मसलामा प्रतिबन्ध लगाएको विषयमा भारतले सिंगापुर र हङकङसँग माग्यो जवाफ
बैशाख १२, २०८१ बुधबार
काठमाडौं महानगरका सामुदायिक विद्यालयमै फोहाेर व्यवस्थापन गर्ने प्रणाली कार्यान्वयन हुँदै
बैशाख १२, २०८१ बुधबार