सोमबार , असोज १२, २०७७

कांग्रेसले अझैं २० महिना आफू–आफूलाई बाहुबली बनाउन खर्चिने !

कांग्रेसले अझैं २० महिना आफू–आफूलाई बाहुबली बनाउन खर्चिने !

Arjun-Narsing-kc♦ अर्जुननरसिंह के.सी

मंसिर १० र २१ (२०७४) मा प्रतिनिधिसभा निर्वाचन भएको अहिले २२ महिना हुँदैछ । यस अवधिमा परिवर्तनको आधार मानिएका संविधान र लोकतन्त्रको के–कति सुदृढीकरण भयो, मूल्याङ्कन हामीले नै गर्नुपर्छ । स्थानीय तहको निर्वाचन बैशाख ३१, असार १४ र असोज २ (०७४) मा तीन चरणमा भएको २ वर्ष ४ महिना बितेको छ । यसमा २० महिना जोड्दा ४ वर्ष बितिसकेको हुन्छ ।

यस अवधिमा जनप्रतिनिधिमूलक संस्थाहरू कति जनउत्तरदायी र लोकतान्त्रिक विधिअनुरुप सञ्चालित भए, त्यस्तो मूल्याङ्कन गरेर अगाडिको यात्रा तय गर्नु हाम्रै जिम्मेवारी हो । तर विद्यमान परिस्थिति हेर्ने हो भने अझै आउँदो २० महिना आफू–आफूलाई बाहुबली बनाउन खर्चिने छौँ भन्न सकिन्छ । अनि त्यसपछि हामीसँग (मूल्याङ्न, सुधार वा पश्चाताप जे गर्न भएपनि) फेरि समय रहने छैन ।

गत निर्वाचनका १ करोड ५४ लाख मतदातामध्ये लगभग १८ देखि ४० वर्ष उमेर समुहका मतदाता करिब ५२ प्रतिशत अथवा ८० लाखको संख्यामा छन् । दोस्रो संविधानसभापछि ४ वर्षको अवधिमा नयाँ पुस्ताका ३२ लाख मतदाताहरू थपिए । यो ५ वर्षको अवधिमा ३० देखि ३५ लाख मतदाता थपिने प्रायःनिश्चित छ । यो समुह आधुनिक प्रविधिमा भिजेको रसामाजिक सञ्जाल तथा इन्टरनेटमा पहुँच भएको वर्ग हो । नयाँ मतदाता समुहलाई हामीले सम्वोधन गर्ने विषयवस्तु के हो ? उनीहरूलाई नेपाली कांग्रेसप्रति आकर्षण गराउने उपाय के हो ? त्यसका लागि पनि विद्यार्थी, महिला, तरुण जस्ता भातृसंस्थाहरू सशक्त र दुरुस्त राख्नुपर्नेमा हामी पछि पर्दैछौँ ।

मधेश र कांग्रेस

नेपाली कांग्रेसको गढ रहँदै आएको तराई मधेशमा कांग्रेसको गढ किन भत्कियो ? मधेशबिना कांग्रेस रहँदैन । मधेशमा धेरै छुटभैया साथीहरू कांग्रेसमा फर्किन चाहनुहुन्छ । त्यस्ता साथीहरूलाई घर फर्काउने हाम्रो स्पष्ट कार्यक्रम र नीति देखिनुपर्छ । मधेशलाई केवल भोट बैंकको रुपमा मात्र हेर्नु अन्याय हुन्छ । संविधान संशोधन हाम्रो प्रतिबद्धता हो ।

विकास र कांग्रेस

नेपाली कांग्रेसले राष्ट्रिय विकास र अर्थतन्त्रमा अत्यन्त ठूलो योगदान पु¥याएको छ । कतिपय विकासको जग र शुभारम्भ कांग्रेसबाटै भएको हो, तर हामीले यस उपलब्धीलाई पूँजीकृत गर्न सकेनौँ । साथै सामाजिक न्याय, सामाजिक सुरक्षा, समावेशी आर्थिक विकासको हाम्रो यात्रा के हो ? संवैधानिक परिषदमा हाम्रो भूमिका प्रभावकारी हुनसकेन । हामीले जितेका स्थानीय तहलाई पनि निर्देशित, प्रशिक्षित र अनुशासित बनाउन सकेका छैनौँ । जागरण अभियान र हाम्रा विरोध कार्यक्रमबाट सर्वसाधारण जनताको मन छुन सकेको छैन । केवल कार्यकर्ता परिचालन भएका छन् ।

कम्युनिस्ट सरकार

लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित भएको वर्तमान सरकार कम्युनिस्ट सरकार बन्ने बाटोमा गएको छ । जोसँग मिलेर भएपनि (घोर दक्षिणपन्थी वा बामपन्थीदेखि सीके राउतसम्म) लोकतन्त्रको आवरणमा सम्पूर्ण सत्ता कब्जा गर्ने कम्बोडियाको हुन सेङ्ग मोडेल स्थापनाको प्रयास भइरहेको छ । यो शासन सत्ताप्रति जनतामा चरम असन्तुष्टी छ । यो असन्तुष्टीलाई हामी प्रमुख प्रतिपक्षले आफ्नो पक्षमा पटक्कै ल्याउन सकेनौँ । तदनुरुप हाम्रो भूमिका किन हुन सकेन ?

बरू रवि लामिछानेहरूले पूँजीकृत गरेका छन् । यस्तो किन भयो ? चरम भ्रष्टाचार, महँगी, बेरोजगारी, तस्करी, कालोबजारी, सरकारी जग्गा हडप्ने, असुरक्षा, हिंसा, हत्या, बलात्कारजस्ता कुशासनका विरूद्ध जनताको एकीकृत आक्रोश हो । सत्तापक्षबाट यतिका खराबीहरू गरिसक्दा पनि हामीले त्यसलाई आफ्नो जिम्मेवारीअनुरुपको भूमिकामा लिन सकेका छैनौँ ।

संवैधानिक संस्थाहरूलाई प्रधानमन्त्रीको निगरानीमा राख्ने खालका नियम लाद्ने काम भइरहेको छ । संसदमा प्रस्तुत विधेयकहरू– मिडिया काउन्सिल, आमसञ्चार, राष्ट्रिय सुरक्षा परिषद, मानवअधिकार, गुठी सम्बन्धी विधेयक नियन्त्रणमुखी छन् । राज्यका सम्पूर्ण अंगहरूलाई नियन्त्रित गरिँदैछ । न्यायपालिका, निर्वाचन आयोग, संवैधानिक अंगहरू, प्रशासनिक संयन्त्रलाई संविधानका मातहतमा रहन नदिएर नियन्त्रण गरिँदैछ ।

देशमा जातीय सद्भाव, धार्मिक सहिष्णुताबिरुद्ध गम्भीर षड्यन्त्र भइरहेको छ । बुद्ध मूर्ती तोड्ने, गौहत्या गर्ने जस्ता गतिविधि यसका प्रारम्भ हुन् । यसको सृष्टिकर्ता होली वाईनको प्रवर्तक सरकार नै हो । कम्युनिस्टहरूबाट शासन सत्ता फिर्ता लिनु त्यति सजिलो छैन । धेरै टाढा नजाऔँ, बंगलादेशको स्वतन्त्रताको संघर्ष (War of Independence) पछि रणचण्डी कहलिएकी इन्दिरा गान्धीले सारा भारतलाई आफनो पक्षमा लिँदा पश्चिम बंगाललाई सकिनन् । यसलाई हामीले भुल्नु हुँदैन ।

काठमाडौँ उपत्यकामा मात्र कुल खपत हुने खानेपानी ३० प्रतिशत सरकारले आपूर्ति गरेको छ भने ७० प्रतिशत ट्याङ्करको भर पर्नु परिरहेको छ । यस्ता अनेकौँ मुद्दा छन् ।

पार्टी एकता

सबै साथीहरूले एकताको कुरा उठाउनु भएको छ । आजको परिस्थितिको सामना गर्न हामीसँग सम्पूर्ण एकताको विकल्प छैन । एक्लाएक्लै कुनै गुट वा समुहले आजको चुनौती पार गर्न सक्दैन । यसको निम्ति हामीमा स्वार्थविहिन संकल्पको अनिवार्यता छ । जनाधारतिर पार्टीलाई हेर्दा म सँधै उत्साहित हुन्छु, आफैँतिर हेर्दा असन्तुष्ट हुन्छु । आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर विधि, प्रक्रिया र पारदर्शी कार्यशैलीे जरुरी छ । पहिला–पहिला मिटिङ् कम हुने तर निर्णय हुने गथ्र्यो । आजकाल मिटिङ धेरै हुने तर निर्णय नहुने गर्छ । यसबारे गम्भीर हुनु जरुरी छ ।

भातृ संगठन÷जनसम्पर्क समितिहरू– डडेलधुरा र रुपन्देहीका महिला संघ, ने.वि. संघ, नियमावली, क्रियाशील सदस्य, सफ्ट् कपी र हार्ड कपी, महासमितिको निर्णय सच्याउने, इत्यादि हाम्रा अगाडि चुनौतीका रुपमा ज्युँकात्युँ रहेका छन् । उपरोक्त समस्याहरूलाई तेह्रौँ महाधिवेशनका संरचनाहरू वर्तमान विधानअनुसार रुपान्तरण गर्ने निर्देशिका जस्तै वर्तमानमा देखिएका सबै विषय वा मामिलाहरूमा सहमति खोजौँ, सहमति बनाउन सकिन्छ ।

नेपाली कांग्रेसका लोकप्रिय नेता अर्जुननरसिंह के.सी.ले पार्टीको केन्द्रीय कार्यसमिति बैठक, मंगलबार (१७ भदौ) मा जोडदार रुपमा आफ्ना भनाई राखे । उल्लेखित विचार बैठकमा उनले प्रस्तुत गरेका आधारमा तयार गरिएको हो –सं.।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

जसले १२ वर्षीया सम्झनालाई बलात्कार गरेपछि ढुंगाले मुखमा हानेर हत्या गरे ! जसले १२ वर्षीया सम्झनालाई बलात्कार गरेपछि ढुंगाले मुखमा हानेर हत्या गरे ! २१ घण्टा पहिले
बजार प्रतिरोध क्षेत्रमा कायमै, प्राविधिक बिश्लेषणले के देखायो ? बजार प्रतिरोध क्षेत्रमा कायमै, प्राविधिक बिश्लेषणले के देखायो ? १९ घण्टा पहिले
भत्केको सिंचाई नहर पुर्ननिर्माणमा जुटे चापाकोट नगरका प्रमुख गिरि भत्केको सिंचाई नहर पुर्ननिर्माणमा जुटे चापाकोट नगरका प्रमुख गिरि १६ घण्टा पहिले
आईपीएल २०२० मा सर्वाधिक छक्का हान्ने १० व्याट्सम्यान, धोनी र कोहली आउट ! आईपीएल २०२० मा सर्वाधिक छक्का हान्ने १० व्याट्सम्यान, धोनी र कोहली आउट ! १६ घण्टा पहिले
विश्व पर्यटन दिवसका अवसरमा डुङ्गामा सरर … विश्व पर्यटन दिवसका अवसरमा डुङ्गामा सरर … १६ घण्टा पहिले
सनराइज बैंकमा क्युआर कोड स्क्यान गरि १० लाखसम्म झिक्न मिल्ने सनराइज बैंकमा क्युआर कोड स्क्यान गरि १० लाखसम्म झिक्न मिल्ने १५ घण्टा पहिले
बसको ठक्करबाट स्कुटरमा चढेका श्रीमान, श्रीमति र छोराको मृत्यु बसको ठक्करबाट स्कुटरमा चढेका श्रीमान, श्रीमति र छोराको मृत्यु १७ घण्टा पहिले
टस हारेर व्याटिङ थालेको पञ्जाबको शानदार शुरुवात टस हारेर व्याटिङ थालेको पञ्जाबको शानदार शुरुवात १६ घण्टा पहिले
नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी ४ हप्ता पहिले
स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? २ हप्ता पहिले
आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय २ हप्ता पहिले
पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! ३ हप्ता पहिले
सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल ३ दिन पहिले
बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? २ हप्ता पहिले
के बजार प्रतिरोध क्षेत्रमा छ ? के बजार प्रतिरोध क्षेत्रमा छ ? २ हप्ता पहिले
वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै २ हप्ता पहिले