पत्रकार उपचार कोषमा उपमहानगरपालिकाको चार लाख
नेपालबहस संवाददाता
भदौ २८, २०७६ शनिबार २१:७:५७
२८ भदौ, काठमाडौं । नेपाल पत्रकार महासङ्घ मकवानपुर शाखाले सञ्चालन गरेको पत्रकार उपचार कोषमा हेटौँडा उपमहानगरपालिकाले आज सहयोग रकम हस्तान्तरण गरेको छ । उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले उपचार कोषमा रु. चार लाख हस्तान्तरण गरेका हुन् । उनले पत्रकार महासङ्घ मकवानपुरका अध्यक्ष हरि हुमागाईं, पत्रकार उपचार कोषका संयोजक तथा महासङ्घका उपाध्यक्ष सरिता दाहाल र उपाध्यक्ष कुमार अधिकारीलाई संयुक्तरुपमा रु चार लाखको चेक हस्तान्तरण गरे ।
रकम हस्तान्तरण गर्दै प्रमुख महतले आगामी दिनमा पनि महासङ्घलाई सहयोग गर्ने बताए । आफ्नो कार्यकालभरिमा उपचार कोषमा अरु रकम पनि सहयोग गर्ने प्रमुख महतले बताए । महासङ्घको आग्रहअनुसार उपचार कोषमा रकम सहयोग गरिएको उनको भनाइ छ । व्यक्तिगत सहयोगभन्दा पनि संस्थागतरुपमा आफू सहयोग गर्न तयार रहेको बताए । पत्रकारले दुःख पाएका बेलामा उपमहानगरपालिका सधैँ साथमा रहेको उनले जानकारी दिए ।
नगरवासीलाई सुख पाएका बेलामा होइन दुःख पाएको समयमा सहयोग गर्दै आएको बताउँदै प्रमुख महतले भने, “हेटौंडा पदमपोखरीमा मसानघाटमा बस्दै आएको परिवारलाई पनि उद्धार गरेर छुट्टै घर निर्माण गर्दैछौं । अरु पत्रकार बिरामी परेको समयमा सहयोग पुग्ने उदेश्यले यो रकम हस्तान्तरण गरिएको हो ।”
सहयोग रकम बुझ्दै नेपाल पत्रकार महासङ्घ मकवानपुरका अध्यक्ष हुमागाईंले उपचार कोषमा हालसम्म रु नौ लाख सङ्कलन गरिएको बताए । यसअघि उद्योग सङ्घ मकवानपुरका अध्यक्ष नवराज अर्यालबाट रु दुई लाख र शिवम सिमेन्ट उद्योगबाट रु तीन लाख सहयोग प्राप्त भएको थियो । मकवानपुरका पत्रकार गम्भीररुपमा बिरामी परेमा उपचार कोषको ब्याज रकमबाट सहयोग गर्ने गरी कोषको स्थापना गरिएको अध्यक्ष हुमागाईंले बताए । कोषको रकमले दुःखमा अस्पतालमा परेको समयमा सहयोग गर्नेगरी कोषको स्थापना गरिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसी सेनामा २ सयभन्दा बढी नेपाली भर्ती
मंसिर २५, २०८० सोमबार
कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीले दिए बधाई
जेठ ९, २०८० मंगलबार
सिर्सिया नदीको दुषित पानी बोकेर काठमाडौं आउँदै पीडित
जेठ ८, २०८० सोमबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार