३० भदौ, काठमाडौं । नेपालीहरुको महान पर्व बडादशैंको शुभ अवसर पारेर यस बर्षको मार्मिक दशैं गीत सार्बजनिक भएको छ ।
कलाकार, लोकप्रिय कार्यक्रम संचालिका तथा संचारकर्मी कल्पना रेग्मीको ‘झल्को सानुकै’ दशैं गीत सार्बजनिक भएको हो ।
यस गीतमा परदेश गएको श्रीमान र घरमा रहेकी श्रीमतीका गन्थन मन्थन र बिरहका कुराहरु गीतमा समेटिएको छ ।‘झल्को सानुकै’ बोलको यो गीतमा रामचन्द्र चन्द र वर्षा मगरले स्वर दिएका छन् । गीतका संगीतकार रामचन्द्र चन्द हुन् ।
शैली क्रियशन मार्फत बजारमा आएको गीतको म्युजिक भिडियोको डाइरेक्टर मदन खड्का हुन् । जसमा कल्पना रेग्मी, जिया पौडेल र संजय पोखरेलले अभिनय गरेका छन् ।
हेर्नुस भिडियो :