हिन्दूत्व कांग्रेसको अवसर
नेपालबहस संवाददाता
भदौ २६, २०७६ बिहिबार २०:१०:३६
२६ भदाै, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भित्र धर्म निरपेक्षता विरोधी स्वर चर्केसँगै सत्तारुढ दलका नेताहरुलाई ज्वरो आउन थालेको छ । कांग्रेसको आसन्न १४ औं महाधिवेशनको मुखमा हिन्दू धर्मको पक्षमा कार्यकर्ता खुलेर मैदानमा आउन थालेपछि सत्ता पक्षको छटपटी बढेको हो ।
करिब ९० प्रतिशत नेपालीको आस्था र धरोहरको केन्द्रका रुपमा रहेको हिन्दूत्वमाथि राज्य पक्षबाटै सौताको व्यावहार भएको गुनासो जनमानसमा व्याप्त छ । यति धेरै मानिसको आस्था र धरोहरसँग सोझै गाँस्सिएको मुद्धामा ठूला राजनीतिक दलको मौनता ग्राह्य हुने कुरै भएन । त्यसैले जनताको भावनाको प्रतिनिधित्व गर्न नेपाली कांग्रेसले अग्रसरता देखाउनु नितान्त स्वभाविक र जायज छ । कांग्रेसले हिन्दूत्वको मुद्धा उठाउँदा आफ्नो उठिवास पो हुने हो की भन्ने पिरलो दुई तिहाई समर्थन प्राप्त सरकारलाई छ ।
जनभावना विपरित हिंड्ने कुनै पनि राजनीतिक शक्तिको पतन अवश्यम्भावी छ । त्यो यात्रामा हिजो कांग्रेसले गल्ती ग¥यो । चर्काे राष्ट्रवादी नारा दिएर जनतालाई भ्रम छर्न सफल तत्कालिन एमाले नेता खड्गप्रसाद ओली आज सत्तामा बिराजमान छन् । जन भावनाको संवोधन गर्न सक्ने नै राजनीतिमा टिक्ने हो, सफल हुने हो । यद्यपि ओलीको राष्ट्रवादी नारा फगत् भ्रम र नाटक मात्र भएको पुष्टी भइसकेको छ । त्यसैले अहिले ओली सरकार जनतामा सबैभन्दा अलोकप्रिय र जनविरोधी छविका साथ उपस्थित छ । यो अवस्थामा आम जनताको भावनाको कदर गर्ने मुद्धा बनेको हिन्दू धर्म सबैको चासोको विषय बनेको छ । कांग्रेसले यो मुद्धा उठाउने वित्तिकै ओलीको शासन कमजोर हुने उनलाई राम्रो ज्ञात छ । त्यसैले कांग्रेस हिन्दूत्वको मुद्धामा नजाओस् भन्ने ओलीको चाहना हो ।
कांग्रेसका लागि भने यो अवसर नै हो । गएको पुस महिनामा सम्पन्न महासमिति वैठकमा वहुमत प्रतिनिधिले धर्म निरपेक्षताको विषयमा पार्टीले पुनर्विचार गर्नै पर्ने भन्दै हस्ताक्षर गरे । त्यसपछि धर्म निरपेक्षताको विषयले कांग्रेसमा अनौपचारिक प्रवेश पाएको छ । कतिपय नेता भने यो कांग्रेसको पूर्व प्रतिवद्धता विपरित भन्दै औपचारिक छलफल गर्न नहुने बताउँछन् । तर आम कार्यकर्ताको मनोभाव भने त्यस्तो देखिंदैन । त्यसैले कार्यकर्ताको भावना विपरित बोल्ने नेताहरु कार्यकर्ताको झम्टाईमा पर्न थालेका छन् । गत साता प्रदेश नं ३ का कार्यकर्ताका लागि भक्तपुरमा आयोजित प्रशिक्षण कार्यक्रममा कांग्रेस उपसभापति बिमलेन्द्र निधिले त्यही नियति भोग्नु प¥यो । संविधान कांग्रेसकै नेतृत्वमा बनेकाले धर्म निरपेक्षताविरुद्ध जान नमिल्ने आसयको कुरा गर्ने वित्तिकै उनी कार्यकर्ताको निशाना हुनु प¥यो ।
त्यसैले अब कांग्रेसका कोही नेताले चाहेकै भरमा हिन्दूत्वको मुद्धा त्यसै सेलाउने वा बिलाउने अवस्था पक्कै छैन । त्यस्तो कुचेष्टा गर्नेले ठूलै मूल्य चुकाउनु पर्ने अवस्था छ । साँच्चै भन्ने हो भने अब हुने पार्टीको १४ औं महाधिवेशनमा यो मुद्धा नै मूल एजेण्डा बन्ने छ । त्यति मात्र होइन, आगामी आम निर्वाचनमा समेत धर्म निरपेक्षताको विषयले राम्रो माइलेज पाउने छ । कांग्रेस नेताहरुले आफूलाई बेलैमा सच्याएर अघि बढे मात्र व्यक्तिगत र समग्र पार्टीको भविष्य सुन्दर देखिन्छ ।
ओली सरकारले सत्ता सम्हालेपछि जनतामा चरम निराशा र आक्रोश छाएको छ । दुई तिहाई समर्थन दिंदा समेत केही नगर्ने ओली सरकार जनताको निशानामा परेको छ । सरकारविरुद्ध भयङ्कर जनआक्रोश छ । त्यो लहरलाई आफूतिर आकर्षित गर्न कांग्रेसले अहिले हिन्दूत्वको मुद्धामा स्वामित्व ग्रहण गर्दा मात्रै पनि ठूलै लहर आउने अवस्था छ । त्यसका लागि अहिल्यैदेखि तयारी थाल्नु आवश्यक छ । कांग्रेसको जारी जागरण अभियानमा यो मुद्धालाई कुनै न कुनै रुपमा संवोधन गर्न सक्नु पर्छ । जनतालाई गोलवद्ध गर्न यो उपयुक्त बेला पनि हो ।
विगतमा संविाधान जारी गर्दा नेपाली कांग्रेस लगायत ठूला दलले यो मुद्धामा सहमति जनाए । धर्म निरपेक्षताको नाममा इशाइकरणको बातावरण तयार गरियो । कांग्रेसले धर्म निरपेक्षतालाई धार्मिक स्वतन्त्रताका रुपमा व्याख्या गर्न सक्ने अवस्था रहेन । किनभने प्रधानमन्त्री ओली लगायत सत्तारुढ दलका शीर्ष नेताहरु खुलेरै इशाइकरणको अघोषित अभियन्ता बनेका छन् । त्यसबाट हिन्दू धर्मप्रति आस्थावान नेपाली जनताको मन रोएको छ । त्यसैले देशमा हिन्दूत्वको रक्षा गर्दै नेपाल र नेपालीको मौलिक पहिचान जोगाउने अभियानको नेतृत्व कांग्रेसले लिनै पर्छ । जनभावनाको कदर भएन भने कांग्रेसको हविगत अहिले भारतमा कांग्रेस आईकै हुनेमा शंका छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता समीकरणः एमालेको साथ माओवादीलाई गलपासो, समाजवादी मोर्चाप्रति ओली संकिर्ण
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
मुख्यमन्त्री कार्कीसँग बहुमत नरहेको पत्र प्रदेश प्रमुखलाई पठाइयो
बैशाख १३, २०८१ बिहिबार
जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक
बैशाख १३, २०८१ बिहिबार
कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत
बैशाख १३, २०८१ बिहिबार
भीम रावलको घुम्तीः न घर फर्किन मिल्ने, न घाट जान
बैशाख १३, २०८१ बिहिबार
मन्त्रिपरिषदमा छिर्यो सहकारी ठगीको विषय, फाष्ट ट्रयाकबाट कानुन बनाउने
बैशाख १३, २०८१ बिहिबार
डढेलोले पाइप जल्यो, खानेपानीको समस्या
बैशाख १३, २०८१ बिहिबार