१३ माघ २०७९, शुक्रबार

लामखुट्टेको बासस्थान खोज र नष्ट गर अभियानलाई तीव्रता

प्रकाशित मिति :  २९ भाद्र २०७६, आईतवार १८:०५


हिमाली जिल्लामा भेटिए कालाजारका बिरामी

मिना कंडेल

२९ भदौ, काठमाडौं । पछिल्लो समयमा पूर्वी नवलपुरमा डेङ्गुका बिरामी दिनप्रतिदिन बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पूर्वका प्रमुख ख्याम केसीले जानकारी दिए । प्रमुख केसीका अनुसार सबैभन्दा धेरै डेङ्गुको सङ्क्रमण गैँडाकोट नगरपालिकामा देखिएको छ । गैँडाकोट नगरपालिकामा मात्र ५२ भन्दा धेरैमा डेङ्गुको सङ्क्रमण देखिएको छ । गैँडाकोट नगरपालिकासँगै देवचुली, कावासोती, मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकामा डेङ्गुको प्रभाव धेरै देखिएको प्रमुख केसीले बताए । जिल्लाको पहाडी क्षेत्रका स्थानीय तहमा भने अझैसम्म कसैमा डेङ्गु भएको भन्ने जानकारी प्राप्त नभएको प्रमुख केसीले जानकारी दिए ।

भदौ २९ गतेसम्मको प्राप्त तथ्याङ्कअनुसार गैंडाकोटमा ५२ जना, देवचुली नगरपालिकामा १० जना, कावासोती नगरपालिकामा ८ जना र मध्यबिन्दु नगरपालिकामा एक जनामा डेंगीको संक्रमण देखिएको छ । राजमार्गसँग जोडिएका बजार क्षेत्रका ७१ जनामा डेंगीको संक्रमण देखिएको स्वास्थ्य कार्यालय नवलपरासी पूर्वका प्रमुख ख्याम केसीले जानकारी दिए ।

नवलपरासी पूर्वका डेंगी संक्रमितहरुको मध्यबिन्दु जिल्ला अस्पतालसहित स्थानीय अस्पताल र चितवनमा उपचार भैरहेको प्रमुख केसीले बताउनुभयो । डेंगीको संक्रमण बढेपछि यहाँका पालिकाहरुले लामखुट्टेको बास स्थान खोज र नष्ट गर अभियानलाई तीव्रता दिएका छन् । गैंडाकोट नगरपालिका, देवचुली नगरपालिका, कावासोती नगरपालिका, मध्यबिन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाले बजार क्षेत्र लक्षित गरी विभिन्न सामुदायिक संघसंस्थाको सहकार्यमा अभियान सञ्चालन गरिरहेका छन् ।

यसैविच मध्यविन्दु जिल्ला अस्पताललाई डेङ्गु परीक्षण किट प्रदान गरिएको छ । डेङ्गु परीक्षणका लागि किट अभाव भएपछि कावासोती नगरपालिकाले अस्पताललाई किट उपलब्ध गराएको हो । नगरपालिकाले अस्पतालमा आउने बिरामीलाई सहजरूपमा परीक्षण गर्न सकियोस् भनेर किट उपलब्ध गराएको कावासोती नगरपालिका उपप्रमुख पे्रमशङ्कर मर्द्निया थारूले बताए । उपप्रमुख थारूले अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा टेकेन्द्र गौतमलाई १०० थान डेङ्गु परीक्षण किट प्रदान गर्नुभएको हो ।

अस्पतालमा प्रदेशबाट ५०, अस्पतालले खरीद गरेको २५ र जिल्ला स्वास्थ्य कार्यलयबाट पाँच किट प्राप्त भएकामा शुक्रबारबाट अस्पतालमा किट सकिएको थियो । मध्यविन्दु जिल्ला अस्पतालमा दैनिक ५० जनाको हाराहारीमा ज्वरोका बिरामी आउने गरेका छन् । अस्पतालमा आएका बिरामीमध्ये धेरैले डेङ्गु परीक्षणका लागि भन्ने गरेको भए पनि आफूहरुले अवस्था हेरेर मात्र परीक्षण गर्ने गरेको डा. गौतमले बताए ।


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा