Advertisement

३० भदौ, काठमाडौं । नेपाली कांग्रेसले दोस्रो चरणको राष्ट्रिय जागरण अभियानलाई लक्षित गरी १२ वटा भाषामा गीत सार्वजनिक गरेको छ।

अभियानलाई लक्षित १२ वटा भाषाका गीत हरेक दिन अलग–अगल भाषामा युट्युवबाट सार्वजनिक भइरहेको कांग्रेसले जनाएको छ।

राजवंशी, मैथिली, लिम्बू, थारु, गुरुङ, भोजपुर, तामाङ, मगर, राई, नेवारी, देउडा भाका र नेपाली भाषामा तयार पारिएको गीत हाइलाइट्स् नेपालमार्फत सार्वजनिक गरिएको कांग्रेसले बताएको छ ।

Advertisement

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माको शब्द र संगीत रहेको गीतको म्यूजिक भिडियो विविधतायुक्त बनाइएको छ। नेपाल सांस्कृतिक संघको प्रस्तुति रहेको जागरण गीतमा म्युजिक भिडियो पनि भाषा अनुसार सोही समुदायको सांस्कृतिक विशेषता झल्किने गरी निर्माण गरिएको छ।

नेपाली कांग्रेसले पार्टीको राष्ट्रिय जागरण अभियानको दोस्रो चरण भदौ २४ गते मंगलबारदेखि सुरु हुँदैछ। असोज ७ गतेसम्म सञ्चालन हुने राष्ट्रिय जागरणलाई रचनात्मक बनाउन कांग्रेसले गीत निर्माण गरेको जनाइएको छ।

नेवारी भाषामा नेपाली कांग्रेसको जागरण गित :

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्