३० भदौ, एजेन्सी । साउदी अरबका तेल प्रशोधनस्थलमा दुईवटा आक्रमण भएपछि पेट्रोलियम पदार्थको मूल्य चार महिनामा सर्वोच्च भएको छ।
शनिवार ती आक्रमण भएपछि साउदी अरबले तेल र ग्यासको उत्पादनमा कटौती गरेको थियो। त्यसबाट विश्वभरि हुने आपूर्ति पाँच प्रतिशतले घटेको छ।
व्यापार सुरु हुँदा ब्रेन्ट कच्चा तेलको मूल्य १९५ ले वृद्धि भई प्रतिब्यारल ७१.९५ अमेरिकी डलर पुगेको थियो। त्यसैगरी वेस्ट टेक्सस इन्टरमिडिएट भनिने अर्को कच्चा तेलको मूल्य १५५ ले बढ्दा प्रतिब्यारल ६३.३४ डलर पुग्यो।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकामा सञ्चित तेल वितरण गर्न अनुमति दिएपछि बढेको मूल्य केही घट्यो।पूर्ववत् तेल उत्पादन गर्न साउदी अरबलाई हप्तौँ लाग्न सक्नेछ। साउदी अरबको तेल उद्योगको केन्द्रमा भएका ड्रोन आक्रमणले संसारकै सबैभन्दा विशाल तेल प्रशोधन केन्द्र प्रभावित भएको छ।
अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओले ती आक्रमणमा इरान संलग्न भएको आरोप लगाएका छन्। तर तेहरानले उक्त आरोपको खण्डन गर्दै त्यसलाई अमेरिकाको ‘जाल’ भनेको छ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ट्विटरमार्फत् अमेरिकाले दोषी चिनेको टिप्पणी गरेका छन्। साउदी ऊर्जा मन्त्री राजकुमार अब्दुलअजिज बिन सलमानले विशाल प्रशोधन केन्द्रहरू प्रभावित भएकाले उत्पादन केही घट्न गएको हो।
साउदी अधिराज्य संसारको सबैभन्दा ठूलो तेल निर्यातकर्ता हो। उसले दैनिक ७० लाख ब्यारलभन्दा बढी परिमाणमा तेल अन्यत्र पठाउने गरेको छ।
यो पनि पढ्नुस :