बाह्र सय कर तिर्न हजारौँ खर्च
नेपालबहस संवाददाता
भदौ १८, २०७६ बुधबार १६:३५:११
१८ भदौ, जाजरकोट । खुद्रा पसल दर्ता गरेर रु पाँच लाख पूँजीबाट व्यवसाय शुरु गरेकी भेरी नगरपालिका–४ की पशुपति शाहीको कमाइ ठिकै छ ।
पसलबाट घरव्यवहार चल्छ । उनले भने, “व्यवसायमा सन्तुष्ट नै छु, तर कर तिर्न प्रदेश राजधानी सुर्खेत जानुपर्दा भने कष्ट नै छ, जिल्लामै कर तिर्ने व्यवस्था नहुँदा रु एक हजार २०० कर तिर्न रु १० हजार खर्च गर्नुपर्छ ।” स्थायी लेखा नम्बर ‘पान’ लिन र कर तिर्न सुर्खेत जानुपर्ने भएपछि उनीजस्ता सानो व्यवसाय गरी गुजरा चलाउनेका लागि निकै सास्ती भएको छ ।
यो क्षेत्रको आन्तरिक राजश्व कार्यालय सुर्खेत र जुम्लामा मात्र भएकाले जिल्लाका व्यवसायीलाई कर तिर्न सुर्खेत र जुम्ला जानुपर्छ । रु २० लाखसम्मको पूँजी राखेर व्यवसाय गर्ने व्यापारीले नगर क्षेत्रभित्र भए रु दुई हजार ५०० र गाउँपालिकाभित्र भए रु एक हजार २५० वार्षिक कर बुझाउनु पर्छ ।
बारेकोट गाउँपालिका–५ का प्रकाश गिरीले खुद्रा पसल सञ्चालन गर्नुभएको छ । उहाँले रु एक हजार २५० कर बुझाउन सुर्खेत जाँदा रु १० हजारभन्दा बढी खर्च भएको बताए ।
बैंकबाट वा जिल्ला सदरमुकाममा शाखा कार्यालय राखेर त्यहीँबाट राजश्व बुझाउने व्यवस्था मिलाउन सबैको आग्रह छ । उद्योग वाणिज्य सङ्घका अध्यक्ष कर्णबहादुर खत्रीले जिल्लामै कर बुझाउने व्यवस्था मिलाउन आग्रह गर्दा पनि सुनुवाइ नभएको गुनासो गरे। जिल्लाका तीन हजार व्यवसायी पानमा दर्ता भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलगानीको वातावरण बनाउन सरकारी नीतिले निरन्तरता पाउँछ : अर्थमन्त्री पुन
बैशाख १०, २०८१ सोमबार
अमेरिका नेपालसँग थप नजिक रहेर काम गर्न इच्छुक देखियो: अर्थमन्त्री पुन
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
बैशाख १०, २०८१ सोमबार
रुद्रकली : कतारी अमिरलाई उपहार दिइने हात्ती
बैशाख १०, २०८१ सोमबार
राज्य कोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
सुगरको तह २१७ पुगेपछि केजरीवाललाई जेलमा इन्सुलिन दिइयो
बैशाख ११, २०८१ मंगलबार
सात महिनामा तयार गरियो हिरामाण्डीको विशाल सेट
बैशाख ११, २०८१ मंगलबार
स्वास्थ्यमन्त्री यादव अमेरिका जाँदै
बैशाख ११, २०८१ मंगलबार
प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्सका प्रतिनिधिमण्डलको भेट
बैशाख ११, २०८१ मंगलबार
आइपिएलमा आधा खेल सकिए, कस्तो भयो अंकतालिका ?
बैशाख ११, २०८१ मंगलबार
फिल्म ‘एक्टर’को शुभ मुहूर्त
बैशाख ११, २०८१ मंगलबार