२६ माघ २०७९, बिहीबार
समाचार

रिसाहा चरोबाट जोगिन खोज्दा लडेर एक वृद्धको मृत्यु

प्रकाशित मिति :  ३० भाद्र २०७६, सोमबार ०९:५७


रिसाहा चरोबाट जोगिन खोज्दा लडेर एक वृद्धको मृत्यु

३० भदौ, एजेन्सी । अस्ट्रेलियामा एउटा रिसाहा चरोबाट जोगिन खोज्दा साइकलबाट लडेर एक वृद्धको मृत्यु भएको छ।

एउटा म्याग्पाई चरोले आफूलाई झम्टिन आएपछि ती ७६ वर्षीय वृद्ध तर्किन खोजेका थिए। प्रहरीका अनुसार त्यही बेला उनको साइकल अनियन्त्रित भयो र एउटा उद्यानको बारमा ठोकियो।

उनको टाउकोमा गम्भीर चोट लागेको थियो। स्वास्थ्यकर्मीले उनलाई जोगाउने प्रयास गरेका थिए। तर अस्पतालमा उनको मृत्यु भयो। उक्त घटना दक्षिणी सिड्नीमा शनिवार भएको थियो।

अस्ट्रेलियामा वसन्त ऋतुका बेला म्याग्पाईले मानिसलाई झम्टिने गर्छ। उक्त चराको आक्रमणमा परेर साइकलयात्री तथा पैदलयात्री घाइते हुने गरेका छन्।


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा
मिलन नेवारको आँखा झिमीझिमी
नेपालबहस संवाददाता