शान्ति सुरक्षा, विकास निर्माण र डेंगु रोग नियन्त्रण सम्बन्धि जनचेतना !
नेपालबहस संवाददाता
भदौ २८, २०७६ आइतबार ३:३९:५८
२८ भाद्र, काठमाडौं । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत शान्ति सुरक्षा,विकास निर्माण र डेंगुरोग नियन्त्रण सम्बन्धि जनचेतनामूलक कार्यक्रम माननीय सासंद तथा पूर्व मन्त्री महेश बस्नेतको प्रमुख आतिथ्यमा आज एक कार्यक्रम बिच मध्यपुरथिमि नगरपालिका वडा नं. १ लोकन्थली मनोरम पार्क भक्तपुरमा सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी माननीय सांसद तथा पूर्व मन्त्री महेश बस्नेतले सुरक्षित समाज निर्माणको लागि समुदाय-प्रहरी साझेदारी आवश्यक रहेको र अहिले समुदाय-प्रहरी साझेदारी कार्यक्रमले प्रहरी र जनता बीचको दुरी हटाएको बताए ।
प्रदेश ३ का माननीय सांसद डा.राजेन्द्रमान श्रेष्ठले समुदाय-प्रहरी साझेदारीको माध्यमबाट जाँदा अपराध नियन्त्रण गर्न बढी सहज हुने बताए।
सो कार्यक्रममा महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव माहानिरीक्षक शैलेश थापा क्षेत्रीले अपराध हुनको लागि चाहिने तीन तत्वहरु अपराधिक मनसाय, तयारी र अवसरलाई ब्रेक गर्न प्रहरीले विभिन्न कारवाहीहरू गर्ने गरेको र समुदाय-प्रहरी साझेदारीको प्रभावकारीताले गर्दा प्रहरीलाई प्राप्त हुने सुचनाहरूमा बृद्धि भएको र अपराधीलाई घटना घटाउनु अगाडी नै पक्राउ गर्न मद्दत मिलेको बताए ।
साथै स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले डेंगु रोगको बारेमा सचेतना प्रदान गरे । कार्यक्रममा उच्च अदालत जनकपुरका माननीय न्यायधिस बाबुराम रेग्मी,सोही वडाका वडा सदस्य रत्न प्रजापति, उपत्यका सामुदायिक सेवा केन्द्र, गठ्ठाघरका अध्यक्ष सुरेन्द्र बोगटीले आ-आफ्ना धारणा राख्नु भएको थियो ।
जन-प्रतिनिधि, विभिन्न संघरसंस्था, समिति, समाज, समूह र स्थानिय व्यक्तिहरू, प्रहरी अधिकृतहरु तथा जवानहरु लगायतको उपस्थिति रहेको कार्यक्रममा महानगरीय प्रहरी वृत्त ठिमी र मनोरमनगर समाज लोकन्थलीको आयोजना, मध्यपुर थिमि नगरपालिका १ नं. वडा कार्यालय, समुदाय-प्रहरी मनोरम टोल समिति र स्वास्थ्य कार्यालय भक्तपुरको सह-आयोजनामा भएको शान्ति सुरक्षा,विकास निर्माण र डेंगुरोग नियन्त्रण सम्बन्धि जनचेतनामूलक कार्यक्रमको मनोरमनगर समाज लोकन्थली कार्यवाहक अध्यक्ष महेश्वर मानसिंह अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
डढेलोले खोटाङमा तेह्र घर खरानी
बैशाख १३, २०८१ बिहिबार
८० वर्षको उमेरमा नागरिकता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
खोला किनारमा निर्माणाधीन बसपार्क
बैशाख १३, २०८१ बिहिबार
सुर्खेतमा राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन हुने
बैशाख १३, २०८१ बिहिबार
राष्ट्रिय चलचित्र पुरस्कारका लागि बोर्डले माग्यो आवेदन
बैशाख १३, २०८१ बिहिबार
यस वर्ष लुबाट थाइल्यान्डमा ३० जनाको मृत्यु, तातो मौसमको चेतावनी जारी
बैशाख १३, २०८१ बिहिबार
भलिबल प्रतियोगितामा सहभागी हुन खेलाडी तथा प्रशिक्षक बङ्गलादेश प्रस्थान
बैशाख १३, २०८१ बिहिबार
त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिममा २० जना सहभागी
बैशाख १३, २०८१ बिहिबार