२९ भदौ, काठमाडौं । बंगालको खाडीबाट आएको जलवाष्प युत्तः हावाको प्रभावले देशभर मौसमी गतिविधि सक्रिय भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यहि कारण हाल देशभरि आंशिकदेखि सामान्य बदली भएको छ भने मध्य क्षेत्रका पहाडी भेग र पूर्व तथा पश्चिमका भूभागका थोरै स्थानमा हल्का वर्षा भएको छ । काठमाडौँ उपत्यकामा पनि बिहानैदेखि हल्का वर्षा भएको छ ।
यस्ताे छ, मौसम विश्लेषण
हाल मनसुनी न्यून चापीय रेखा (Axis of the Monsoon Trough) को पश्चिमी भाग औसत स्थानको आसपासमा रहेको छ र पुर्वी भाग औसत स्थान भन्दा थोरै उत्तर तर्फ रहेको छ। साथै, भारतको मध्य प्रदेशको उत्तर पश्चिमी भागमा एउटा निम्न चापीय प्रणाली अवस्थित छ | बंगालको खाडिबाट अएको जलवाष्प युक्त हावाको प्रभावका कारण देशभर मौसमी गतिबिधि बढिरहेको छ | तलको नक्शामा मनसुनी न्यून चापीय रेखा (Axis of the Monsoon Trough) को औसत स्थान देखाइएको छ।
देशभर समग्र मौसमको अवस्था (Present Weather Status):
हाल देशभरी आंसिक देकी सामान्य बदली भई मध्यको पहाडी भेग लगायत पुर्वी तथा पश्चिमी भुभागका थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान (Three Days Weather Forecast):
भाद्र २९ गते (आइतवार)
दिउँसो: देशभरी आंसिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।
राती: देशभरी सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशको पुर्वी तथा मध्य भु-भागका एक वा दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।
भाद्र ३० गते (सोमबार)
दिउँसो: देशभरी आंसिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको हुनेछ। देशका पहाडि भेगका एक वा दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।
राती: देशभरी सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशको थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।
भाद्र ३१ गते (मंगलबार)
दिउँसो: देशभरी सामान्य बदली रही मध्य भुभागका धेरै स्थानमा साथै पूर्ब तथा पश्चिमका केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको हुनेछ। देशका मध्य तथा पश्चिमी भेगका एक वा दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।
राती: देशभरी सामान्य देखि पुर्ण बदली रही मध्य तथा पुर्वका धेरै स्थानहरुमा साथै पश्चिमका केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशको थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):
देशका केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहितको वर्षा हुने साथै मध्य तथा पुर्वी भु-भागका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना भएकोले पहिरो जान सक्ने तथा सडक र हवाई यातायातमा सामान्य अवरोध आउन सक्ने हुनाले सतर्कता अपनाउनु हुन अनुरोध छ|