सर्वोच्चको नयाँ फैसलाले आइओएमको प्रवेश परीक्षाको बाटो खुल्यो
Advertisement

३० भदौ, एजेन्सी । चिकित्साशास्त्र अध्ययन संस्थान ‘आइओएम’को स्नातक तहको नयाँ भर्नाका लागि हुने प्रवेश परीक्षा सञ्चालनका लागि बाटो खुलेको छ ।

सर्वोच्च अदालतले प्रवेश परीक्षा रोक्न यसअघि जारी गरेको अन्तरिम आदेश निरन्तर नहुँने आदेश जारी गरेपछि आइओएमको परीक्षा सञ्चालनको बाटो खुलेको हो ।

सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डा मनोजकुमार शर्माको संयुक्त इजलासले यसअघिको अन्तरिम आदेश जारी नहुने फैसला गरेका हो ।

Advertisement

चिकित्सा शिक्षा ऐन विपरित आइओएमका परीक्ष हुन लागेकोभन्दै आयुष ओझाले सर्वोच्चमा रिट हालेका थिए । उनको रिट निवेदनमा भदौं २० गते न्यायाधीश तेज बहादुर केसीको एकल इजलासले आइओएमको परीक्षास्थगित गर्न अन्तरिम आदेश जारी गरेको थियो ।

अदातलको आदेशपछि भदौं २१,२२, २३ र २४ गते हुने भनिएको आइओएमको प्रवेश परीक्षा स्थगित भएको थियो ।सर्वोच्चको आइतबारको आदेशपछि आइओएमलाई परीक्षा सञ्चालनको बाटो खुलेको हो । अब आइओएमले नयाँ परीक्षा तालिका बनाएर परीक्षा सञ्चालन गर्न सक्नेछ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्