प्रहरीसँगको सहकार्यमा टोल सुरक्षामा गाउँलेको गस्ती
नेपालबहस संवाददाता
भदौ २४, २०७६ मंगलबार १५:४:५८
२४ भदौ, दमक । चाडपर्व नजिकिँदै गर्दा चोरीको बिगबिगी बढेको भन्दै झापाको दमक नगरपालिका–८ विकास मार्गका स्थानीयले टोल सुरक्षाका लागि रात्रि गस्ती शुरु गरेका छन् । विकास मार्ग टोल आसपासमा दैनिक जस्तो चोरीका घटना हुन थालेपछि प्रहरीको सहकार्यमा स्थानीय बासिन्दाको सक्रियतामा गाउँलेले महीनादिन यता दिनहुँ रात्रि गस्ती गर्न थालेका हुन् ।
चाडपर्व भित्रन लागेपछि टोलमा चोरको बिगबिगी बढेकाले त्यसलाई नियन्त्रण गर्न गाउँलेकै सक्रियतामा रातभरि गस्ती थालिएको स्थानीय खगेन्द्र बजगाईंले बताए । उनका अनुसार गस्ती शुरु गरिएपछि चोरीका घटनामा समेत नियन्त्रण आएको छ । गस्ती शुरु गरिएपछि सिङ्गो टोलवासीले राहत पाएको उनले बताए । गस्ती प्रभावकारी बनाउन स्थानीयले प्रहरी र वडा कार्यालयको समन्वयमा काम अगाडि बढाएको बजगाईंले बताए ।
गस्तीलाई निरन्तरता दिने सोच बनाइएको बताउँदै उनले बस्तीको सुरक्षा आफैँ गर्न यस्तो अभियान शुरु गरिएको जानकारी दिए । गस्तीका क्रममा हुन सक्ने आपराधिक कार्य नियन्त्रण गर्न आवश्यकताअनुसार प्रहरीसँग समन्वय गरिएको उनले बताए । टोलका युवासँग समन्वय गरस् राति दैनिक १० बजेदेखि बिहानसम्म समूह बनाएर गाउँको गस्ती कार्य शुरु गर्ने गरिआएका छन् ।
गस्तीमा क्रममा टोलमा रातिपख हिँडडुल गर्ने शङ्कास्पद लागेकालाई नियन्त्रणमा लिई सोधपुछ गर्नुका साथै मदिरा सेवन गरी टोलमा होहल्ला गर्नेलाई पनि सम्झाइबुझाइ त्यस्तो नगर्न परामर्शसमेत दिँदै आएको जवेगुले बताए। विकास मार्ग टोलमा करीब १०० घर रहेका छन् । गस्ती गर्न अघि त्यस टोलमा दिनहुँजसो घरायसी समान चोरी हुँदै आएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
फरार रहेका जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गर्न प्रहरीले गर्यो पत्राचार
बैशाख ६, २०८१ बिहिबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
कतारका अमिरको नेपाल भ्रमणः सार्वजनिक विदामै अलमलियो मन्त्रिपरिषद
बैशाख १०, २०८१ सोमबार
कर्णालीका मुख्यमन्त्री कँडेलले वैशाख १३ गते विश्वासको मत लिने
बैशाख ११, २०८१ मंगलबार
दैलेखमा एउटै बँदेलको टोकाइबाट सात जना घाइते
बैशाख ११, २०८१ मंगलबार
गाजाको अस्पताल परिसरमा दुईसय भन्दा बढीको शव भेटियो
बैशाख ११, २०८१ मंगलबार
नेपालले रुससँगको द्विपक्षीय सम्बन्धलाई सदुपयोग गर्न जरुरी छ : ढकाल
बैशाख ११, २०८१ मंगलबार
विपिन जोशीको रिहाईको पहल गरिदिन कतारी अमिरलाई राष्ट्रपति पौडेलको आग्रह
बैशाख ११, २०८१ मंगलबार