एटीएम ह्याक भएपछि सर्वसाधारणमा आतंक
नेपालबहस संवाददाता
भदौ १५, २०७६ सोमबार ०:६:१४
१५ भदौ,काठमाडौं । बानेश्वर , शान्तिनगरका अशोक विष्ट आज बिहानैदेखि तनावमा थिए । गएको राती चीनियाँ ह्याकरले विभिन्न बैंकको एटीएम ह्याक गरी करोडौं रुपैयाँ कुम्ल्याएको खबर सार्वजनिक भएसँगै अशोकको छटपटी बढेको हो । यस्तो कमजोर सरकार छ , जेपनि हुनसक्छ भन्दै उनी आफ्नो नबिल बैंकको एटीएमबाट कतै पैसा निकालेको छ की भनेर त्रसित छन् ।
यस्तै राजधानीको न्यूरोडस्थित बिभिन्न बैंकमा बिहानैदेखि सर्वसाधारणको घुइँचो लागेको छ । कतै ह्याकरले आफ्नो एटीएमबाट पो पैसा निकाल्यो की भनेर सबैमा जिज्ञासा बढेको छ । बैकका कर्मचारीलाई पनि जवाफ दिन नै मुश्किल भएको छ । नेपाल बंगलादेश बैंक न्यूरोड ब्राञ्चका प्रमुख सन्तोष भट्टराई बिहानैदेखि ग्राहकको सोधीखोजी बढेकाले काम गर्न नै मुश्किल भएको बताउँछन् ।
हिजो राति पाँच जना चिनियाँ नागरिकको मिलोमतोमा कमलादीस्थित नबिल बैंकको एटीएम बुथबाट झण्डै ७५ लाख झिकिएको थियो । यस्तै प्रभु बैंकबाट पनि करिब ३० लाख रुपैयाँ कुम्ल्याउने काम भएको छ । एटीएम बन्द भएपछि सर्वसाधारणमा झन ठूलो आतंक फैलिएको थियो ।
नेपालका कुल २८ मध्ये १५ वटा वाणिज्य बैंकले एटीएममार्फत सेवा उपलव्ध गराउँदै आएका छन् । नेपाल इलेक्ट्रोनिक पेमेण्ट सिष्टम ‘नेप्स’मार्फत सेवा प्रदान गर्ने बैकहरुले भर्खरै मात्र एटीएम सेवा सुचारु गरेका छन् । तर सम्वन्धित बैंकको मात्र एटीएम सञ्चालनमा आएको छ । हिजो राति पाँच जना चिनियाँ नागरिकको मिलोमतोमा कमलादीस्थित नबिल बैंकको एटीएम बुथबाट झण्डै चार कराेड ७५ लाख झिकिएको थियो । यस्तै प्रभु बैंकबाट पनि करिब ३० लाख रुपैयाँ कुम्ल्याउने काम भएको छ । एटीएम बन्द भएपछि सर्वसाधारणमा झन ठूलो आतंक फैलिएको थियो ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले बैंकिङ प्रणालीमा कुनै समस्या नरहेको स्पष्ट गरेपनि सर्वसाधारणमा विश्वास भने देखिएको छैन । ह्याकरले एटीएमबाट पैसा निकालेको भएपनि व्यक्तिगत खाताबाट भने ननिकालेको उनको दावी छ ।यसबारे अहिले राष्ट्र बैक र नेप्सबीच छलफल भइरहेको छ ।
नेपालमा एटीएम ह्याक गरी यसअघि पनि सर्वसाधारणको रकम निकाल्ने घटना भएको थियो । एनआईसी एशिया , नबिल र सनराइज बैंकबाट एटीएम ह्याक गरी निकालिएको रकम अहिलेसम्म पत्ता लागेको छैन । त्यसैले पनि सर्वसाधारणमा यस्तो त्रास फैलिएको हो ।
१ सय ३२ थान नक्कली भिसाकार्ड बोकेका थिए चिनियाँ चोरले
डाटा ह्याक गरी एटीएम बुथबाट करोडौं रकम निकाल्ने ५ जना चिनियाँ नागरिकसँग १ सय ३२ थान नक्कली भिसाकार्ड रहेको प्रहरीले जनाएको छ । नक्कली भिसाकार्ड प्रयोगबाट नबिल बैंकसहित विभिन्न बैंकबाट प्रहरीले शनिबार पक्राउ गरेको उनीहरुको साथबाट १७ थान सक्कली भिसाकार्ड पनि हात परेको थियो ।
पक्राउ पर्नेहरूमा चिनियाँ नागरिकहरु राहदानी नम्बर ई ३२३७७७१३ वाहक लिन जिंमेंग, राहदानी नम्बर ई ०९५५२६३७४ वाहक लुओ झिअलेइ, राहदानी नम्बर ईसी १९३७५५८ वाहक झू लिंगंग, राहदानी नम्बर ईएच ०२७७६५०वाहक किउ युन्किंग र राहदानी नम्बर ई ८९०५६८२५ वाहक चेन बिन बिन रहेका छन् ।
उनीहरुबाट १ करोड २६ लाख २९ हजार ४५ नेपाली रुपैयाँ, ९ हजार १ सय ८ अमेरिकी डलर, १ हजार १ सय ९१ चिनियाँ युआन, २ सय ५० युरो, ५ हजार क्याम्बोडियन मुद्रा, ८० हङकङ डलर, कार्ड प्रिन्टर मेसिन १ थान, मोबाइल ६ थान, ल्यापटप १ थान, डाटा कार्ड १ थान पनि बरामद भएको प्रहरीले जनाएको छ ।
काठमाडौं उपत्यकाका एटीएम बुथमा विदेशी मुलका जस्ता देखिने व्यक्तिहरूले शंकास्पद गतिविधि गरिरहेको भन्ने विशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले काठमाडौं दरबारमार्गस्थित नबिल बैंकको एटीएम बुथबाट पैसा निकालिरहेको अवस्थामा उनीहरुमध्येका Zhu Liangang लाई फेला पारी सोधपुछ गर्ने क्रममा उनको साथबाट २० थान नक्कली भिसाकार्ड फेला परेको थियो । तत्काल उनी बस्ने हात्तिसारस्थित माया मनोहर वुटिक होटलको कोठा नम्बर २०१, ६०२ र ६०४ मा खानतलासी गर्ने क्रममा कोठाबाट लिफ्ट हुँदै भाग्दै गरेको अवस्थामा उक्त सामानसहित अन्य ४ जनालाई समेत प्रहरीले फेला पारी पक्राउ गरेको हो ।
यसरी प्रयोग भयो एटीएमको प्रयोग
चिनियाँ नागरिकले प्रणाली ह्याक गरेर पैसा लुट्न ९ वटा बैंकलाई माध्यम बनाएको देखिएको छ। तीन वटा बैंकको एटीएम बुथ प्रयोग भएको छ भने बाँकी ६ बैंकको कार्ड प्रयोग भएको छ ।
प्रहरीका अनुसार, नेपालबाहेक भुटान र भारतबाट पनि कार्डको प्रयोग भएको आशंका छ। शुक्रबार नेपाल आएका चिनियाँहरुले शनिबार ११ बजेदेखि बैंकहरुको कार्ड प्रयोग गरेर पैसा झिकेका थिए । उनीहरुले चार बजेसम्म पैसा झिकेका थिए भने साढे चार बजे पक्राउ परेका थिए ।
नेपाल राष्ट्र बैंकले १ करोड ६८ लाख ५४ हजार रुपैयाँ झिकिएको जनाएको छ। प्रहरीले भने १ करोड २६ लाख रुपैयाँ बरामद गरेको छ। नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड ९नेप्स० ले भने साढे तीन करोड हाराहारी पैसा झिकिएको देखिएको जनाएको छ। लुटिएको रकमको पूर्ण विवरण भने आइसकेको छैन।
पैसा झिक्नका लागि नबिल, नेपाल एसबीआई र नेपाल इन्भेष्टमेन्ट बैंकको एटीएम बुथ प्रयोग भएको छ । कार्ड भने प्रभु, एनआईसी एसिया, जनता, ग्लोबल आइएमई, सनराइज बैंकलगायत अर्को एक बैंकको प्रयोग भएको छ।
चिनियाँहरुले पाँच घण्टामा १५ सय पटकसम्म कार्ड घोटेका छन् । प्रारम्भिक अनुसन्धानमा नबिल कार्ड प्रोसेस गर्ने नेप्सलाई पनि खबर गरिदिएको थियो । नबिलमा भिसाको प्रोसेसर चल्छ । चिनियाँहरुले घोटेको कार्ड भिसा प्रोसेसरमा जान्छ।
भिसाले नेप्सलाई सम्पर्क गर्छ । नेप्सले धमाधम भुक्तानीको स्वीकृति दिएको देखिन्छ । तर नेप्स आँफैलाई भने आफूले स्वीकृत गरेको थाहा हुँदैन। भिसा र नेप्सको बीचमा बसेर चिनियाँहरुले छेडखानी गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । अब बिस्तृत अनुसन्धान फरेन्सिक टोलीले गर्ने छ। यसका लागि नेप्सले फोरेन्सिक टोली झिकाइसकेको जनाएको छ।
उनीहरु भदौ १३ गते चीनबाट अन्तर्राष्ट्रिय विमानस्थल प्रवेश गरेको, भदौ १६ गते फर्कने योजनामा रहेको तथा विदेशमा योजना बनाई बिदाको दिन पारेर यस्ता काम गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको सो परिसरले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
र याे पनि .…..तपाई कुन बैंकको एटीएम बोक्नुहुन्छ ? खाता चेक गर्नुस है !
◊ नबिल बैंकबाट करोडौं लुटियो !
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
सत्ता गठबन्धनमा नेकपा एसको काउण्टर अट्याक, के होला उपनिर्वाचनपछि सरकारको अवस्था ?
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार