३० भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा नेतृत्वले सबै पद भागबण्डामा वितरण गर्ने नीति अख्तियार गरेपछि भातृ संस्थाहरु निकम्मा र भुत्ते भएका छन् । संगठनमा पद पाउन कुमार भन्दा गणेश प्रवृत्ति हावी भएकाले कार्यकर्ता तहमा दुःख गर्ने भन्दा नेता खुुशी पार्ने होडबाजी छ । यो प्रवृत्ति मौलाएपछि केही नेताका भरौटेहरुले संगठन कब्जा गरेका छन् । तर काम भने केही भएको छैन ।
दुबै जनाले एक अर्कालाई पदच्यूत गर्न त गरे तर त्यसका लागि अपनाउनु पर्ने विधिविधानको भने ख्यालै गरेनन् । यसले नै तरुण दल भित्रको अराजकता, भाँडभैलो र गैरजिम्मेवार प्रवृत्ति छर्लङ्ग भएको छ ।
नेतृत्व हत्याउन सफल भएका कतिपय भातृ संस्थाका अध्यक्ष र महासचिव गुटबन्दीमै फसेका छन् । यही गलफत्तीमा संगठन निर्जीव तर नेतृत्व भने वाहुबली बनेको अनुभूति हुन थालेकोे छ । माउ पार्टी जस्तै भातृ संस्थाहरु पनि निस्तेज छन् । यसको पछिल्लो प्रकरण नेपाल तरुण दल भित्रको भाँडभैलोबाट उजागर भएको छ ।
गएको साता तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले महासचिव भूपेन्द्रजंग शाहीलाई तरुण दलको साधारण सदस्य समेत नरहने गरी बर्खास्त गरिदिए । लगत्तै महासचिव शाहीले उही शैलीमा अध्यक्ष बस्नेतलाई पदबाट हटाएको विज्ञप्ति जारी गरे । दुबै जनाले एक अर्कालाई पदच्यूत गर्न त गरे तर त्यसका लागि अपनाउनु पर्ने विधिविधानको भने ख्यालै गरेनन् । यसले नै तरुण दल भित्रको अराजकता, भाँडभैलो र गैरजिम्मेवार प्रवृत्ति छर्लङ्ग भएको छ ।
यो त मात्र प्रतिनिधि घटना हो , कांग्रेस पार्टी र यसका भातृ एवं शुभेच्छुक संस्थाको हालत उस्तै छ । तरुणहरुको आदर्श संस्थाका रुपमा कांग्रेसले हुर्काएको बढाएको तरुण दल भित्र जुझारु र होनहार युवा जमातको उपस्थितिले यसको गरिमा सदैव उँचो हुन्थ्यो ।
तर कांग्रेस सभापति शेरबहादुर देउवाले त्यो परम्परा र आदर्शलाई पोलेर गणेश प्रवृत्तिलाई बढावा दिंदा यो हालत भएको हो । दशकभन्दा लामो समय अधिवेशन नगराई आफ्ना भरौटेलाई संगठन प्रमुखको जिम्मेवारी दिने प्रवृत्ति देउवामा मात्र होइन, वरिष्ठ नेता रामचन्द्र पौडेलले समेत रुचाउने गरेका छन् ।
पौडेलको ढोका चाहर्नेले नै संगठनमा नेतृत्व गर्ने जिम्मेवारी पाउने गरेका छन् । पौडेलको व्यक्तिगत चाहना बमोजिमको नाम नै देउवाले अनुमोदन गर्ने गर्छन् । ६०/४० को भागबण्डा गरेर देउवा र पौडेलले नेपाली कांग्रेसलाई निजी क्लव बनाएका छन् । त्यसैको प्रभाव भातृ तथा शुभेच्छुक संस्थामा पर्ने गरेको छ । देशमा कम्युनिष्ट तानाशाहीको भूत जागेको बेला कांग्रेसले सशक्त प्रतिपक्षी भूमिका निर्वाह गर्नु पर्ने बेला यस्तो उदण्डता र भाँडभैलो गरेर जग हँसाएका छन् ।
यो रोग तरुण दलमा मात्र होइन, अरु भातृ तथा शुभेच्छुक संस्थामा उस्तै छ । तरुण दलको घटना बाहिर आएको मात्र हो, अन्यत्र पनि हालत उस्तै छ । नेपाल विद्यार्थी संघको गतिविधि हेर्ने हो भने पनि यो भन्दा कम छैन । अहिलेसम्म एक अर्कालाई बर्खास्त गर्न मात्र बाँकी छ । अरु उस्तै हो । महाधिवेशन नगरी नेतृत्वमा बस्नेहरु संगठन विस्तारमा भन्दा नेताको चाकडीमा लिप्त हुने गर्छन् । नेताहरुले पनि यही प्रवृत्ति रुचाउने गरेको देखिन्छ । पार्टी सभापति देउवाले समग्र कांग्रेस निर्माणमा भन्दा गुटगत राजनीति गर्नेलाई मात्रै च्याप्ने गरेका छन् । त्यसैको प्रतिफल अहिलेको हालत भएको हो ।
विहान बेलुका देउवा निवास बुढानिलकण्ठ धाएकै भरमा उनी यो देशको सम्मानित संस्था नेपाल प्रेस युनियनको अध्यक्ष जस्तो गरिमामय पदमा आसिन छन् । त्यो पनि आशीर्वादको भरमा । अवस्था यति निर्लज्ज छ की बद्री जस्तो निकम्मा पत्रकारलाई किशोर नेपाल, हरिहर बिरही जस्ता दिग्गज पत्रकारले अध्यक्ष मान्नु परेको छ ।
शुभेच्छुक संस्थाको कुरा गर्ने हो भने नेपाल सांस्कृतिक संघको मात्रै अधिवेशन भएको छ । दुई वर्ष अघि सम्पन्न महाधिवेशले तीर्थबहादुर थापाको नेतृत्वमा पदाधिकारी चयन ग¥यो । तर केन्द्रीय समिति विस्तार भने अझै गर्न सकेको छैन । पार्टी नेताको भागबण्डा नमिल्दा विस्तार हुन सकेको छैन । अरुले त अधिवेशन गर्न नै चाहेका छैनन् । प्रजातन्त्रवादी पत्रकारहरुको संस्थाका रुपमा रहेको नेपाल प्रेस युनियन नेपाली कांग्रेसको शुभेच्छुक संगठन हो ।
यसको अधिवेशन भएको लगभग ५ वर्ष पूरा भइसकेको छ । तर नयाँ अधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्ने सोच देखिएको छैन । युनियनका अध्यक्ष बद्रीप्रसाद सिग्देल आफैं देउवाका अरिंगाल हुन् । उनी कुनै पनि सार्वजनिक सञ्चारमाध्यममा आवद्ध रहेको ज्ञात छैन । साथै प्रजातन्त्रवादी पत्रकारहरुलाई संगठित गर्ने काम कहीं कतै भएको देखिएको छैन ।
विहान बेलुका देउवा निवास बुढानिलकण्ठ धाएकै भरमा उनी यो देशको सम्मानित संस्था नेपाल प्रेस युनियनको अध्यक्ष जस्तो गरिमामय पदमा आसिन छन् । त्यो पनि आशीर्वादको भरमा । अवस्था यति निर्लज्ज छ की बद्री जस्तो निकम्मा पत्रकारलाई किशोर नेपाल, हरिहर बिरही जस्ता दिग्गज पत्रकारले अध्यक्ष मान्नु परेको छ ।
यही प्रवृत्तिलाई देउवाले निरन्तरता दिने हो भने भोलि प्रेस युनियनमा आवद्ध धेरै पत्रकारले आफूलाई अलग्याउनुपर्ने परिस्थिति छ । कांग्रेसले अब आफूलाई नयाँ शीराबाट लैजाने हो भने सबैभन्दा पहिला आफ्ना भातृ तथा शुभेच्छुक संस्थाहरुलाई चुस्त र दुरुस्त बनाउन पहल गर्नु पर्छ । त्यसका लागि तत्कालै अधिवेशन गराएर नेतृत्वमा स्वच्छ प्रतिस्पर्धाको वातारण तयार गर्नु पर्छ । नभए तरुण दलको जस्तै अराजकता र भाँडभैलो अन्य भातृ संस्थाहरुमा पनि दोहरिने अवस्था छ ।
‘कहीं नभाको जात्रा हाँडी गाउँ’मा भने जस्तो अवस्थामा पुगेको छ प्रमुख प्रतिपक्षी दलका भातृ संस्थाहरु ।