१३ माघ २०७९, शुक्रबार

४० मिनेट उडान अवरुद्ध हुँदा मन्त्रीले दिइन पदबाट राजीनामा

प्रकाशित मिति :  २९ भाद्र २०७६, आईतवार २३:१९


२९ भदौ, काठमाडौं । सामाजिक सञ्जालमा शनिवार (हिजो) राति एउटा भिडियो एकाएक भाइरल भयो । यो अन्य अघिपछिको कुनै भिडियो होइन । हिजो राती भाइरल भएको भिडियोमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई विमानको सीटमा बस्न लागेका देखिएका छन् भने केही व्यक्ति उनीमाथि खनिएका र गाली गरिरहेका देखिएको छ ।

मन्त्री भट्टराईका कारण नेपालगञ्जबाट काठमाडौं उडान भर्न लागेको विमान १ घन्टा रोकिएको भन्दै कडा रुपमा उनीहरुले मन्त्रीलाई गाली गरेको भाइर भिडियोमा देख्न र सुन्न सकिन्छ । एक घन्टा ढिलो गरेर पञ्चायतको जस्तो व्यवहार गरेको भन्ने आरोप लागेका मन्त्री भट्टराईले सामाजिक सञ्जालमा स्टाटस लेखेर १ घन्टा नभइ १५ मिनेट ढिलो भएको र त्यसका लागि माफी पनि मागेका उल्लेख गरेका छन् ।

तर सामाजिक सञ्जालमा मन्त्रीको हर्कतका साथै उनलाई विमान भित्र्र यार्खयाख्ती पार्नेहरुको भाषा, शैली र संवेदनशीलताका विषयमा भने हिजोदेदि नै सामाजिक सञ्जालमा यति बेला चर्को बहस भइरहेको छ । भीआइपीका कारण विमानका अरु यात्रुले दुख पाउने गरेको यो पहिलो घटना भने होइन ।

यसअघि २०७५ साल साउन १० गते वर्तमान सरकारका उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादव थाइल्याण्ड जानका लागि त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल पुगेका थिए । तर विदेश जान हिँडेका उपप्रधानमन्त्री यादवले पासपोर्ट लान विर्सिए ।

विमानले उडान भर्नुभन्दा १० मिनेटमात्र पहिला विमानस्थल पुगेका उपप्रधानमन्त्री विमानमा चढ्न लाग्दा विमानको ढोका लाग्नै आटेको थियो । तर उपप्रधानमन्त्री यादवले भने पासपोर्ट नै बोक्न छुटाएछन, जसका कारण उक्त विमानको उडान ४५ मिनेट रोकिएको थियो । त्यसक्रममा मन्त्री यादवले विमानस्थका कर्मचारीसमक्ष आफ्नो ‘पावर’ प्रदर्शन गरेका समाचार पनि सोही समयमा भाइरल भएको थियो ।

कारण त्यतिबेला उनले आफ्ना कारणले विमानको उडान ४५ मिनेट अवरुद्ध हुँदा समेत माफि मागेनन् र माग्न जरुरी पनि सम्झेनन, किनकी उनी उपप्रधामन्त्री हुन् । यस्तै कुरा गर्यौ विमानकै कुनै समय निकै चर्चामा रहेको अर्को बिषय छ । सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री गोकुल प्रसाद बाँस्कोटालाई विमानले छोडेको विषयले केही दिन समाजिक सञ्जाल त्यतिबेला निकै भाइरल भएको थियो ।

कारण यस्तो थियो, कुरा वैशाख २ गतेको हो । भैरहवाबाट काठमाडौं उडान भर्ने क्रममा बुद्ध एयरले मन्त्रीलाई छोडेर आएपछि खैलाबैला मात्र मच्चिएन सामाजिक सञ्जाल नै निकै तातिएको थियो । तर मन्त्रीले भोलिपल्टको अर्को विमानमा जाने भनेकाले समयमै उडान भरेको भनेर बुद्ध एयरले त्यस बेला विज्ञप्ति नै जारी गरेको थियो । अहिले मन्त्रीकै कारण उडान ढिलाइ भएको भनेर भिडियो बाहिरिँदा पनि बुद्ध एयरले भने यसबारे कुनै प्रतिकृया दिएको छैन ।

त्यसो त कुनै पनि कुरामा पक्ष र विपक्षमा बहस हुनु पर्दछ यो पहिलेदेखि हुँदै आएको पनि छ । जति पनि हामीले माथि उल्लेख गरेका विमानका कुरा थिए । त्यति बेला यीनै बिषय सामाजिक सञ्जालहरुमा सत्तापक्षीयले विमान कम्पनीलाई गाली गरिरहेका थिए भने विपक्षी र सर्वसाधारणले समयमा उपस्थित नहुने जो सुकै भएपनि विमानले छोड्नु पर्ने कुरामा निकै बहस गरेका थिए ।

सोही घटनामा विमानस्थलका अनुसार विमान कम्पनीले भने ६८ जना यात्रुको संवेदनशिलतालाई मध्यनजर गर्दै उडान रोक्न नसकिएको बताएको थियो । विमानले उडान भरेलगत्तै मन्त्री विमानस्थल पुगेका थिए । मन्त्री योगेश भट्टराई बाहेक उनीहरुले आफूहरुको गल्तीका कारण सर्वसाधारणले दुःख पाएकोमा न त कुनै पश्चाताप गरे न त माफि नै मागे ।

जहाजभित्र मन्त्री योगेश भट्टराईलाई गालीगलौज ! [कारण यस्तो छ]

तर विश्वमा विमान कुराएका कारण मन्त्री पदबाट राजीनामा दिने र माफी माग्ने नेता र मन्त्री नभएका भने होइनन् ।मेक्सिकोकी वातावरण मन्त्रीले आफ्ना कारण ४० मिनेट उडान अवरुद्ध भएको भन्दै आफ्नो पदबाट राजीनामा दिएको कुरा पनि सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

मेक्सिकोकी वातावरण तथा प्राकृतिक संशाधनमन्त्री जोसेफा गोन्जालेज ब्लांकोले राष्ट्रपति आन्द्रेज म्यानुअल लोपेज ओब्रादोरसमक्ष आफ्नो राजीनामा बुझाएकी थिइन् । यो घटना केही महिना अघिको हो ।

आफ्नो कारण विमानस्थलको एक व्यावसायिक जहाज उड्न ४० मिनेट ढिला भएको थियो । ‘राष्ट्रपतिको विशेष आग्रह’ का कारण भएको भनिएको उक्त ढिलाईपछि उनको आलोचना शुरु भएको थियो । मन्त्री ब्लांकोले आफ्ना कारण भएको ढिलाईप्रति माफी माग्दै राजीनामापत्र बुझाएकी थिइन् । उनले कुनै उच्च पदस्थ व्यक्तिका कारण यस्ता घटना हुन नहुने समेत जनाएकी थिइन् ।

कारण यस्तो हो
मन्त्री योगेश भट्टराईले पनि आफ्नो कारण जहाज १५ मिनेट ढिलो भएको भन्दै यात्रुलाई पर्न गएको असुविधाप्रति काठमाडौं फर्किसकेपछि सामाजिक सञ्जाल फेसबुक मार्फत क्षमायाचना गरेका छन् ।

काठमाडौंबाट उडेको बुद्ध एयरको एटीआर ७२ विमान नेपालगञ्ज विमानस्थलमा सवा ६ बजे अवतरण भएको विमानस्थलले जनाएको छ ।

विमानस्थलको रेकर्ड अनुसार सवा ६ बजे अवतरण भएको विमानले ७ बजेर ६ मिनेटमा उडान भरेको छ । विमान अवतरण भएपछि यात्रु र उनीहरुका ब्यागेज झार्न तथा फेरि त्यहाँबाट आउने यात्रु चढाउन र उनीहरुका ब्यागेज हाल्न कम्तीमा पनि आधा घण्टा हरेकजसो विमानमा लाग्ने गर्छ ।

नेपालगञ्ज विमानस्थलका अनुसार शनिबार पनि सवा ६ बजे अवतरण भएको बुद्ध एयरको विमानले यात्रु झार्न र फेरि चढाउँदा बेलुकी झण्डै ६ बजेर ४५ मिनेट भैसकेको थियो ।

नेपालगञ्जबाट काठमाडौंको उडान ६ः३० का लागि तोकिएको भए पनि जहाज अवतरण गर्नै ढिलाइ गरेपछि उडानको समय पनि पछि सरेको थियो । नेपालगञ्ज अवतरण गर्न कम्तिमा ५५ मिनेट लाग्ने गर्छ । बाहिर भनिएजस्तो विमान उड्न एक घण्टा ढिला भएको नभइ मन्त्रीलाई कुर्दा १५ मिनेट मात्रै ढिला भएको नेपालगञ्ज विमानस्थलले जनाएको छ ।

मन्त्रीले खजुरा आइपुगेको र केही समय पर्खन भनेकाले उडानको अरु विकल्प नहुँदा १५ मिनेट मात्रै पर्खिएको विमानस्थलले जनाएको छ । मन्त्री भट्टराई कैलालीको टिकापुरमा आयोजना भएको डल्फिन महोत्सवको कार्यक्रममा सहभागी भएर फर्कँदा ढिलाइ हुन पुगेको थियो ।


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected]ahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा


बजारमा मैदा-आँटाको चरम अभाव
नेपालबहस संवाददाता