बालबालिका निर्णायक शक्ति : राष्ट्रपति भण्डारी
नेपालबहस संवाददाता
भदौ २९, २०७६ आइतबार १३:२१:४८
२९ भदौ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सम्पूर्ण बालबालिकालाई असल नागरिक बनेर देशको गौरव बढाउन आग्रह गरेकी छिन् ।
राष्ट्रिय बालदिवसको अवसरमा शनिबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपतिले सम्पूर्ण बालबालिकाको स्वस्थ जीवन र उज्ज्वल भविष्यको शुभकामना पनि दिइन ।
‘सुनिश्चित बालअधिकार स् समृद्ध नेपालको आधार’ भन्ने मूल नाराका साथ आइतबार राष्ट्रिय बालदिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
यसै अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आयोजना गरेको सो कार्यक्रममा सात प्रदेशबाट सहभागी हुन आएका बालबालिकाले राष्ट्रपति भण्डारीको बाल्यकालसँग केन्द्रित रहेर साक्षात्कार गरेका थिए । राष्ट्रपति भण्डारीले बालबालिकाका जिज्ञासा र बालदिवसका बारेमा आफ्नो बाल्यकालको अनुभव सुनाइन।
बालबालिकाको चौतर्फी विकासका लागि सरकारको ध्यान जानुपर्ने बताउँदै राष्ट्रपतिलेभने– “राष्ट्रको उज्यालो भविष्यका केन्द्रविन्दु बालबालिकाप्रति राज्यको विशेष ध्यान हुनुपर्छ, बालबालिका भोलिका निर्णायक जनशक्ति हुन्, भोलि मेरो ठाउँमा बस्ने तपार्इंहरू बीचबाटै हो ।”
बालबालिकालाई असल नागरिक बनाउन राज्यको भन्दा अभिभावकको बढी दायित्व रहेको चर्चा गर्नुहुँदै राष्ट्रपतिले राज्यको जत्तिकै जिम्मेवारी गैरसरकारी, निजी क्षेत्र र अभिभावकको पनि रहेको बताइन ।बालबालिकाको क्षेत्रमा केही सुधार भएको सङ्केत गर्दै उहाँले अहिलेको पुस्ता धेरै कुरामा जानकार रहेकामा खुसी व्यक्त गरिन ।
प्रत्येक परिवारले असल नागरिक दिन सकेमा मात्र सुशासन र समृद्धि सँगसँगै आउने उल्लेख गर्दै उनले भनिन– “असल नागरिक उत्पादन गर्ने प्रत्येक घरपरिवारको दायित्व हुन्छ ।” सरकारी विद्यालयमा छोराछोरी पढाउने अभिभावकहरूले बालबालिकालाई उचित समय दिने नगरेको प्रसङ्ग जोड्दै राष्ट्रपतिले भनिन, “निजी विद्यालयमा पढाउने अभिभावकले जति सरकारी क्षेत्रमा पढाउने बाबुआमाले समय दिँदैनन् ।”
बालबालिकालाई असल नागरिक बनाउन बाबुआमाले पर्याप्त समय दिनुपर्ने धारणा व्यक्त गर्दै उनले यसतर्फ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र शिक्षा मन्त्रालयको पनि पहल हुनुपर्ने सुझावसमेत दिइन ।
कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले तीन तहका सरकारबीच समन्वय गरेर बालअधिकारसँग सम्बन्धित कानुनको कार्यान्वयन हुनुपर्ने धारणा व्यक्त गरिन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप८० वर्षको उमेरमा नागरिकता
बैशाख १३, २०८१ बिहिबार
राहतको प्रतीक्षामा महोत्तरीका अग्निपीडित
बैशाख १३, २०८१ बिहिबार
किन बढ्दैछ विश्वभर प्रोस्टेट क्यान्सर ?
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधारः विष्णु पौडेल
बैशाख १३, २०८१ बिहिबार
रौतहटमा सवारी दुर्घटनाबाट एक वर्षमा ४१ जनाको मृत्यु, १७ हजार सवारी कारवाहीमा
बैशाख १३, २०८१ बिहिबार
बारामा करेन्ट लागेर २५ वर्षीय यादवको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै
बैशाख १३, २०८१ बिहिबार
८० वर्षको उमेरमा नागरिकता
बैशाख १३, २०८१ बिहिबार
डेम्बेले र एम्बाप्पेको गोलमा पिएसजी विजयी
बैशाख १३, २०८१ बिहिबार