चाडपर्व लक्षित बजार अनुगमन प्रभावकारी बनाइने
नेपालबहस संवाददाता
भदौ ३०, २०७६ सोमबार १३:३४:३६
३० भदौ, पोखरा । गण्डकी प्रदेश सरकारले नजिकिँदै गरेका दशैँ तिहारलगायतका चार्डपर्व लक्षित गरी बजार अनुगमनलाई प्रभावकारी बनाउने भएको छ ।
सरकारका तर्पmबाट आइतबार यहाँ मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं भौतिक विकास तथा पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले चाडपर्वका समयमा हुनसक्ने कालोबजारी, मिसावटलगायतका गतिविधि नियन्त्रण गर्न बजार अनुगमन गर्ने निर्णय गरेको जानकारी दिए।
बजार अनुगमनका लागि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई जिम्मेवारी दिइएको जानकारी दिँदै उहाँले मन्त्रिपरिषद् बैठकबाट बजार अनुगमन नियमावली– २०७६’ स्वीकृत गरिएको बताए ।
डेङ्गु नियन्त्रणका लागि प्रदेश सरकार गम्भीर रहेको उल्लेख गर्दै उनले सरकारका तर्पmबाट रु २१ लाख सामाजिक विकास मन्त्रालयलाई दिइसकेको र आवश्यकताअनुसार सहयोग गर्दै जाने बताए ।
बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम सञ्चालन कार्यविधि २०७६ स्वीकृत गरेको बताउँदै प्रवक्ता बस्नेतले योजना छनोटमा सानातिना टुक्रे योजना नपर्ने व्यवस्था गरिएको बताए।
उनका अनुसार रु २५ लाखका दुई वटा, रु दुई लाखका पाँच वटा र एक लाखका तीन वटा योजना छनोट गर्न पाइने छ । कूल रकममध्ये दुई ठूला योजनामात्र पनि सञ्चालन गर्न सकिने कार्यविधिमा उल्लेख छ ।
मन्त्रिपरिषद्ले प्रदेशका सबै मन्त्रालयको वार्षिक कार्यक्रम कार्यान्वयनसम्बन्धी कार्यविधि स्वीकृत गरेको छ । कार्यविधिअनुसार अधिकांश योजनाका बोलपत्र कात्तिक मसान्तमा निकालिसक्नुपर्ने, विकास बजेट पहिलो चौमासिकमा १५ प्रतिशत, दोस्रोमा ३५, तेस्रोमा ४५ देखि ५० प्रतिशत खर्च गरिसक्नुपर्ने व्यवस्था छ ।
बैठकले सेवा करारमा प्राविधिक जनशक्ति छनोटसम्बन्धी कार्यविधि २०७६ पारित गरेको छ । प्रदेशमा आवश्यकताको ८० प्राविधिक अपुग रहेको बताउँदै मन्त्री बस्नेतले ल्याब, टेक्निसियन, सब इञ्जिनीयर र इञ्जिनीयरलगायत प्राविधिक करारमा नराखे विकास निर्माण प्रभावित हुने देखिएको बताए ।
सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्यलाई पूरा गर्न त्यही किसिमका कार्यक्रमलाई अघि बढाउने बताउँदै यसको प्रभावकारिताका लागि बैठकले कार्यविधि स्वीकृत गरेको जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिका नेपालसँग थप नजिक रहेर काम गर्न इच्छुक देखियो: अर्थमन्त्री पुन
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार
वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व संकलन
बैशाख ८, २०८१ शनिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार
अमेरिका नेपालसँग थप नजिक रहेर काम गर्न इच्छुक देखियो: अर्थमन्त्री पुन
बैशाख ८, २०८१ शनिबार
निर्वाचनमा पैसा बाँड्नेलाई कारबाही हुन्छः गृहमन्त्री लामिछने
बैशाख ८, २०८१ शनिबार
पर्सामा गहुँ खेतको आगोको झिल्का सल्केर घरमा आगलागी
बैशाख ८, २०८१ शनिबार
एमाले परिषद् बैठकः आन्तरिक शुद्धीकरणसहित राष्ट्रिय शक्ति निर्माणमा केन्द्रित
बैशाख ८, २०८१ शनिबार
एसीसी प्रिमियर कपमा नेपाल हङकङसँग पराजित
बैशाख ८, २०८१ शनिबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार