१३ माघ २०७९, शुक्रबार
वाणिज्य बैंक

सेञ्चुरी बैंकद्वारा वित्तीय साक्षरता अभियान

प्रकाशित मिति :  ३० भाद्र २०७६, सोमबार १६:५०


वित्तीय साक्षरता अभियान
फाइल फाेटाे

३० भदौ, काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले थाहा नगरपालिकालाई लक्षित गरेर टिष्टुङ्ग बज्रबाराहीमा एक दिने वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रममा मुख्य विषयवस्तु सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान अन्तर्गतको व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा सम्बन्धी जानकारीका साथै डिजिटल वित्त (विधुतिय वित्त) सम्बन्धी जानकारी दिएको थियो । उक्त कार्यक्रममा १५० जनाभन्दा बढीको सहभागीता थियो ।

सहुलियत कर्जा, बैंक खाता, बैंकले नागरिकलाई दिइरहेको सेवा प्रवाहलगायत ग्रामीण भेगका नागरिकसंग बैंकको पहुंच बढाउन गाउँगाउँसम्म वित्तीय साक्षरता अभियान बैंकले सुरु गरिरहेको हो । बैंकले आफ्नो संस्थागत सामाजिक उतरदायित्व अन्तर्गत अन्य स्थानहरुमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

बैंकको अन्य जानकारीका लागी बैंकको वेबसाइट www.centurybank.com.np तथा बैंकका शाखा कार्यालयहरुमा सम्पर्क राख्न अनुरोध गरेको छ ।


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा