चाडवाड नजिकिएसँगै भन्सार छलि बढ्यो
नेपालबहस संवाददाता
भदौ २६, २०७६ बिहिबार १९:५१:२५
मिना कंडेल
२६ भाद्र, नवलपुर । दशैं र तिहार जस्ता नेपालीहरुका ठूला चाडहरु नजिकीएसँगै अबैध रुपमा तस्करी पनि बढ्न थालेको छ । पूर्वी नवलपरासी सिमाना हुँदै सामान ल्याउने क्रम तीब्र बने पछि सशस्त्र प्रहरीले चेक जाँचमा कडाई गर्न थालेको छ भने सामान पक्राउ पर्ने क्रम बढेको छ ।
तस्करीका सामान ओसारपसार बढे पछि सशस्त्रको ३१ नं गुल्मले पूर्र्वी नवलपरासीका राजमार्गमा कडाई गर्न थालेको प्रहरी नायब उपरीक्षक तथा गुल्मका गुल्मपति भानुभक्त लम्सालले बताए । चेकजाँचका क्रममा तस्करीका सामानसहित सशस्त्र प्रहरी बल‚ नेपाल नं.३१ गुल्म पुर्वी नवलपरासीले गए राती अबैध रुपमा भन्सार छलेर ल्याउँदै गरेको लत्ता कपडा बरामद गरेको छ ।
पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका वडा नं. १० पितौजीमा नियमित चेकजाँच गर्ने क्रममा बुटवलबाट काठमान्डौ तर्फ जाँदै गरेको बसमा भारतबाट अवैध रुपमा भन्सार छलि ल्याउदै गरेको रु दुई लाख ४६ हजार मुल्य बराबरको विभिन्न किसिमका लत्ता कपडाहरु बरामद गरी महेश्पुर भन्सार कार्यालय पठाईएको गुल्मका गुल्मपति भानुभक्त लम्सालले बताए ।
यस्तै पूर्वी नवलपरासीको कावासोती ३ मा बीस लिटर अबैध नक्कली मह बरामद गरिएको छ । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, कावासोती नगरपालिका, उद्योग बाणिज्य संघको निरिक्षण टोलिले सुराकीको आधारमा प्लास्टिकको थैलीमा बाधेर राखिएको नक्कली मह बरामद गरेको हो । कावासोती ३ को रामनगर चोकमा रहेको क्याकुलबहादुर गुरुङको पुरानो घरमा भाडामा बस्दै आएका मधेसी मुलका व्यक्तीहरुले नक्कली मह बनाएर विक्रीवितरण गर्दै आइरहेका थिए । महमा मैनबत्ती बनाउदा प्रयोग गरिने केमिकल र चिनी प्रयोग गर्ने गरिएको निरिक्षण टोलिले बताएका छन।उक्त घरमा आफुहरु नबस्ने हुनाले भाडामा दिएको र उनिहरुले के कस्ता गतिविधि गरिरहेका छन भन्ने बिषयमा आफुलाई थाहा नभएको तर अहिले यस्तो खबर थाहा पाउदा आफू निकै दुःखी भएको क्या गुरुङले बताए ।
कावासोती नगरपालिकाका अन्य क्षेत्रहरूमा पनि यस्ता अबैध क्रियाकलापहरु भैरहेको जानकारी प्राप्त भएको र निरिक्षण कार्य जारी रहेको उद्योग बाणिज्य संघका अध्यक्ष डासुराज पोख्रेलले जानकारी गराए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहाजिरी जमानतमा रिहा भए कृष्णबहादुर महरा
चैत ९, २०८० शुक्रबार
नन्दकिशोरका दुई पुत्रको सुन र सहकारीमा कसुर नै कसुर
चैत ९, २०८० शुक्रबार
सीआईबीले लिएको दुइदिने बयानमा महराद्वारा आरोप अस्वीकार
चैत ८, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार