Advertisement

१७ भदौ, एजेन्सी ।  फाइभ जी नेटवर्कमार्फत इन्टरनेट प्रविधिमा नयाँ फड्को मार्ने तयारीमा रहेको चीनमा इन्टरनेट प्रयोगकर्ताको संख्या ८५ करोड नाघेको छ ।

चिनियाँ सरकारी सञ्चार माध्यमका अनुसार पछिल्लो एक वर्षमा चिनियाँ इन्टरनेट प्रयोगकर्ताको संख्यामा २५.९८ प्रतिशतले वृद्धि भई ८५ करोड ४० लाख पुगेको हो । चाइना इन्टरनेट नेटवर्क इन्फर्मेसन सेन्टरका अनुसार चीनमा इन्टरनेट उपलब्धता दरमा १.६ प्रतिशतले वृद्धि भएको छ ।

तथ्यांक अनुसार ८४ करोड ७० लाख चिनियाँले इन्टरनेट चलाउनका लागि मोबाइल फोनको प्रयोग गर्ने गर्दछन् । जुन अघिल्लो वर्षभन्दा झण्डै ३० प्रतिशतले बढी हो । चीनमा इन्टरनेट प्रयोगकर्तामध्ये ९९.१ प्रतिशत सँग मोबाइल फोनको पहुँच रहेको छ ।

Advertisement

खासगरी न्यून मूल्यमा तिव्र गतिको इन्टनेटको उपलब्धतामा वृद्धि हुँदा इन्टरनेट प्रयोगकर्ताको संख्यामा भारी वृद्धि देखिएको बताइएको छ । तथ्यांक अनुसार चिनिया इन्टनेट प्रयोगकर्ताको औषत मासिक इन्टरनेट डाटा खपत ७ दशमबल २ गिगाबाइट रहेको छ । यो विश्वव्यापी औषत खपतभन्दा १.२ गुणाले बढि हो ।

पछिल्लो पाँच वर्षमा चीनमा मोबाइल् ब्रोडव्याण्ड इन्टरनेटको डाउनलोड स्पिडमा ६ गुणाले वृद्धि भएको छ भने मोबाइल इन्टरनेटको शुल्कमा ९० प्रतिशतले कमी आएको सिन्ह्वाले उल्लेख गरेको छ ।

स्मरण रहोस् चीन विश्वमा सबैभन्दा धेरै इन्टरनेट प्रयोगकर्ता रहेको देशमात्र होइन इन्टरनेटमा आधारित सेवाहरुमा सबैभन्दा धेरै बन्देज लगाइएको देश पनि हो । चीनमा विश्वका सर्वाधिक लोकप्रिय सोसल मिडिया फेसबुक तथा ट्वीटर मात्र होइन गुगल पनि प्रतिबन्धित रहेको छ ।

Advertisement
अघिल्लो लेखनोकिया ३३१० मोबाइल १९ वर्षमा !
अर्को लेखरवि नेपालीहरुकै दाई ! नेपाल प्रहरी मच्चियो मच्चियो थच्चियो !!
नेपालबहस संवाददाता

नेपालबहस डटकम सदावहार मिडिया हाउस प्रालिद्धरा सञ्चालित नेपाली भाषाको अनलाइन न्युजपोर्टल हो । यसको सहप्रकाशन अंग्रेजी अनलाइन संस्करण https://en.nepalbahas.com पनि संचालनमा रहेको छ । साथै हाम्रो अनलाइन युटुव टीभी च्यानल पनि सञ्चालनमा छ ।

नेपालबहसले अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन तथा प्रसारण गर्ने गर्दछ । आर्थिक एजेण्डाबिनाको राजनीति र राजनीतिक एजेण्डा बिनाको आर्थिक उद्देश्यले मात्र समाज रुपान्तरण हुन सक्दैन भन्ने मान्यता हाम्रो हो । राजनीति, बैंकिङ, बीमा, अर्थ, व्यापार, पर्यटन , भ्रष्ट्राचार, रोजगारी, सुरक्षा , अपराध, खेलकुद, कृषि, स्वास्थ्य, शिक्षा, मनोरञ्जन र विज्ञानप्रविधि लगायतका समाजिक–सांस्कृतिक मुद्दाका खोजमुलक समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन ।

देश संघीय संरचनामा गएपछिको पछिल्लो अवस्थामा स्थानीय सरकारका विकास निमार्ण एवं अन्य गतिविधि सम्बन्धि समाचार पनि हाम्रो प्राथमिकतामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्