तरकारी खेतीबाट आत्मनिर्भर बन्दै कृषक
नेपालबहस संवाददाता
भदौ १८, २०७६ बुधबार १५:१२:५५
अजितकुमार झा / रासस
१८ भदौ, इनरुवा । इनरुवा नगरपालिका–९ बबियाका सत्यनारायण यादवले पहिले निर्वाहमुखी तरकारी खेती गर्दै आएका थिए । आफूसँग भएको सात कठ्ठा जग्गामा उनले तरकारी खेती गरेका छन् ।
व्यावसायिक तरकारी खेती कसरी गर्ने भने ज्ञानको अभावका कारण आफूसँग भएको सात कठ्ठा जग्गामा उनले मौसम अनुसारको निर्वाहमुखी तरकारी खेतीजस्तै काउली, करेला, भण्टा, मुला, ओललगायतको खेती गर्दै आएको उनको भनाइ छ ।
तत्कालीन जिल्ला कृषि विकास कार्यालयमा बागवानी विकास अधिकृतको रुपमा तृपितनारायण मिश्र आएपछि तरकारी खेतीका विषयमा व्यावसायिक ज्ञान र प्राविधिक सहयोग गरेपछि अहिले आफूले चार बिघामा तरकारी खेती गर्दै आएको यादवको भनाइ छ ।
विसं २०६३ मा अधिकृत मिश्रले आफूलाई कृषक समूह खोल्नका लागि आग्रह गरे । उनको आग्रहलाई स्वीकार गर्दै गोपीकृष्ण फलफूल कृषक समूह गठन गरेर आफूले कृषिमा अब व्यावसायिक बन्नुपर्छ भने हिसाबले लागेको उनले स्मरण गरे ।
कृषक समूहको गठन गरेसँगै तत्कालीन जिल्ला कृषि विकास कार्यालयले अनुदानको कार्यक्रम दिन थालेपछि आफूहरुलाई झन् कृषि पेशामा लाग्न पे्ररित ग¥यो र अहिले आएर त्यसैको फलस्वरुप झुपडी तथा सात कठ्ठबाट शुरु गरेको तकारी खेतीले चार बिघा जग्गा लिएर तरकारी खेती गर्दै आएको उनको भनाइ छ । तरकारी खेतीबाट वार्षिकरूपमा रु १० देखि १२ लाख आम्दानी गर्दै आएको यादवले बताए ।
उनी जस्तै सुनसरीको देवानगञ्ज गाउँपालिका–१ का रामवृक्ष मेहताले दुईदेखि पाँच कठ्ठामा तरकारी खेती गर्दै आएका छन्। तर, अहिले उनले १० बिघामा तरकारी खेती गर्दै आएका छन् । जग्गा अभाव, आर्थिक अवस्था कमजोर र ज्ञानका अभावका कारण दुईदेखि पाँच कठ्ठामा निर्वाहमुखी तरकारी खेती गर्दै आएको उनले सम्झिए । उनलाई पनि विसं २०६० मा कार्यालयका बागवानी विकास अधिकृतले आफूलाई कृषक समूह खोल्नका लागि आग्रह गरेको स्मरण गरे ।
उनको आग्रहलाई स्वीकार गर्दै अनुपम तरकारी तथा फलफूल कृषक समूह गठन गरेको मेहताले बताए । कृषक समूह गठन गरेपछि कार्यालयबाट विभिन्न किसिमको अनुदान आउन थालेपछि व्यावसायिक तरकारी खेती गर्न शुरु गरेको उनले जानकारी दिए । अहिले तरकारी खेतीबाटै १० बिघा जग्गा किनेर त्यसमा व्यावसायिक तरकारी खेती गर्दै आएको मेहताको भनाइ छ ।
आफूले अहिले चार बिघामा ओलखेती, १० कठ्ठामा परवल, १० कठ्ठामा पिँडालु, १० कठ्ठामा बैगुनलगायत गरेर १० बिघामा तरकारी खेती गर्दै आएको मेहताले बताए । तरकारी खेतीबाट सबै खर्च कटाएर वार्षिक रु १२ देखि १५ लाखसम्म आम्दानी गर्दै आएको उनको भनाइ छ ।
शुरुमा खानलागाउनका लागि समस्या हुँदै आएकामा तरकारी खेतीले नै अँध्यारोमा रहेको जिवनलाई उज्यालोतर्फ ल्याएकामा उनले हर्ष व्यक्त गगरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यवसायीलाई जरिवाना बढी भयोः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
माघ १५, २०८० सोमबार
तेस्रो मुलुकका लागि निर्यातको शुभारम्भ
माघ १२, २०८० शुक्रबार
महानगरविरूद्ध सडक व्यापारीले आन्दोलन गर्ने
माघ १२, २०८० शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
लोकरिझ्याईं राजनीतिको ‘महाजात्रा’मा हरिवंश आचार्य
कुसुम भट्टराई
बैशाख ५, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
बैशाख ७, २०८१ शुक्रबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
अब हामी देशमा अर्को उथलपुथल ल्याउँछौँः माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
गोदावरीमा एमाले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक, ओलीले पेश गरे राजनीतिक प्रतिवेदन
बैशाख ८, २०८१ शनिबार
दामदार र आर्थिक चलखेल हुने विभागमा एमाले र माओवादीको तानातान, समय नपुग्दै सरुवा
बैशाख ८, २०८१ शनिबार