एक करोड कमका योजनामा डोजर प्रयोग बन्द
नेपालबहस संवाददाता
भदौ १७, २०७६ मंगलबार १५:१८:०
१७ भदौ, जाजरकोट । वातावरणमा नराम्रो प्रभाव परेको भन्दै कुशे गाँउपालिकाले रु एक करोडमुनिका आयोजनामा डोजर-स्काभेटर प्रयोग गर्न प्रतिबन्ध लगाएको छ ।
साना आयोजनामा पनि डोजर प्रयोग गर्दा स्थानीय युवा बेरोजगार भई विदेश पलायन हुन थालेपछि गाउँपालिकाले डोजर प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
रु एक करोडभन्दा कम बजेटका आयोजनामा यसै आर्थिक वर्षदेखि डोजर प्रयोग गर्न नपाइने गरी कार्यपालिकाले निर्णय गरेको गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए । तर प्राविधिकले डोजर प्रयोग नगर्दा आयोजना सम्पन्न गर्न नसकिने भन्दै सिफारिश गरेको खण्डमा भने प्रयोग गर्न सकिने जनाइएको छ ।
गाउँपालिकाले दुई वर्षको अवधिमा १२ सडक आयोजनाअन्तर्गत १४२ किलोमिटर सडकको ट्र्याक खोल्ने कार्य सम्पन्न गरेको छ । अब तीन वटा सडकको मात्र ट्र्याक खोल्न बाँकी छ ।
ट्र्याक खोल्न बाँकी र सडकको स्तरोन्नति पनि स्थानीय युवा परिचालन गरेर गरिने अध्यक्ष बस्नेतले बताए । उनले भने, “गाँउका सडक आयोजनामा डोजरबालाको एकाधिकार देखियो, युवाहरु काम नपाएर खाडी मुलुक र भारत जान थालेपछि युवा पलायन रोक्न पनि डोजर प्रतिबन्धको निर्णय गर्न बाध्य भएका हौँ ।”
अर्कोतर्फ वातावरणीय प्रभाव मूल्याङ्कनविनै जथाभावी डोजर प्रयोग गर्दा पहिराको जोखिम बढ्दै गएपछि पनि सचेतना अपनाइएको गाउँपालिकाले जनाएको छ । “डोजरले काम छिटो भए पनि भू–क्षयको जोखिम निकै बढाउँदोरहेछ, त्यही भएर पनि प्रतिबन्ध लगाउन बाध्य भएका हौँ”, उनले भने । डोजर प्रतिबन्धको निर्णय नगर्न डोजर मालिक रहेका केही जनप्रतिनिधिले कार्यपालिकाको बैठकमा विरोध गरेका थिए ।
विरोधका बाबजुद पनि निर्णय गरिएको छ । निर्णय कार्यान्वयन गरेर युवा परिचालनका माध्यमबाट गाउँमै रोजगारी सिर्जना गरी युवा पलायन रोक्ने उनले बताए ।
अध्यक्ष बस्नेतले भने, “कुशे गाउँपालिकाका नौ वटै वडामा सडकको ट्र्याक खुलिसकेको छ, अब स्तरोन्नति गर्न बाँकी छ, त्यो सबै काम स्थानीय नागरिकबाटै गराउँछाँै ।” कुशेका तीन वडाध्यक्ष डोजर मालिक छन् ।
वडा नं २ का वडाध्यक्ष जनकबहादुर शाही, वडा नं ३ का वडाध्यक्ष टेकबहादुर हमाल र वडा नं ६ का वडाध्यक्ष अमरबहादुर शाहीले चुनाव जितिसकेपछि डोजर किनेका बताइएको छ । गाउँपालिकाभित्र खनिएको अधिकांश सडकमा उहाँहरुकै डोजरको प्रयोग गरिएको थियो ।
सडक खन्न डोजर प्रतिबन्ध लगाउने गाउँपालिकाको निर्णयको स्थानीयवासीले स्वागत गरेका छन् । केही वर्षयता डोजर भित्रिएपछि गाउँलेले कामै पाउन छाडेका थिए । काम नपाउँदा उनीहरु कालीपार ‘भारत’ जान बाध्य रहेका थिए ।
स्थानीयवासी रामचन्द्र शर्माले भने, “यो एकदमै राम्रो र जनपक्षीय निर्णय छ ।” रु एक करोडमुनिका आयोजना स्थानीय उपभोक्तामार्फत हुने र डोजरवालाले मनोमानी काम गरेर सबैको रोजगारी खोसेकाले यस्तो निर्णय गरिएको वडा नं १ का वडाध्यक्ष गोपाल नेपालीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यवसायीलाई जरिवाना बढी भयोः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
माघ १५, २०८० सोमबार
तेस्रो मुलुकका लागि निर्यातको शुभारम्भ
माघ १२, २०८० शुक्रबार
महानगरविरूद्ध सडक व्यापारीले आन्दोलन गर्ने
माघ १२, २०८० शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार
मस्कको सुझाव - रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !
बैशाख ७, २०८१ शुक्रबार