मिना कंडेल
२७ भदौ, नवलपुर । पूर्वी नवलपरासी स्थित रहेको नेपाल विद्युत प्राधिकरण कावासोती वितरण केन्द्रले दुई वर्षमा ७ प्रतिशत विधुत चुहावट नियन्त्रण गरेको छ । दुई वर्ष अघि १९.३ प्रतिशत रहेकोमा अहिले ७ प्रतिशत चुहावट रोक्न सफल भएको विधुत कार्यलय नवलपुरका प्रमुख राजिव कुमार शर्माले बताएका छन । विधुत कार्यलय कावासोतीबाट सरुवा हुन लागेका शर्माले आफ्नो कार्यकालमा गरेका प्रगति विवरण समेत सार्वजनिक गरेका थिए ।
उनका अनुसार आफ्नो कार्यकालमा पहिले विधुत चुहावटलाई विशेष ध्यान दिएको बताए । उनका अनुसार आफु आए पश्चात २ वर्षमा त्यस्तै आफ्नो कार्यकाल भित्र नवलपुरका क्षेत्रका विकट तिन वटा क्षेत्रमा विधुत पुर्याएको बताए ।
केहि दिन अघि मात्र गैडाकोट ३ स्थित भोक्रोफाँट र त्यो भन्दा अघि गैडाकोट कै हर्दिमा विधुत पुर्याएको बताए । उनले अरु स्थानमा विधुत पोल पुर्याएको र छिट्ै्र विधुत पुग्ने समेत बताए । केहि महिना अघि मात्र प्रगतिनगर सवस्टेसनमा आएको ट्रान्सफर्मर समस्या पनि छिटो भन्दा छिटो हल गर्न सफल भएको बताए ।
दुई वर्षसम्म कावासोती वितरण केन्द्रमा प्रमुख रहेका शर्मा कावासोतीबाट सरुवा भई काठमाडौं जान लागेका हुन । उनले आफुलाई सहयोग गर्ने ग्राहक, राजनैतीक दल, जनप्रतिनिधि लगायतलाई धन्यवाद समेत दिएका थिए । नेपाल विधुत प्राथिकरण वितरण केन्द्र कावासोतीमा मधुसुधन यादव प्रमुखका रुपमा आएका छन । विधुत चुहावटमा विधुत प्राधिकरणले उल्लेखनिय भुमिका खेलेको विधुत प्राधिकरण कावासोती वितरण केन्द्रले जनाएको छ ।