सवारी दुर्घटना : ३ जनाको मृत्य, १ जना घाइते
नेपालबहस संवाददाता
भदौ १५, २०७६ आइतबार १४:३६:०
१५ भदौ, पर्वत । पर्वतको फलेबास नगरपालिका वडा नं ५ खानीगाउँकी एक महिलाको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको छ ।
शनिबार साँझ ६ः३० बजेको समयमा स्थानीय ५० वर्षीया विष्णुदेवी दर्जीलाई मोटरसाइकलले ठक्कर दिएको थियो । मादक पदार्थ सेवन गरी तीन जना सवार ध१प ३६६६ नंको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी दर्जीलाई उपचारका लागि पोखरा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
मृतक दर्जीको शव परीक्षणका लागि जिल्ला अस्पताल पर्वतमा राखिएको छ । मोटरसाइकलमा सवार तीनजनामध्ये पाल्पा घर भई हाल फलेवासमा मजदूरी गर्दै आएका सुमन सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको र अन्य दुई जनाको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
उता, चितवनमा पूर्वी चितवनको रत्ननगरमा शनिबार राति ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । रत्ननगर नगरपालिका वडा नं ४ शिवचोकमा ना७ख ९२३२ नम्बरको ट्रकले पैदलयात्रीलाई ठक्कर दिएको थियो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ट्रकको ठक्करबाट ५१ वर्षीय पुरुष व्यक्तिको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।
पैदलयात्रीलाई ठक्कर दिने ट्रक प्रहरीको नियन्त्रणमा रहेको छ भने मृतक पुरुष व्यक्तिको नाम, थर, वर्तन खुल्न नसकेको प्रहरीले जनाएको छ । मृतक पुरुषको शव भरतपुर अस्पतालमा राखिएको छ । दुर्घटना राति ११ः४० बजे भएको हो ।
यता, रत्नननगरकाे भरतपुरमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नं २३ को कुमारीचोकमा ना २२ प ४०३ नम्बरको मोटरसाइकलले सोही ठाउँ बस्ने ६० वर्षीया हरिकला विकलाई ठक्कर दिएको हो ।
विकको उपचारका क्रममा चितवन मेडिकल कलेजमा शनिबार राति मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्करबाट मोटरसाइकलमा सवार पर्सा जिल्ला औरही–४ का सरेन्द्र चौधरी गम्भीर घाइते भएका छन् ।
चौधरीको पनि चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
बोलेरोको ठक्करबाट तीन युवकको मृत्यु
बैशाख १२, २०८१ बुधबार
अचानक आएको हावाहुरीले फेवातालमा डुङ्गा दुर्घटना, पाँच जनाको सकुशल उद्धार
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
'टिकटक'बारे अमेरिकाले ल्यायो नयाँ कानुन- शेयर बेच्नेकी प्रतिबन्ध झेल्ने !
बैशाख १३, २०८१ बिहिबार
चितवनमा बसको ठक्करबाट तीर्थयात्रीको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
पोखरामा एसिया कप तथा साउथ एसियन ट्रायथोलन च्याम्पियनसिप हुँदै
बैशाख १३, २०८१ बिहिबार
प्रिमियम लिगका दुइ खेलाडीमाथि बलात्कारको आरोप
बैशाख १३, २०८१ बिहिबार
अमेरिकाले युक्रेनलाई गोप्य रुपमा दिएका लामो दुरीको मिसाइलको प्रयोग
बैशाख १३, २०८१ बिहिबार