निर्यातमा जोड दिने प्रदेश सरकारको नीति
नेपालबहस संवाददाता
भदौ १७, २०७६ मंगलबार १४:३२:५३
शुरबहादुर सिंह/मानदत्त रावल
१७ भदौ, जुम्ला । कर्णाली प्रदेश सरकारका प्रवक्ता विमला केसीले प्रदेश सरकारले निर्यातमा जोड दिने नीति लिएको बताए ।
नेपाल पत्रकार महासङ्घ जुम्लाद्वारा आयोजित पत्रकार सम्मेलनमा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीसमेत रहेको केसीले उत्पादनको प्रचुर सम्भावित क्षेत्र कर्णाली प्रदेश र त्यसमा पनि जुम्ला भएकाले निर्यातमुखी उत्पादनमा प्रदेश सरकारले यो नीति लिएको बताए ।
कर्णालीलाई आत्मनिर्भर बनाउन सम्भाव्यता अध्ययन गरी मध्यकालीन र दीर्घकालीन योजना निर्माणतर्फ सरकार लागेको उनले बताए ।
मन्त्री केसीले भन्नुभयो, “कर्णाली प्रदेशको जुम्ला स्याउ, सिमी, ओखर कालीमार्सी धानलगायतका अर्गानिक खाद्य तथा फलफूल बालीको उर्बर भूमि हो । डोल्पा र मुगु जिल्ला जडिबुटीको भण्डार हो । यहाँ बिजुलीको ठूलो मेगा परियोजना सञ्चालन गर्न सकिने धेरै सम्भावना छ । अब लगानीको खाँचो छ ।”
उनले उद्योग कलकारखाना, बहुआयमिक कोल्डस्टोर सञ्चालनमा ल्याउनका लागि सबैभन्दा पहिला बिजुली उत्पादन र कर्णाली राजमार्गलाई सहज बनाउनका लागि कर्णाली प्रदेशले लगानी गर्ने र त्यसको निम्ति वातावरण सिर्जना गरिने प्रतिवद्धता व्यक्त गरे ।
‘एक घर, एक स्याउ बगैँचा’
कर्णाली प्रदेशका स्याउ उत्पादन हुने जुम्लालगायत अन्य जिल्लामा ‘एक घर, एक स्याउ बगैँचा’ निर्माण गर्ने अवधाराण बनाइएको बताए ।
मन्त्री केसीले भने, “यसका लागि प्रदेश सरकार लगानी गर्न तयार छ । विद्यालयदेखि सार्वजनिक जग्गामा सामूहिक स्याउ खेतीमा जोड दिन युवा प्रोत्साहन गर्ने योजना बनाइएको छ ।” स्याउका बिरुवा रोप्नेदेखि व्यवस्थापन र जैविक विषादीको प्रयोग वृद्धितर्फ पनि प्रदेश सरकारले योजना बनाएको उनले बताए ।
सिँचाइ विना उत्पादन असम्भव भएको बताउँदै उनले कृषि मन्त्रालयले सिँचाइकै लागि भनेर रु. ५० करोड वजेट विनियोजन गरिएको बताए । उनका अनुसार कर्णाली प्रदेशका हरेक गाउँपालिकामा चिस्यान घर र जैविक विषादी उत्पादन गर्ने उद्योग स्थापनाको योजना निर्माण गरिएको छ ।
व्यावसायिक किसानलाई व्याजमा अनुदान
मन्त्री केसीले कृषकलाई चालूआर्थिक वर्षदेखि अनुदान नभइ व्याजमा अनुदान दिने निर्णय गरिएको बताए । अनुदानको रकम दुरुपयोग हुनसक्ने भएकाले त्यसलाई रोक्न र किसानको जीवनस्तर परिवर्तन गर्न मन्त्रालयले यो नीति अख्तियार गरेको उनले बताए ।
मन्त्री केसीले प्रदेश सरकार प्रत्येक नागरिकको आर्थिक जीवनस्तर परिवर्तन गराउने योजनामा काम गर्दै आएको दावी गरे । उनले भने, “अहिले व्यवस्था परिवर्तन भएको छ, प्रणाली अझै परिर्वतन भएको छैन ।
यसले कामकाजमा समस्या देखिएको छ, डेढ वर्षको अवधिमा प्रणाली नफेरिएकै कारण निर्णय अनुसारको काम गर्न नसकिँदा हामी प्रणालीलाई परिवर्तन गर्दै कामगर्ने योजनामा छौं ।”
मन्त्री केसीले जिल्लामा हुने विकास निर्माणको कामलाई अनुगमन गर्नका लागि प्रदेश सरकारले जिल्ला समन्वय समितिलाई अधिकार दिने तयारीको पहल गरिरहेको बताए । समाजमा व्याप्त भ्रष्टाचार अन्त्य गर्ने अभियान प्रदेश सरकारले शुरुवात गरेको उल्लेख गर्दै उनले यसमा सबैलाई साथ दिन आग्रह गरे ।
“व्यवस्था त फेरियो, प्रणाली उही छ”, मन्त्री केसीले भने, प्रणालीकै कारण शून्य सहनशीलताको नीति कार्यान्वन हुन सकेको छैन ।” लक्षित कार्यक्रम लक्षित वर्गसम्म पुग्न नसकेको बताउँदै उनले चालू आवदेखि प्रदेश सरकारले कार्यविधिअनुसार कार्यक्रम कार्यान्वयन गर्ने र तिनलाई जतिसक्दो जनतामा पु¥याउने लक्ष्य राखिएको छ भने ।
रक्सी होइन, दूध खाऔँ
जुम्लामा उत्पादित दूधले बजार नपाएको सन्दर्भमा मन्त्री केसीले बिहान बेलुका रक्सी नभई दूध खाने संस्कारको विकास गर्न जुम्लीवासीलाई आग्रह गरे
जुम्ली नागरिक सबैले रक्सी खानु हुन्छ मैले भनेर हेप्न खोजेको होइन उनले भने, “यद्यपि रक्सी खानेले यसमा गम्भीर हुन जरुरी छ ।” उनले नेपालीको महान पर्व तीजका अवसरमा अर्गानिक वस्तु उत्पादन तथा उपभोगको संकल्प गर्न कर्णालीका हरेक नागरिकसँग अपिल गरे ।
किसान मात्र नभएर कर्मचारी, नेता, पत्रकार सबैले आ–आफ्नो आँगनमा तरकारी तथा अन्य फलफूल खेती गर्न पनि उनले सुझाए । मन्त्री केसीले आजै नवपरिभाषित कृषि विकास कार्यालय र भेटेनरी अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाकसमेतको उद्घाटन गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौँ महानगरमा निःशुल्क उपचार, कसरी लिने सेवा ?
बैशाख ७, २०८१ शुक्रबार
वन डढेलो नियन्त्रणका लागि सिसी क्यामरा जडान
बैशाख ७, २०८१ शुक्रबार
दाङमा आगलागीबाट एकको मृत्यु
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
काठमाडौँ महानगरमा निःशुल्क उपचार, कसरी लिने सेवा ?
बैशाख ७, २०८१ शुक्रबार
वीरगञ्जमा व्यापारी कुशवाह र गुप्ताको गोदामबाट सवा १ करोडका कपडा बरामद
बैशाख ७, २०८१ शुक्रबार
स्वास्थ्य मन्त्रालयको अनुरोध : स्वास्थ्य बीमाबारे भ्रामक सूचनाको भर नपर्नु
बैशाख ७, २०८१ शुक्रबार
राम्रो काम गरे प्रचण्ड सरकारलाई निरन्तरता दिन्छौं : महासचिव पोखरेल
बैशाख ७, २०८१ शुक्रबार
प्रतिपक्षी दल नआएपछि गण्डकीको विशेष अधिवेशन अर्को सूचना नभएसम्म स्थगित
बैशाख ७, २०८१ शुक्रबार
‘कलेजो स्वास्थ्य राख्न खानपिन र रहनसहनमा ध्यान दिन जरुरी’
बैशाख ७, २०८१ शुक्रबार