बागलुङमा मुद्दा फछ्र्योटमा प्रगति
नेपालबहस संवाददाता
भदौ २८, २०७६ शनिबार १४:२२:४४
२८ भदौ, बागलुङ । जिल्ला अदालत बागलुङले गत आर्थिक वर्षमा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट गरेको छ । कूल ६२४ मुद्दामध्ये ४२८ फछ्र्योट गर्ने लक्ष्य लिइएकामा ४५३ मुद्दा फछ्र्योट भएको अदालतले जनाएको छ ।
फछ्र्योट भएकोमा व्यक्तिवादी देवानी २९७, व्यक्तिवादी फौजदारी ६५, सरकारवादी फौजदारी ८६, पुनरावेदन देवानी एक र पुनरावेदन फौजदारी मुद्दा एक रहेको छ । “कूल मुद्दामा ७२ दशमलव ५९ प्रतिशत फछ्र्योट भए, बाँकी १७१ मुद्दाको चालू आवमा जिम्मेवारी सरेको छ”, अदालतका श्रेष्तेदार भेषराज पौडेलले भने । सबैभन्दा बढी असारमा ७१ मुद्दा फछ्र्योट भए ।
वार्षिक कार्ययोजनाले तोकेभन्दा बढी मुद्दा फछ्र्योट भएको जिल्ला न्यायाधीश वासुदेव न्यौपानेले बताए । अधिकांश मुद्दाको किनारा वर्ष दिनमै लाग्ने गरेको छ । अदालतले न्याय सम्पादन कार्यलाई छिटो, छरितो बनाएपछि अपेक्षितभन्दा बढी प्रगति देखिएको हो ।
चालू आवमा ६८६ मुद्दा पर्न सक्ने र ४२९ मुद्दा फछ्र्योट हुने अदालतको अनुमान छ । गत साउनयता हालसम्म २१ मुद्दा फछ्र्योट भइसकेको छ ।
अदालतमा बढीजसो सम्बन्धविच्छेद, जबर्जस्ती करणी, अंश, लेनदेन र ज्यानसम्बन्धी मुद्दा पर्ने गरेको न्यायाधीश न्यौपानेको भनाइ छ । “सम्बन्धविच्छेद र जबर्जस्ती करणीका मुद्दा वर्षेनी बढिरहेका छन्”, उनले भने
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्नेस्टी इन्टरनेसनलले भन्यो, सन्तोषजनक छैन विश्वमा मानव अधिकारको अवस्था
बैशाख १२, २०८१ बुधबार
उपचारका लागि आएका पुरुषको मलद्वारमा बोतल अड्किएको देखिएपछि...
बैशाख १०, २०८१ सोमबार
आगलागीमा घर जलेपछि दुई परिवारको बिचल्ली, लाखौँको क्षति
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
बैशाख १३, २०८१ बिहिबार
आजको मौसम : यी ठाउँमा हुरीबताससहित वर्षाको सम्भावना
बैशाख १३, २०८१ बिहिबार
दिल्लीले चार रनले हरायो गुजरातलाई
बैशाख १३, २०८१ बिहिबार
यस्तो छ तपाइको आजको राशिफल
बैशाख १३, २०८१ बिहिबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार