२६ माघ २०७९, बिहीबार
समाचार

ट्रम्पद्वारा अल-कायदा संस्थापक ओसामा बिन लादेनका छोराको मृत्यु भएको पुष्‍टि

प्रकाशित मिति :  २९ भाद्र २०७६, आईतवार ०९:४४


ट्रम्पद्वारा अल-कायदा संस्थापक ओसामा बिन लादेनका छोराको मृत्यु भएको पुष्‍टि

२९ भदौ, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पद्वारा अल-कायदा संस्थापक ओसामा बिन लादेनका छोराको मृत्यु भएको पुष्‍टि भएको छ ।

हम्जा बिन लादेन आफ्ना बुवाको स्थान लिनेगरी अल कायदाको नेताका रूपमा उदाइरहेको बेला वासिङ्टनको कारबाहीमा मारिएको पुष्‍टि राष्ट्रपति ट्रम्प गरेका हुन् ।

गत महिना गुप्तचर स्रोतहरूलाई उद्धत गर्दै अमेरिकी सञ्चारमाध्यमहरूले उनी हवाई हमलामा मारिएको जनाएका थिए।अमेरिकाले उनलाई दुई वर्षअघि औपचारिक रूपमा विश्वका लागि खतरनाक आतङ्कवादीको सूचीमा राखेको थियो।

हम्जा बिन लादेन आफ्ना बुवाको स्थान लिनेगरी अल कायदाको नेताका रूपमा उदाइरहेको बताइएको थियो।३० वर्षका बताइएका उनले पछिल्लो समय श्रव्यदृश्य सामग्रीमार्फत् अमेरिका र उसका पश्चिमा साझेदारसँग सन् २०११ मा मारिएका आफ्ना बुवाको हत्याको बदला लिनुपर्ने बताउँदै आएका थिए।

‘अल-कायदाका बरिष्ठ सदस्य एवं ओसामा बिन लादेनका छोरा हम्जा बिन लादेन अमेरिकाले अफ्गानिस्तानरपाकिस्तान क्षेत्रमा गरेको प्रतिआतङ्कवाद कारबाहीमा मारिएका छन्,’ ह्वाइटहाउसद्वारा जारी गरिएको संक्षिप्त विज्ञप्तिमा ट्रम्पले भनेका छन्। तर उक्त विज्ञप्तिमा कारबाही गरिएको समय भने खुलाइएको छैन।

गत फेब्रुअरीमा हम्जा बिन लादेनबारे सूचना दिनेलाई १० लाख अमेरिकी डलरसम्म पुरस्कार दिने वासिङ्टनले बताएको थियो। हम्जाले अबर प्रायस्द्वीपका जनतालाई विद्रोह गर्न आह्वान गरेका थिए। साउदी अरेबियाले भने गत मार्च महिनामा उनको नागरिकता खोसेको थियो।

त्यसअघि उनी इरानमा घरभित्रै नजरबन्दमा राखिएको ठानिएको थियो। तर अन्य समाचारहरूमा उनी अफगानिस्तान, पाकिस्तान र सिरियामा पनि बसेको हुन सक्ने समेत जनाइएको थियो।

कसैले उनी आफ्नी आमासँग थुप्रै वर्ष इरानमा बसे र त्यहीँ नै उनको विवाह समेत भयो भन्ठान्छन्। अर्काथरीको अनुमान भने उनी पाकिस्तान, अफगानिस्तान वा सिरियामा कतै लुकेर बसेका थिए भन्ने थियो।

सन् २०११ मा पाकिस्तानस्थित ओसामा बिन लादनेको निवासमा छापा मार्दा बरामद गरिएका दस्ताबेजहरूले हम्जालाई अल-कायदाको नेतृत्व सम्हाल्नेगरी उनलाई तयार पार्दै गरेको देखाएको अमेरिकी विदेश मन्त्रालयको भनाइ छ।

उनको विवाह अमेरिकाको ट्विन टावरमा ठोक्याइएका विमानमध्ये एउटाको अपहरण गर्ने मोहम्मद आटाकी छोरीसँग भएको बताइएको थियो। अल-कायदा सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकामा भएको भीषण आक्रमण हमलामा जिम्मेदार समूह हो।

तर पछिल्लो दशकमा इस्लामिक स्टेटको बढ्दो प्रभावसँगै अल-कायदाको उपस्थिति कमजोर बनेको आकलन गर्ने गरिन्छ।हम्जा बिन लादेनस् ट्रम्पद्वारा अल-कायदा संस्थापक ओसामा बिन लादेनका छोराको मृत्यु भएको पुष्‍टि


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा