२९ भदौ,स्याङ्जा । गल्याङ उद्योग वाणिज्य संघ स्याङ्जाको अध्यक्षमा यज्ञप्रसाद अर्याल विजयी भएका छन् । संघको अध्यक्षमा वामपन्थी समूहका यज्ञप्रसाद अर्याल विजयी भएका हुन् । अर्यालले २ सय २५ मत प्राप्त गरी विजयी भएका छन भने उनका प्रतिस्पर्धी लोकतान्त्रिक समूहका ध्रुव श्रेष्ठले २ सय १५ मत प्राप्त गर्दा पराजित भएका हुन् ।
लोकतान्त्रिक समूहले वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, सह–कोषाध्यक्षसहित ३ जना सदस्य जित्न सफल भएको छ भने वामपन्थी समूहबाट अध्यक्ष, कोषाध्यक्षसहित २ सदस्यमा जित हात पारेका छन् ।
लोकतान्त्रिक समूहको वरिष्ठ उपाध्यक्षमा ईन्द्रप्रसाद अधिकारी २ सय ३२ मत प्राप्त गरी विजयी भएका छन भने उनका निकटतम हेमाकुमारी तमुले १ सय १८ मत प्राप्त गरेकी छन । त्यस्तै उपाध्यक्षमा बाबुराम पाण्डेले २ सय १७ मत प्राप्त गर्दा उनका निकटतम विष्णूप्रसाद पाठकले २ सय ११ मत प्राप्त गरेका छन् ।
महासचिवमा कृष्णप्रसाद भट्टराइले २ सय ७४ मत प्राप्त गरी विजयी हुँदा निकटतम वामपन्थी प्यानलका रामप्रसाद सापकोटाले १ सय ५५ मत प्राप्त गरेका छन् । सचिवमा उमा श्रेष्ठले २ सय ५३ मत प्राप्त गर्दा उनको निकटतम गणेश अधिकारीले १ सय ७५ मत प्राप्त गरेका छन । सह–कोषाध्यक्षमा होमलाल भट्टराईले २ सय २८ मत प्राप्त गरेर विजयी हुँदा प्रतिस्पर्धी दुर्गाबहादुर थापाले १ सय ९३ मत प्राप्त गरेर पराजित भए ।
उता वामपन्थी समूहवाट कोषाध्यक्षमा बलराम श्रेष्ठले २ सय १४ मत प्राप्त गरी विजयी भएका छन भने लोकतान्त्रिक समूहका नेत्रलाल भूषाल २ सय ९ मत प्राप्त गर्दै पराजित भएका भए ।
सदस्यहरुमा लोकतान्त्रिक प्यानलका गुमप्रसाद थापा २ सय ३६ मत, नरबहादुर गुरुङ २ सय २७ मत र ऋषि बश्याल २ सय १७ मत ल्याई निर्वाचित हुँदा वामपन्थी प्यानलवाट हुमकान्त पाठकले २ सय २२ मत र चिन्तामणी अर्यालले २ सय १७ मत प्राप्त गरेर विजयी भए ।
संघको शनिवार भएको मतदानमा अध्यक्ष पदका लागि ४ सय ४५ मत र सदस्यहरुमा ४ सय ४४ मत खसेको थियो । संघमा ४ सय ७० मतदाता रहेको निर्वाचन समितिले जनाएको छ ।