नेपाली संगीतका मुर्धन्य व्यक्तित्वको सम्मानार्थ सांगितीक कार्यक्रम !
Advertisement

३० भदौ, काठमाडौं । नेपाली संगीतका मुर्धन्य व्यक्तित्वको सम्मानार्थ लक्ष्मी बैंक र लक्ष्मी केयरस्द्धारा दिग्गजमा समर्पित बार्षिक कार्यक्रम गरेकाे छ ।

लक्ष्मी बैंक र लक्ष्मी केयरस्ले संयुक्त रुपमा नेपालका प्रतिष्ठित गायक दीप श्रेष्ठको सांगितीक यात्राको ५० वर्षको अवसरमा कोष स्थापनाको लागि सांगितीक कार्यक्रमको आयोजना गरिएकाे हाे।

कार्यक्रममा नेपाली गीत, संगीतसँग सम्बन्धित विभिन्न सर्जक, पारखी एवं संगीतकारहरुको उपस्थिति रहेको थियो । कोष स्थापनाको लागि आयोजना गरिएको यस कार्यक्रमबाट संकलन भएको रकम सम्पदा सूचीमा परेका दुईवटा स्थानहरुलागि विद्युतीय सवारी साधनको व्यवस्थामा प्रयोग गरिने छ ।

Advertisement

यी विद्युतीय गाडीको प्रयोग बृद्ध एवं शारीरिक रुपमा अशक्त व्यक्तिहरुका लागि निःशुल्क रुपमा प्रयोग गरिने छ । कार्यक्रम सोल्टी क्राउन प्लाजामा आयोजना गरिएको थियो । यस कार्यक्रमसँगै लक्ष्मी केयर्सले वार्षिक शृंखलाको रुपमा यस्तो कार्यक्रम संचालान गर्नेछ ।

लक्ष्मी क्येरस्को बारेमा :

लक्ष्मी केयर गत १४ वर्षदेखि निरन्तर रुपमा लक्ष्मी बैंकका कर्मचारीहरुले सञ्चालन गर्दै आएको एक सामाजिक संस्था हो । यसले आफ्नो स्थापनावर्षदेखि ग्रिन इनिसिएटिभ, नारी शिक्षा तथा वित्तीय साक्षरता जस्ता क्षेत्रहरुमा सक्रीय रुपमा कार्य गर्दै आइरहेको छ ।

यस संस्था अन्तर्गत लक्ष्मी केयरले गढीमाई मन्दिर, चण्डेश्वरी मन्दिर, पाटन दरबार क्षेत्र, बागमती पुल, सिहंदरबार तथा विभिन्न स्थानहरुमा सौर्य बत्तिहरुको जडान समेत गरेको छ । पशुपतिनाथ मन्दिरमा इलेक्ट्रीक गाडीको व्यवस्था गरेको छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्