देशभर मनसुनी गतिविधि सक्रिय
नेपालबहस संवाददाता
भदौ ३०, २०७६ सोमबार १४:२१:७
३० भदौ, काठमाडौं । बंगालको खाडीबाट आएको जलवाष्प युक्त हावाका कारण हाल देशभर मनसुनी गतिविधि केही सक्रिय अवस्थामा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल देशभर आंशिकदेखि सामान्य बदली भई पश्चिम र मध्यपश्चिमका जुम्ला, लमजुङ, कास्की सहितका जिल्ला, मध्य नेपालका मकवानपुर, चितवनसहतिका जिल्ला र पूर्वका मोरङ्ग, इलाम, झापासहितका जिल्लाका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।
मौसम विश्लेषण (Meteorological Analysis):
हाल मनसुनी न्यून चापीय रेखा (Axis of the Monsoon Trough) को पश्चिमी भाग औसत स्थानको आसपासमा रहेको छ र पुर्वी भाग औसत स्थान भन्दा थोरै उत्तर तर्फ रहेको छ। साथै, भारतको मध्य प्रदेशको उत्तर पश्चिमी भागमा र उत्तर प्रदेशको दक्षिणी भागमा एउटा निम्न चापीय प्रणाली अवस्थित छ |
बंगालको खाडिबाट अएको जलवाष्प युक्त हावाको प्रभावका कारण देशभर मनसुनी गतिबिधि बढिरहेको छ | तलको नक्शामा मनसुनी न्यून चापीय रेखा (Axis of the Monsoon Trough) को औसत स्थान देखाइएको छ।
देशभर समग्र मौसमको अवस्था (Present Weather Status):
हाल देशभरी आंशिक देखि सामान्य बदली भई पश्चिमी र मध्य-पश्चिमी भू-भागका जुम्ला, लमजुङ, कास्की लगाएतका जिल्लाहरूमा, मध्य नेपालको मकवानपुर, चितवन लगायत जिल्लाहरूमा र पुर्वी भुभागको मोरङ्ग, ईलाम, झापा लगाएतका जिल्लाहरूका थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान (Three Days Weather Forecast):
भाद्र ३० गते (सोमबार)
दिउँसो: देशभरी आंसिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको हुनेछ। देशका पहाडि भेगका एक वा दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।
राती: देशभरी सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशको पूर्वी र मध्य भू-भागका थोरै स्थानहरूमामा भारी वर्षाको सम्भावना छ।
भाद्र ३१ गते (मंगलबार)
दिउँसो: देशभरी सामान्य बदली रही मध्य भुभागका धेरै स्थानमा साथै पूर्ब तथा पश्चिमका केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको हुनेछ। देशका मध्य तथा पश्चिमी भेगका एक वा दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।
राती: देशभरी सामान्य देखि पुर्ण बदली रही मध्य तथा पुर्वका धेरै स्थानहरुमा साथै पश्चिमका केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशको थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।
असोज ०१ गते (बुधबार)
दिउँसो: देशभरी सामान्य बदली रही मध्य भुभागका धेरै स्थानमा र देशका बाँकी भू-भागहका केही स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको हुनेछ। देशका मध्य तथा पश्चिमी भेगमा भारी वर्षाको सम्भावना छ।
राती: देशभर पुर्ण बदली रही मध्य तथा पुर्वका धेरै स्थानहरुमा र पश्चिमका केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित मध्यम वर्षा हुनेछ। देशका मध्य तथा पश्चिमी भेगमा भारी वर्षाको सम्भावना छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):
देशका केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहितको वर्षा हुने साथै मध्य तथा पुर्वी भु-भागका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना भएकोले पहिरो जान सक्ने तथा सडक र हवाई यातायातमा सामान्य अवरोध आउन सक्ने हुनाले सतर्कता अपनाउनु हुन अनुरोध छ|
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
डढेलोले खोटाङमा तेह्र घर खरानी
बैशाख १३, २०८१ बिहिबार
८० वर्षको उमेरमा नागरिकता
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील
बैशाख १३, २०८१ बिहिबार
कांग्रेस नेता शेर्पासहित ३ जनालाई धरौटीमा छाड्न सर्वाेच्चको आदेश
बैशाख १३, २०८१ बिहिबार
मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
बैशाख १३, २०८१ बिहिबार
सुनिल पौडेललाई थुनामा राख्न विशेष अदालतको आदेश
बैशाख १३, २०८१ बिहिबार
टोपबहादुर रायमाझीलाई थुनामै राख्न सर्वाेच्चको आदेश
बैशाख १३, २०८१ बिहिबार
निजी क्षेत्रको मनोबल उकास्न सरकारले महत्वपूर्ण निर्णय गर्छ : अर्थमन्त्री पुन
बैशाख १३, २०८१ बिहिबार