कांग्रेसमा धार्मिक स्वतन्त्रताको बहस
नेपालबहस संवाददाता
भदौ १८, २०७६ बुधबार १४:२४:४५
१८ भदौ, काठमाडौं । कांग्रेसमा धार्मिक स्वतन्त्रताका पक्षमा बहस भएको छ। केन्द्रीय कार्यसमिति बैठकमा नेताहरूले धर्मनिरपेक्षताको विरोध गर्दै धार्मिक स्वतन्त्रता वा हिन्दु राष्ट्रका पक्षमा आवाज उठाएका हुन्। बैठकमा शीर्ष नेताहरूले भने यस विषयमा जबाफ दिएका छैनन्।
सहमहामन्त्री प्रकाशशरण महत तथा नेताहरू बालकृष्ण खाण, एनपी साउद, शेखर कोइराला, शंकरभण्डारीलगायतले धर्मका बारेमा पार्टीले स्पष्ट धारणा बनाउनुपर्ने माग गरेका थिए। सहमहामन्त्री डा. प्रकाशशरण महतले धर्मनिरपेक्षता नभई धार्मिक स्वतन्त्रता हुुनुपर्नेमा जोड दिएका थिए। उनले सनातन धर्मको रक्षा र अन्य धर्मको सम्मान गर्नुपर्ने बताएका थिए।
पार्टी सभापति शेरबहादुर देउवाले धर्मका विषयमा केन्द्रीय सदस्यले उठाएका विषयमा कुनै जबाफ दिएनन्। वरिष्ठ नेता रामचन्द्र पौडेलले हिन्दु राष्ट्रको मुद्दामा असहमति जनाएको एक केन्द्रीय सदस्यले बताए। पार्टीको महासमिति बैठकमा आठ सयभन्दा बढी सदस्यले हिन्दु राष्ट्रका पक्षमा हस्ताक्षर गरेका थिए।
दुई महिनादेखि जारी कांग्रेस केन्द्रीय कार्यसमिति बैठक मंगलबार सकिएको छ। बैठकले नेपालगन्जबाट दैलेख लैजाने क्रममा भीरबाट दर्जनौं गाईको सामूहिक हत्या भएको घटनाको विरोधमा प्रस्ताव पारित गरेको छ। असार २२ गतेदेखि सुरु बैठक पटक पटक गरी १६ दिन बसेको थियो। महामन्त्री पूर्णबहादुर खड्काले पेस गरेका १४ वटा एजेन्डामा सर्वसम्मतिले निर्णय गर्दै केन्द्रीय समिति बैठक सकिएको हो।
पार्टीको नियमावली संशोधन, अन्तरिम संरचना गठनसम्बन्धी निर्देशिका, अनुशासनसमितिको प्रतिवेदन, समसामयिक राजनीतिक प्रस्ताव, भातृसंस्थालगायत सबै एजेन्डा सर्वसम्मत पारित भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। उनले भदौ २४ गतेदेखि सुरु हुने राष्ट्रिय जागरण अभियानमा लाग्ने निर्णय पनि भएको बताए।
‘महामन्त्रीज्यूले केन्द्रीय समितिको बैठकमा पेस गर्नुभएको सबै एजेन्डा सर्वसम्मत पारित भएका छन्’, प्रवक्ता शर्माले भने, ‘दोस्रो चरणको राष्ट्रिय जागरण अभियानमा उत्साह र एकतासाथ सामेल हुने निर्णय पनि भएको छ।’ अन्नपूर्णपोष्टबाट
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारको बेइमानी : १३ लाख बालबालिकाको भविष्य जोखिममा
कात्तिक ८, २०८० बुधबार
राजधानीको हल्चोक स्थित रातामाटामा चङ्गा उडाउँदै [ फोटोफिचर ]
असोज २३, २०८० मंगलबार
अनधिकृत अनुवाद र पाइरेसीको विकृत धन्दा, एउटाको दुःख, अर्कोलाई मोज
असोज ८, २०८० सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
बारामा करेन्ट लागेर २५ वर्षीय यादवको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै
बैशाख १३, २०८१ बिहिबार
८० वर्षको उमेरमा नागरिकता
बैशाख १३, २०८१ बिहिबार
डेम्बेले र एम्बाप्पेको गोलमा पिएसजी विजयी
बैशाख १३, २०८१ बिहिबार
राहतको प्रतीक्षामा महोत्तरीका अग्निपीडित
बैशाख १३, २०८१ बिहिबार
चित्रकलामा भविष्य खोजिरहेकी निर्मला
बैशाख १३, २०८१ बिहिबार