१३ माघ २०७९, शुक्रबार
समाचार

पेशागत काम गर्दा चार अधिवक्तालाई आरोपीत गरिएको भन्दै डिएलएको आपत्ति

प्रकाशित मिति :  २८ भाद्र २०७६, शनिबार ११:०१


पेशागत काम गर्दा चार अधिवक्तालाई आरोपीत गरिएको भन्दै डिएलएको आपत्ति

२८ भदौ, काठमाडौं ।  सरकारले चार जना कानुन व्यवसायीलाई मुद्धावालाको पक्ष कायम गराएको भन्दै नेपाल डेमोक्रयाटिक लयर्स एशोसिएशन ‘डिएलए’ले आपत्ति जनाएको छ ।

अत्यन्त क्रुर अपराधीको पक्षमा वकालत गर्ने कानून ब्यवसायीलाई पनि अभियोजन नगरिने विश्वव्यापी मान्यता र अभ्यास विपरित नेपाल सरकारले चार अधिवक्तालाई अभियोजन गरेकोप्रति डिएलएले आपत्ति जनाएको हो ।

डिएलएकी महासचिव लक्ष्मी दाहाल रावलले आज प्रेस वक्तव्य जारी गर्दै सर्बब्यापी मान्यतालाई कुल्चेर कानून ब्यवसायीलाई नै मुद्दा चलाउने सरकारको काम कुनै पनि अर्थमा उचित मान्न नसकिने उल्लेख गरेका छन् ।

नियोजित रुपमा कानून ब्यवसायीका बिरुद्वमा दर्ता गरिएको अभियोजन फिर्ता गरी लोकतान्त्रीक चरित्र प्रस्तुत गर्न उनले सरकारसंग माग गरेका छन् । आफ्नो पेशा ब्यवसायको क्रममा फिराद तथा प्रतिउत्तर प्रमाणित गर्दा पक्ष तथा कम्पनीले गरेको काम कार्वाहीमा दोषी देखाएर अधिवक्ताद्धय योगेन्द्र पोखरेल र बाबुराम रेग्मीलाई मुद्धा लगाइएको छ ।

त्यसैगरी कम्पनीको प्रवन्धपत्र तथा नियमावली प्रमाणित गरेको आधारमा अधिवक्ता रामबहादुर शाह र लिखत प्रमाणित नक्कल लिन निवेदन दिएको आधारमा अधिवक्ता चन्द्रप्रकाश खनाललाई पनि सरकारी पक्षले दोषी दावी गरी मुद्धा चलाइएकोमा डिएलएले विरोध जनाएको हो ।

कानून ब्यवसायीले आचार संहिता बिपरित कार्य गरेमा नेपाल कानून ब्यवसायी परिषद् ऐन, २०५० अनुरुप कानूनको दायरामा ल्याउन पाईने व्यवस्था हुदा हुदैपनि सरकारी पक्षले जवरजस्ती गरेको डिएलएको आरोप छ ।


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा


बजारमा मैदा-आँटाको चरम अभाव
नेपालबहस संवाददाता